गम्भिर स्वास्थ्य समस्याबाट जुधेका राजु–सिता पाण्डे दम्पतीको उपचारमा सहयोगका अपिल

  • ६ माघ २०८१, आईतवार
  • 1 पटक पढिएको

गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा सहयोगको अपिल गरिएको छ । सिता पाण्डेको दुबै मृगौला फेल भएको छ भने उहाँका श्रीमान राजुको कलेजोमा खराबी आएर नियमित उपचार गराइरहनुभएको छ ।


दम्पती नै गम्भिर स्वास्थ्य समस्याबाट ग्रसित बनेको र उपचारमा लाखौँ खर्च भैसकेकाले परिवारको आर्थिक अबस्थाले थेग्न नसकेपछि सहयोगदाताहरु गुहार्नुपरेको राजुका भाई विष्णु पाण्डेले बताउनुभयो । सिताको मृर्गौला पत्यारोपण र राजुको कलेजोको उपचार गर्न लाखौँ लाग्ने भएपछि देश विदेशमा रहनुभएका सहयोगदाताहरुलाई आग्रह गरिएको उहाँले बताउनुभयो । साढे २ बर्षको अवधिमा पाण्डे दम्पतीको उपचारमा घरिपरिवारले करिब ३० लाख बढी खर्च गरिसकेका छन् । परिवारको नियमित आम्दानीको स्रोत नभएको थप उपचारमा समेत लाखाैँ  लाग्ने भएपछि पाण्डे दम्पतीको जीवन रक्षार्थ सहयोग संकलन गर्न थालिएको छ । सहयोगदाताहरुले तलको बैँक विवरणमा सम्पर्क गर्न सक्नुहुनेछ ।