रेडियो म्याग्दीले आयोजना गरेको पर्यटन महोत्सवको आम्दानी खर्च सार्वजनिक
- २२ बैशाख २०७६, आईतवार
- धिरन खत्री
- 2524 पटक पढिएको
म्याग्दी, २२ बैशाख । रेडियो म्याग्दीले आयोजना गरेको पर्यटन महोत्सवको आम्दानी खर्च आईतबार सार्वजनिक गरेको छ । रेडियो म्याग्दी १०४.४ मेगाहर्जको ११ औँ बार्षिकोत्सवको अवसरमा ‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ गत बर्षको चैत २३ गतेदेखि २९ गतेसम्म आयोजना गरेको महोत्सवको आयब्यय सार्वजनिक गरेको हो ।
प्रथम पर्यटन महोत्सव आयोजनाका मुल संयोजक चिरञ्जीवी शर्मा, संचालक समितिका सचिव ठाकुरप्रसाद शर्मा र रेडियो म्याग्दीका स्टेशन संयोजक भरत रकाल उपस्थितमा पत्रकार सम्मेलन गरि महोत्सवको साढे २२ लाखको आर्थिक कारोबार सार्वजनिक गरेका हुन् ।
स्टेशन म्यानेजर रकाले आम्दानी २० लाख ७५ हजार भएको थियो, भने खर्च २२ लाख २५ हजार हुदै १ लाख ७० हजार महोत्सवमा घाटा परेको बताए । हस्तक्षेपका कारण तोकिएको समयसम्म संचालन नहुदा रेडियोले लक्षअनुसार आम्दानी गर्न नभएको उनले जानकारी दिए ।उनले आम्दानीतर्फ प्रायोजकबाट २ लाख, टिकट विक्रिबाट ११ लाख, स्टलबाट ६ लाख, अन्यबाट १लाख ७५ हजार गरि कुल २० लाख ७५ हजार आम्दानी सार्वजनिक गरेका थिए भने खर्चतर्फ स्थानीय कलाकारतर्फ ८५ हजार, राष्ट्रिय कलाकारतर्फ ९ लाख, साउण्ड र मञ्च ब्यवस्थापनमा ७ लाख, सुरक्षातर्फ २ लाख र छपाई, प्रचारप्रसार, आवास तथा विधुत, लगायतको क्षेत्रमा २ लाख ६० हजार खर्च भएको जानकारी गराएका थिए ।
महोत्सव आयोजनाबाट रेडियो म्याग्दी लक्षअनुसारको आम्दानी गर्न नसकेपनि पत्रकार आाकस्मिक कोष १० हजारबाट सुरु गरिएको जानकारी दिए ।
महोत्सवका मुल संयोजक शर्माले रेडियो म्याग्दीले ५८ लाखको कारोवारको लक्ष लिएको थियो, तर प्रशासनको हस्तक्षेपले तोकिएको समय सिमासम्म महोत्सव संचालन नहुदाँ २२ लाख ४५ हजारको कारोबार गरिएको जानकारी दिए । उनले महोत्सव शान्त वातावरणमा सम्पन गराउन सहयोग गर्ने कलाकार, दर्शक र ब्यवसायिलाई आभार ब्यक्त गरेका थिए ।
रेडियो म्याग्दीका संचालक समितिका सचिव शर्माले महोत्सव संचालन क्रममा सहयोग गर्ने जनप्रतिनिधि, स्थानीय तह, विभिन्न सामाजिक संघसस्ंथा, प्रशासन, सुरक्षा निकाय, पत्रकार, विभिन्न जातजाति, राजनीतिक दल, स्थानीय तथा राष्ट्रिय कलाकार लगायतलाई आयोजकको तर्फबाट धन्यवाद दिएका थिए ।
रेडियोद्धारा आयोजना गरिएको महोत्सवबाट लक्ष अनुसारको आम्दानी गर्न नसकेपनि नयाँ अनुभव र थोरै लागतमा ब्यवस्थित महोत्सव गर्न सकिन्छ पाठ सिकेको जानकारी गराउदै आगामी बार्षिकत्सवमा महोत्सव आयोजना गर्ने प्रतिवद्धता समेत म्यानेजर रकालले गरेका थिए ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l