आधारभूत तहको शैैक्षिक सुधार लागि आँचारसहिता निर्माण
- २१ बैशाख २०७६, शनिबार
- 2373 पटक पढिएको
धिरन खत्री
म्याग्दी, २१ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका– २ वडाअन्र्तगत रहेका आधारभूत विद्यालयको शैक्षिक सुधार लागि आँचारसहिता निर्माण गरिएको छ । वडा कार्यालयको समन्वयमा भएको छलफलमा जनप्रतिनिधि, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्रअ र टोलसुधार समितिको उपस्थितमा आधारभूत तहको शैक्षिक सुधारका लागि आचाँरसहिता निर्माण तथा पालनमा एक्यवद्धता जनाईएको हो ।
वडा कार्यालयमा भएको छलफलमा कक्षा ५ सम्मको शैक्षिक गुणस्तर बृद्धिका लागि विषयगत परिक्षाको गुणस्तर नतिजा प्राप्तका लागि आचारसँहिता निर्माण गरिएको वडा अध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिए ।
विद्यालयको शैक्षिक सुधारका लागि विद्यालयको आचारसंहिता पालना, भौतिक पुर्वाधार ब्यवस्थापन, वित्तिय शैक्षिक योजनामा कडाई, अभिभावक भेला महिनाको १ चोटी अनिवार्य, महिनाको १ चोटी विषयगत परिक्षा र विद्यालयको आगामी बर्षको योजना सम्वन्धमा जानकारी गराउने निर्णय गरिएको वडा अध्यक्ष केसीले जानकारी दिए ।
वडा समन्वयमा गत बर्ष वडा भित्र रहेका ५ ओटा आधारभूत विद्यालयको कक्षा ५ को परिक्षा मुक्तिधाम माविमा सयुक्त रुपमा गरिएको थियो । वडाभित्र रहेका आधारभूत विद्यालयको शैक्षिक क्षमता र विषयगत पक्षलाई सुधार गर्न लागि सामुहिक रुपमा वडाले परिक्षा गरेको थियो ।
सामुहिक रुपमा गरेको परिक्षाले विद्यालयको आवस्था थाहा भएको बताउदै सुधारका लागि आचारसँहिता निर्माण गरिएको हो, आचारसंहिता पालना भएको छ वा छैन छड्के अनुगमन गरिने वडा अध्यक्ष कटुवालले बताए ।
सामुहिक रुपमा गरिएको ५ विद्यालयको एकिकृत रुपमा गरिएको परिक्षामा उतकृष्ट विद्यालयको रुपमा देउराली आधारभूत विद्यालय साझपानी भएको थियो । देउराली प्राविबाट उतकृष्ट अंक ल्याउने विद्यार्थी र सोही विद्यालयलाई नगद १ हजार ५ सय रुपैया पुरस्कारले सम्मान गरिएको थियो ।