म्याग्दी समाचार

आमा छोरी नै सम्पर्क विहिन भएपछि खोजी गरिदिन अपिल

म्याग्दी, १७ भदौ । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम माईत र धादिङ घर भई हाल चितवन बस्दै आएकी ज्योती सुवेदी तिमल्सिना आफ्नो छोरी सहित सम्पर्क विहिन भएकी छिन् । भरतपुर १० हाकिम चोक बस्दै आएकी २६ बर्षिय ज्योती आफ्नो ५ बर्षिय छोरी आर्जना सहित सम्पर्क विहिन भएकी हुन् । ज्योतीका श्रीमान... पुरा पढ्नुहोस

सुरेसको उपचारका लागि डेढ लाख बढी सहयोग

बेनी १७ भदौ । मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि आईतबार डेढ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौको टिचीङ अस्पतालमा उपचार गराइरहेका १९ वर्षिय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति... पुरा पढ्नुहोस

हुलाकचोक देखि ईन्द्रेणीटोल जाने गल्लीको बाटोलाई सहज बनाउन माग

बेनी १७ भदौ । बेनी नगरपालिका ७ ईन्द्रेणीटोलका बासिन्दाले हुलाकचोक देखि ईन्द्रेणीटोल जाने बाटोमा पर्ने गल्लीको बाटोलाई सहज बनाउन माग गरेका छन् ।  ईन्द्रेणी टोल सुधार समितिका अध्यक्ष नैनकुमार श्रेष्ठको नेतृत्वमा आईतबार नगरपालिकामा पुगेको स्थानीयबासीको टोलीले नगर प्रमुख हरिकुमार श्रेष्ठ र वडा अध्यक्ष राजेन्द्र श्रेष्ठलाई भेटेर यस्तो माग राखेका हुन्... पुरा पढ्नुहोस

चोचाङ्गी समाज नेपालको भेटघाट तथा सम्मान कार्यक्रम पोखरामा भब्यताका साथ सम्पन्न ।

भाद्र,१७ पोखरा, चोचाङ्गी समाज नेपालको आयोजनामा पोखराको रामबजार स्थिति भामरकोट पार्टीप्यालेसमा नेपाल का विभिन्न ठाँउमा रहेका चोचाङ्गी परिवारको भेटघाट तथा विभिन्न क्षेत्रमा सफलता प्राप्त तथा अवकाश प्राप्त र ७० बर्ष भन्दा माथिका भाइखलाकहरुलाई सम्मान गर्ने कार्यक्रम भब्य समारोहको साथ सप्पन्न भएको छ। "हाम्रो देश, हाम्रो पुर्खा, हाम्रो गरिमा, हाम्रो इतिहास,... पुरा पढ्नुहोस

स्मल हेभन मन्टेश्वरीको उद्घाटन

म्याग्दी, १७ भदौँ । सदरमुकाम बेनीमा रहेको माउण्ट एभरेष्ट आवासिय विद्यालय अन्तर्गतको स्मल हेभन मन्टेश्वरीको उद्घाटन गरिएको छ । विद्यालयद्धारा सञ्चालित मन्टेश्वरीको आइतवार समाजसेवी गोविन्द्र नरसिङराज भण्डारी र भद्रकुमारी श्रेष्ठले सयुक्त रुपमा उद्घाटन गरेका हुन् । विद्यालयले हुलाकचोक स्थित रेडक्रसको भवनमा बालमैत्री पुर्वाधार निर्माणका लागि पचास लाख लगानी गरि मन्टेश्वरी... पुरा पढ्नुहोस

वैदेशीक रोजगारिको पिडा : रक्तचापले कुबेतमा अचेत भएका राखुका गणेश किसान एक महिनादेखि अस्पतालमा

म्याग्दी, १७ भदौ । रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) कुबेतमै ढले । रक्तचापको समस्याले उनी प्रवासमै अचेत भएर ढलेपछि उनलाई उपचारको लागि हस्पीटल भर्ना गरीएको छ । गत साउन ६ गते अकस्मात गम्भिर स्वास्थ्य समस्या आएपछि उनलाई कोमामा राखेर उपचार गरिएको थियो । २ हप्तापछि सामान्य होसमा आएका... पुरा पढ्नुहोस

पर्यटन प्रर्वद्धनका लागि रुईसेमा तिज विशेष कार्यक्रम (फोटोफिचर)

म्याग्दी, १७ भदौँ । रघुगंगा गाँउँपालिकाको प्रमुख पर्यटकियस्थल रुईसे–भेडिओढारमा पर्यटन प्रवद्र्धनका लागि तिज विशेष एवम् दर खाने कार्यक्रम शनिबार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजना, वडा २ को ब्यवस्थापन र आमासमुहको सहयोगमा रुईसेमा तिज विशेष प्रतियोगिता आयोजना गरिएको हो । गाउँपालिकाभित्र रहेको मौलिक भेषभुषामा सजिएर १४ टिम आमासमुह सहभागिता... पुरा पढ्नुहोस

पहिरोले बाटो बगाएपछि युवाहरुले बनाए पदमार्ग (फोटो फिचर)

बेनी, १७ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा पहिरोले बाटो बगाएर जोखिमपूर्ण तवरले आवत जावत गर्नुपर्ने बाध्यता हटाउन युवाहरुले पदमार्ग बनाएका छन् । गलेश्वर हुँदै पिप्ले जाने बाटो अन्र्तगत सेतीपखरामा पहिरोले बाटो नै बगाएपछि आवत जावतमा समस्या भएको थियो । तिजको अवसरमा आवतजावत बढी हुने र पहिरोले बाटो बगाएपछि स्थानीय... पुरा पढ्नुहोस

गिद्ध सम्बन्धि चित्रकला प्रतियोगिता

बेनी १७ भदौ । जलजला गाउँपालिका ५ स्थित प्राकृतिक सम्पदा संरक्षण संस्थाको आयोजनामा अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसको अवसरमा शनिबार चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । लेकफाँटमा रहेका विद्यालयहरुको प्रावि स्तरीय प्रतियोगितामा पञ्चपुल आधारभुत विद्यालयकी सुमित रेग्मी प्रथम, गिद्धेश्वर आधारभुत विद्यालयका विपीन गर्बुजा दितृय, शिवालय आधारभुत विद्यालयकी अञ्जना पौडेल तितृय... पुरा पढ्नुहोस

खेल पूर्वाधारमा प्राथमिकता दिनुपर्ने सांसद केसीको भनाई

बेनी १७ भदौ । गण्डकी प्रदेशका सांसद बिनोद केसीले खेलकुदको विकासका लागि पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । राधाकृष्ण सामुदायीक कल्वले बेनपा २ गौस्वारामा आयोजना गरेको कृष्ण जन्माष्टमी पर्वको अवसरमा आयोजित खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गर्नुहुदै सांसद केसीले नेपाललाई विश्वमा चिनाउने माध्यम खेलकुद भएको बताउनुभयो । उहाँले ब्यवस्थित खेलमैदान... पुरा पढ्नुहोस