म्याग्दी समाचार

कालीगण्डकीमा जिप खसालेका खड्कालाई युवतीको हत्या गरेको ठहर, सर्वस्वसहित जन्मकैद

म्याग्दी, २४ माघ । जिल्ला अदालत म्याग्दीले सात महीनाअघि कालीगण्डकी नदीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित... पुरा पढ्नुहोस

शैक्षिक संस्था बन्द गराउँदै हिँडेका विप्लवका दुई विद्यार्थी नेता पक्राउ

म्याग्दी, २४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को भातृ संगठन अखिल (क्रान्तिकारी) का दुई विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार देशभरिका शिक्षण संस्था बन्द आह्वान गरेको र म्याग्दीमा समेत शैक्षिक संस्था बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारीका जिल्ला सचिब रोहित विक र सुसन... पुरा पढ्नुहोस

जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री

बेनी २४ माघ । मालिका गाउँपालिका ५ देविस्थानको भिम माविका शिक्षक यामनाथ पौडेलले विद्यार्थीहरुलाई कापी, कलम वितरण गरेर बुधबार जन्मदिन मनाउनुभएको छ । मंगला गाउँपालिका २ तोराखेतका पौडेलले व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर पुन र प्रअ डम्मर घर्ती मार्फत १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई कापी र कलमका साथै विपन्न विद्यार्थी... पुरा पढ्नुहोस

बाख्रापालक कृषक संघको अध्यक्षमा पुन चयन

बेनी २३ माघ । म्याग्दीका बाख्रापालक कृषकहरु आवद्ध बाख्रापालक कृषक संघको अध्यक्षमा अन्नपूर्ण गाउँपालिका २ भुरुङ्ग तातोपानीका वुद्धीबहादुर पुन चयन हुनुभएको छ । संघको बुधबार बेनीमा भएको दोस्रो अधिवेशनबाट संघको उपाध्यक्षमा तोरीपानीका आनन्द रिजाल, महासचिवमा नरबहादुर थापा, कोषाध्यक्षमा पूर्णबहादुर पाइजा र सचिवमा रश्मी भण्डारी कुँवर चयन हुनुभएको छ । यसैगरी... पुरा पढ्नुहोस

बावियाचौरमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ जना लाभान्वित

म्याग्दी, २४ माघ । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर स्थित मंगला माध्यमिक विद्यालयमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ जना लाभान्वित भएका छन् । म्याग्दी जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी अन्र्तगत सञ्चालित आँखा उपचार केन्द्र बेनी, म्याग्दीको प्राविधिक सहयोगमा बुधवार सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयको आँखा परिक्षण... पुरा पढ्नुहोस

न्यु वेष्ट पोइन्टमा खेलाडी सम्मान

बेनी, २३ माघ । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले खेलाडीलाई सम्मान गरेको छ । बेनी नगरपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्स, भलिबल कबड्डी र मार्शल आर्ट्स तर्फका ७० जना खेलाडीहरु, टिम म्यानेजर र खेल शिक्षकलाई सम्मान गरेको हो । माघ १८ देखि २० सम्म सदरमुकाम बेनी बजारमा... पुरा पढ्नुहोस

तानबाट बनाएका राडीपाखी बुन्दै मल्कबाङ्गकी स्थानिय महिला

म्याग्दी । पुर्खादेखि तानवाट बुन्दै आएको राडीपाखी पछिल्लो समयमा भेडा बाख्रा पाल्न कम भएपछि तानबाट तयार पारिएका राडी पाखी समेत म्याग्दीको मल्कबाङ्गमा लोपहुन लागेका छन् । भेडाको उनबाट तयार गरीएका राडीपाखीहरु प्रती पिसको ५ हजार देखी ८ हजार सम्म मूल्य पर्न आउँछ । तानबाट बनाएका राडीपाखी बुन्दै मल्कबाङ्गकी स्थानिय महिला... पुरा पढ्नुहोस

दिवंगत चोखालका परिवारलाई सहयोग

बेनी, २२ माघ । बेनी नगरपालिका ९ नेप्टेचौरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले दिवंगत पुर्व कार्यालय सहयोगी हरिबहादुर चोखालको परिवारलाई आर्थिक सहयोग गरेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीहरुले कमजोर आर्थिक अवस्था भएका चोखालको निधनपछि समस्यामा परेका परिवार तथा छोराछोरीको शिक्षामा सहयोग पुगोस भनेर ५३ हजार ७३७ रुपैयाँ सहयोग... पुरा पढ्नुहोस

कलेजो र ५३ औं पटक रक्तदान गर्ने दाइ चन्द्र र भाइ सुरज केसी

धु्रबसागर शर्मा म्याग्दी, २२ माघ । मानिसहरु धर्मका लागि मन्दिरमा जान्छन्,देवतालाई पुज्छन्,दान गर्छन र आत्मसन्तुटि लिने गर्दछन् । तर, अरुलाई सहयोग गर्ने र आफ्नै शरिरको अङ्ग, झन त्यसमा पनि आफ्नो कलेजो र ५३ पटकसम्म रक्तदान गरेर अरुको जीवन बचाउने मानिसहरु भने विरलै पाइन्छन् । यिनै विरलै पाइने मानिसहरु मध्येका दुई भाइ... पुरा पढ्नुहोस

म्याग्दीका सामुदायिक वनमा बैज्ञानिक वन ब्यवस्थापन आवश्यक

म्याग्दी, २२ माघ । दिगो वन ब्यवस्थापन, रोजगारी र आम्दानी बृद्धि गर्नका लागि म्याग्दीका सामुदायिक वनमा बैज्ञानिक ब्यवस्थापन आवश्यक देखिएको छ। डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा दिगो बैज्ञानिक वन ब्यवस्थापन सुरु गरेका विभिन्न जिल्लामा गरिएको अवलोकनले म्याग्दीमा आवश्यक देखिएको हो । वैज्ञानिक वन ब्यवस्थापन सम्वन्धि अन्तर जिल्ला अध्ययन अवलोकन भ्रमणमा... पुरा पढ्नुहोस