म्याग्दी समाचार

बासुरीमा भविष्य खोज्दै नविन : लक्ष्य बासुरी बादक,आर्थिक अवस्था बाधक

धु्रबसागर शर्मा म्याग्दी २९ माघ । म्याग्दीको बेनी बजारमा संचालित म्याग्दीकाली एफएमको प्राविधिक कक्षमा विभिन्न स्केलका १२ ओटा बासुरीबाट सुरिलो धुन निकाल्दै गरेका १६ वर्षिय एक युवा बासुरीमा भविष्य खोज्दै दिनरात मिहिनेत गरिरहेका भेटिन्छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण विहान बेलुकी रेडियोमा प्राविधिकको काम गरेर दिउँसो कलेजमा अध्ययन... पुरा पढ्नुहोस

कुबेतमा अल्पत्र म्याग्दीका रन्तिजालाई मोना कुवेतद्धारा उद्धार

म्याग्दी, २९ माघ । रोजगारिको शिलसिलामा कुवेतमा पुगेर विरामी भएपछि अल्पत्र परेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुका चमबहादुर रन्तिजालाई उद्धार गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) कुवेतको पहलमा ५२ बर्षका रञ्तिजालाई उद्धार गरि नेपाल पठाईएको हो । काम गर्दा गर्दै अचानक बेहोस भइ ढलेका रञ्तिजालाई फर्वानिया अस्पतालमा २१ दिन लामो... पुरा पढ्नुहोस

मंगला शिक्षा अभियानमा १० हजार बढी सहयोग जुट्याे, बालबालिकालाई सहयोग गरिने

म्याग्दी, २९ माघ । म्याग्दीको मंगला गाउँपालिका– २ तल्लो डडुवामा रहेको मंगला युवा क्लवले सुरु गरेको मंगला शिक्षा अभियानमा रु १० हजार बढी सहयोग जुटेको छ । क्लबका सदस्य लक्ष्मण श्रेष्ठले आफ्नो विवाहको अवसरमा क्लबको अभियानमा रु ४ हजार ५० सहयोग गर्नुभएको छ । विवाहको दिन लक्ष्मण र उहाँकी पत्नी... पुरा पढ्नुहोस

नेकपा म्याग्दीले २४ औ जनयुद्ध दिवस मनाउने

बेनी २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बुधबार २४ औ जनयुद्ध दिवस मनाउने भएको छ । सो पार्टीको जिल्ला संयन्त्र तथा प्रदेश सदस्यहरुको सोमबार बेनीमा बसेको बैठकले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको नेता गोविन्द पौडेलले जानकारी दिनुभयो । तत्कालिन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि... पुरा पढ्नुहोस

म्याग्देली चेली इन्दु बानियाँको ‘दिलराजा दिलरानी’ बजारमा (भिडियाे सहित)

ध्रुबसागर शर्मा म्याग्दी २९ माघ ।  नेपाली गीत संगीतको क्षेत्रमा ‘तिम्रो न्यानो त्यो काखैमा’, ‘सबै गुमाएर बरु’,‘राम कसम चट्टै’ र ‘गाई चराउने पाखैमा’ जस्ता कर्णप्रिय गीतहरु ल्याएर चर्चाको शिखरमा पुग्दै गरेकी म्याग्देली चेली इन्दु बानियाँको अर्को सांगीतिक कोशेली ‘दिलराजा दिलरानी’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘ भ्यालेनटाइन डे’... पुरा पढ्नुहोस

अभिभावकको स्मृतिमा चिमखोलामा पदमार्ग निर्माण

बेनी २८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा दुई महिलाले दिवंगत अभिभावकको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको छ । स्थानीय शान्तकला र तमाया तिलीजा पुनले स्वर्गीय बुवा धनीराम, आमा धनमाया, देउमाया र दाजु निरबहादुर तिलीजाको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको हो । तिलीजा दिदीबहिनीले २५÷२५ हजार रुपैयाँका दरले पदमार्ग निर्माणमा सहयोग... पुरा पढ्नुहोस

वडा अध्यक्षद्धारा विद्यालयमा सरस्वतिको मन्दिर निर्माण

बेनी २८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाका वडा अध्यक्ष नरसिङ बहादुर पुर्जाले स्थानीय ज्ञानप्रकाश माविमा निजी लगानीमा सरस्वतीको मन्दिर निर्माण गर्नुभएको छ । विद्यालयका पूर्व प्रअ समेत रहनुभएका पुर्जाले व्यक्तिगत रुपमा दुई लाख पचास हजार रुपैयाँ खर्च गरेर मन्दिर निर्माण गरिदिनुभएका प्रअ शान्तबहादुर नेपालीले जानकारी दिनुभयो । अध्यक्ष... पुरा पढ्नुहोस

म्याग्देलीहरुको एकताका लागि युएईमा रमाइलो वनभोज

काजिमान बुढाथोकी मगर युएई ,सोमबार माघ २८ गते । म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती (मोना ) युएईको सामुहिक भाईचारा विकासका लागि आयोजना गरिएको वनभोज कार्यक्रम सम्पन्न भएको छ । मोना म्याग्दीको आयोजनामा शुक्रबार दुबैको माम्जार बिच पार्कमा विभिन्न कार्यक्रम गरि सामुहिक वनभोज कार्यक्रम सम्पन्न भएको हो । रोजगारिको... पुरा पढ्नुहोस

बेनीदेखि भगवती जाँदै गरेको जिप दुर्घटना हुँदा १३ जना घाईते, एकको अबस्था गम्भिर

https://www.youtube.com/watch?v=oY9nZFMA3uQ&feature=youtu.be म्याग्दी, २७ माघ । म्याग्दी सदरमुकाम बेनीदेखि रघुगंगा गाउँपालिका–२ भगवती जाँदै गरेको ग १ ज ५८९९ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । आईतवार दिउँसो करिब ३ बजे सडकबाट करिब १ सय मिटर तल खसेर भएको सो दुर्घटनामा परि चालक गोपी परियार सहित १३ जना घाईते... पुरा पढ्नुहोस

स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग

बेनी, २७ माघ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग प्राप्त भएको छ । लायन्स क्लव अफ पोखरा लेकसिटीले फोटो थेरापी र युपिस उपकरण सहयोग गरेको हो । नवजात शिशूमा जण्डिस भए, नभएको पहिचान गर्न फोटो थेरापी उपकरण प्रयोग गरिन्छ । लायन्स क्लव आफ दरवाङ... पुरा पढ्नुहोस