म्याग्दी समाचार

करेन्ट लागेर हातखुट्टा गुमाएका कृष्ण वलीलाई मल्कबाङ समाज युकेको पहलमा सहयोग (भिडियाे सहित)

म्याग्दी, ३ फागुन । करेन्ट लागेर हातखुट्टा गुमाएका कृष्ण वलीलाई मल्कबाङ समाज युकेको पहलमा रु १ लाख १७ हजार सहयोग गरिएको छ । विभिन्न ठाउँबाट संकलन भएको सो सहयोग रकम मल्कबाङका अगुवा थम छन्त्याल र नर छन्त्याल मार्फत कृष्ण वली र उनकी पत्नी रुपालाई हस्तान्तरण गरिएको छ । https://www.youtube.com/watch?v=-yEmtfXBczM&feature=youtu.be करेन्ट... पुरा पढ्नुहोस

म्याग्दी समाज युएसए मेरिल्याण्डको अध्यक्षमा इन्द्र बहादुर थापा छेत्री चयन

अमेरिका ३ फागुन । अमेरिकाको मेरिल्याण्डमा स्थापित म्याग्दी समाज युएसए मा नयाँ कार्य समिति चयन भएको छ । सन् २००९ मा स्थापना भएको यस संस्थाको बार्षिक अधिवेसन मार्फत म्याग्दी समाज युएसएको सन् २०१९ /२०२० सम्मका लागि नयाँ समिति गठन भएको छ । अधिबेशनबाट अध्यक्षमा इन्द्र बहादुर थापा छेत्री निर्वाचित हुनुभएकाे ... पुरा पढ्नुहोस

ट्रान्सफर्मरमा क्षति पुगेपछि विद्युत अवरुद्ध

बेनी ३ फागुन । म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीमा बिहीबार राती चट्याङ पर्दा विद्युतको ट्रान्सफर्मरमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध भएको छ । भकिम्लीको डोलेमा रहेको ट्रान्सफर्मरमा चटयाङले क्षति पु¥याएपछि डोले, मुसुङ, छेपारे क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको स्थानीयबासी डिलबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार त्यहाँका १६० घरधुरी केन्द्रीय... पुरा पढ्नुहोस

गलेश्वरमा गण्डकी प्रदेशकै अग्लो ४६ फिटको त्रिशुल

बेनी ३ फागुन । बेनी नगरपालिका ९ मा रहेको प्रशिद्ध धार्मिक स्थल गलेश्वर मन्दिर परिसरमा बिहीबार ४६ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ । गलेश्वर निवासी मानकुमारी शेरचन, उहाँका छोराहरु भलप्रसाद र गणेश शेरचनले मन्दिर परिसरमा त्रिशुल स्थापना गर्नुभएको हो । ४६ फिट अग्लो यो त्रिशुल गण्डकी प्रदेशकै अग्लो भएको... पुरा पढ्नुहोस

मराङमा घुम्ति शिविर सञ्चालन हुने

बेनी २ फागुन । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङमा आगामी शनिबार एकिकृत घुम्ति शिविर सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले धवलागिरी गाउँपालिकासँग समन्वय गरेर शिविर सञ्चालन गर्न लागेको हो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाको मल्कवाङ र मराङका बासिन्दालाई गाउँमै प्रशासनिक सेवा उपलब्ध गराउने... पुरा पढ्नुहोस

बेनी–मालढुङ्गा सडक दैनिक सात घण्टा बन्द

सन्तोष गौतम बेनी २ फागुन । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि दैनिक सात घण्टा बन्द हुन थालेको छ । जलजला गाउँपालिका–३ वारिबेनी देखि लामाखेत खण्डको सडक फराकिलो बनाउने कामका लागि जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले बुधबारदेखि लागू हुनेगरि समय तालिका बनाएको हो । सडक विस्तार... पुरा पढ्नुहोस

प्रणय दिवसको अवसरमा युवाहरुले गरे विपन्न सुनार परिवारका बृद्ध र बालकहरुलाई सहयोग (भिडियो सहित)

कमल खत्री बेनी, २ फागुन । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा दुई नातीहरुलाई हुर्काउँन आर्थिक र बसोबासको समस्यामा पर्नुभएकी एक बृद्धलाई सहयोग जुटेको छ । आर्थिक अभाबले कोठा भाडा तिर्न नसकेपछि स्थानीय सरस्वती आधारभुत विद्यालयको प्रयोगविहिन सौचालयमा आश्रय लिनुभएकी ७५ बर्षिय जमुना सुनार र उहाँका दुई नातीहरुलाई बेनीका युवाहरुले रु १७... पुरा पढ्नुहोस

लखन थापाको १४२ औ स्मृति दिवसमा रक्तदान

बेनी २ फागुन । प्रथम सहित लखन थापाको १४२ औ स्मृति दिवसको अवसरमा बिहीबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर विद्यार्थी संघले आयोजना गरेको सो कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो ।... पुरा पढ्नुहोस

दृष्टिविहिन स्रोत कक्षालाई रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा सहयोग

बेनी, २ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले दृष्टिविहिन स्रोत कक्षालाई रु २१ हजार बराबरको सहयोग गर्नुभएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षामा रहेका बालबालिकाहरुको लागि अध्यक्ष भण्डारीले सहयोग गर्नुभएको हो । उहाँले २१ हजार बराबरको मादल, सारङ्गी, अडियोको पेनड्राईभ,... पुरा पढ्नुहोस

करबाकेलीमा अक्षयकोष स्थापना

बेनी १ फागुन । अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडा स्थित म्याग्दीको धार्मिक पर्यटकीय स्थल करबाकेलीको संरक्षण र व्यवस्थापनका लागि अक्षयकोष स्थापना भएको छ । पुन समुदायको कुल देवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा निर्माण भएका भौतिक संरचनाको संरक्षण, मर्मत सम्भार तथा पुजा व्यवस्थापनका लागि करबाकेली संरक्षण तथा व्यवस्थापन समितिले अक्षयकोष स्थापना... पुरा पढ्नुहोस