म्याग्दी समाचार

बेल्जियममा रहेका नेपाली युवायुवतीद्धारा गलेश्वरधाम जेष्ठ नागरिक आश्रम र ज्ञानोदय माविमा अध्ययनरत दृष्टिविहिनहरुलाई ५०/५० हजार आर्थिक सहयोग

म्याग्दी, १५ फागुन  । रोजगारको शिलशिलामा बेल्जियको ब्रुजमा रहेका नेपाली युवायुवतीद्धारा देउसीभैलोबाट संकलित रकम म्याग्दीको गलेश्वरमा रहेको गलेश्वरधाम जेष्ठ नागरिक आश्रम र ज्ञानोदय मावि मौवाफाँटमा अध्ययनरत दृष्टिविहिनहरुलाई ५० हजारको दरले सहयोग गरेका छन् । नेपाली कलासस्कृति संरक्षण गर्ने उद्देश्यले दशैतिहारमा खेलिएको देउसीभैलोबाट संकलित रकम सो क्षेत्रमा रहेका बृद्धबृद्धा र दृष्टिविहिन... पुरा पढ्नुहोस

अपडेटः हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातजनाको मृत्यु

फागुन १५ गते ।  ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ ।  ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै... पुरा पढ्नुहोस

प्रभु सहकारीद्धारा दिवंगत सेयर सदस्यको परिवारलाई सहयोग

बेनी १५ फागुन । मंगला गाउँपालिका २ बाबियाचौर स्थित प्रभु बचत तथा ऋण सहकारी संस्थाले दिवंगत सेयर सदस्यको परिवालाई आर्थिक सहयोग गरेको छ ।सेयर सदस्य स्वर्गीय हरिप्रसाद आचार्यको निधन भएको वार्षिक पुण्य तिथी पारेर मंगलबार परिवारका सदस्यलाई पच्चिस हजार रुपैयाँ सहयोग गरिएको सहकारीका प्रबन्धक राजकुमार पाण्डेले जानकारी दिनुभयो । सहकारीका... पुरा पढ्नुहोस

देविस्थानमा भारी हिमपातः हिमपातले पठनपाठन प्रभावित

बेनी १५ फागुन । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा भएको भारी हिमपातले स्थानीय विद्यालयको पठनपाठन प्रभावित बनेको छ । अविरल बर्षासंगै परेको हिमपातको कारण विद्यालयको पठनपाठन प्रभावित बनेको भिम मावि देविस्थानका शिक्षक यामनाथ पौडेलले जानकारी दिनुभयो । अत्यधिक चिसो बढेपछि घरबाट बाहिर निस्कन सक्ने अबस्था नरहेको स्थानीयबासीले बताएका छन् । देविस्थान... पुरा पढ्नुहोस

बिम ‘लिफ्ट’ खानेपानी आयोजनाको भब्य उद्घाटन (फोटो फिचर)

सन्तोष गौतम, बिम १५ फागुन । म्याग्दीको मालिका गाउँपालिका ७ मा निर्माण भएको बिम लिफ्ट खानेपानी आयोजनाको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।फिनल्याड सरकारका प्राबिधिक सल्लाहकार सान्ना लिना, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, वडा अध्यक्ष रेशम जुक्जाली र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका सरसफाई विज्ञ चन्द्रभक्त... पुरा पढ्नुहोस

म्याग्दीमा भारी हिमपात, चिसोको कारण जनजिवन प्रभावित

बेनी १५ फागुन । म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि तेस्रो पटक हिमपात भएको छ । माथिल्लो हिमाली बस्तीहरुमा भने यो सिजनको पाँचौ हिमपात हो । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । गयरातीदेखि परेको अविरल बर्षासंगै हिमपात भएपछि चिसो अत्यधिक बढेको रघुगंगा गाउँपालिका–४ दग्नाममा रहेको एकता... पुरा पढ्नुहोस

युवाहरुको उदाहरणीय काम ःसंस्कृति संरक्षणका लागि खेल मैदान निर्माण

धु्रबसागर शर्मा म्याग्दी १५ (फागुन) म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट सानालेखको लेखसाइड युवा क्लवमा आवद्ध युवाहरुले परम्परागत संस्कृतिको संरक्षण र खेलकुदको विकास गर्ने उद्धेश्यले गाउँमा खेलमैदान निर्माण गरेका छन् ।गाउँमा रहेका र गाउँबाट देश विदेशका विभिन्न स्थानहरुमा अध्ययन वा रोजगारीका लागि गएका युवाहरुबाट सहयोग जुटाएको रु दुईलाख र... पुरा पढ्नुहोस

घतानकोत पुननिर्माण गरिँदै, ७ लाख सहयोग संकलन

बेनी, १३ फागुन । बेनी नगरपालिका–९ मा अवस्थित ऐतिहाँसिक घतानकोत पुननिर्माण गर्नको लागि आर्थिक संकलन गर्न थालिएको छ । जिल्लामा रहेका पुराना कोतहरुको सुचिमा रहेको घतानकोत मन्दिर जिर्ण बनेपछि पुननिर्माणको लागि अभियान थालिएको हो । ऐतिहाँसिक ढोलठान दरबारको काखमा अबस्थित घतान कोतको दुर्गा भगवती मन्दिर जिर्ण बनेपछि स्थानीयले पुननिर्माण संगै... पुरा पढ्नुहोस

गण्डकी प्रदेशस्तरीय सूचना प्रविधि मेला पोखरामा हुने

म्याग्दी, १४ फागुन ।  फागुन १८ गतेदेखि २४ गतेसम्म पोखरामा गण्डकी प्रदेशस्तरीय सूचना प्रविधिको बृहत मेला ‘क्यान इन्फोटेक’ हुने भएको छ । कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) कास्की शाखाको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने सो मेलाको तयारीलाई तिब्र पारिएको छ । सूचना प्रविधि सम्बन्धि विविध गतिविधि हुने सो मेलाको प्रचार प्रसारको... पुरा पढ्नुहोस

ज्यामरुककोट समाज नेपालद्धारा गरिब तथा असहायलाई ४० हजार सहयोग

धु्रबसागर शर्मा म्याग्दी १४ फागुन । ज्यामरुककोट समाज नेपालले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका तीन जना गरिब तथा असहाय बालबालिका र व्यक्तिको पढाई खर्च र उपचारका लागि रु ४० हजार सहयोग गरेको छ । रोजगार,अध्ययन र बसाइसराइ लगाएतका कारणले ज्यामरुककोटबाट देश विदेशका विभिन्न ठाउँहरुमा पुगेका ज्यामरुककोटेहरुको संस्था ज्यामरुककोट समाज नेपालले... पुरा पढ्नुहोस