म्याग्दी समाचार

सांसद थापाले संसदमै किन गाए बाल गित (भिडियो सहित)

बेनी ३१ जेठ । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापाले सरकारले नीति तथा कार्यक्रम अनुसार बजेट ल्याउन नसकेको टिप्पणी गर्नुभएको छ । बिनियोजन बिधेयक २०७६ माथि शुक्रबार प्रतिनिधिसभाको बैठकको छलफलमा भाग लिदै सांसद थापाले नीति तथा कार्यक्रम अनुसार विषयगत मन्त्रालयले योजनाहरुमा बजेटको व्यवस्थापन गर्न नसकेको बताउनुभयो । https://www.youtube.com/watch?v=RYDgV8IQi40&feature=youtu.be संघीय मामिला... पुरा पढ्नुहोस

झाँक्रिपानीमा टेलिकमको टावर विस्तार

बेनी ३१ जेठ । म्याग्दीको मंगला गाउँपालिका–३ झाँक्रिपानीमा सरकारी स्वामित्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले बिटिएस टावर स्थापना गरेर मोवाइल सेवा विस्तार गरेको छ ।समुन्द्री सतहदेखि दुई हजार ५७० मिटर उचाइमा अवस्थित झाँक्रिपानीमा स्थापना गरिएको बिटिएस शुक्रबारदेखि सञ्चालनमा ल्याइएको नेपाल टेलिकम म्याग्दी शाखाका प्रमुख बिष्णुदेव शाहले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

जनप्रतिनिधि र कर्मचारीलाई मेलमिलाप सम्वन्धि तालिम

म्याग्दी, ३१ जेठ । मंगला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि ५ दिने मेलमिलाप सम्वन्धि तालिम दिएको छ। मंगला गाउँपालिकाले जेठ २७ गते देखि ३१ गतेसम्म मेलमिलाप सम्वन्धि तालिम आयोजना गरेको हो । जनप्रतिनिधि र कर्मचारीहरुमा मेलमिलाप सम्वन्धि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो । ५ दिनसम्म संचालन भएको... पुरा पढ्नुहोस

वेष्ट पोइन्ट कलेजमा रक्तदान कार्यक्रम

बेनी,३१ जेठ । वेष्ट पोइन्ट कलेज बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवस जुन १४ को अवसरमा सो कार्यक्रम सम्पन्न भएको हो । कलेजमा गठित इनफुलेन्स ब्याजलर क्लबले कार्यक्रम आयोजनामा गरेकोे हो । रक्तदान कार्यक्रममा १८ जनाले रगत दान गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस... पुरा पढ्नुहोस

भगवती आधारभुतमा पुरस्कार र छात्रवृत्ति वितरण

  दिच्याम ३१ जेठ । मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवती आधारभूत विद्यालयमा बिहीबार पुरस्कार र छात्रवृत्ति वितरण गरिएको छ । गत शैक्षिक सत्र २०७५ को वार्षिक परिक्षामा कक्षा प्रथम, दृतीय, तृतीय भएका विद्यार्थीलाई पुरस्कृत र विभिन्न शिर्षकमा गाउँपालिकाले उपलब्ध गराएको छात्रवृत्ति वितरण गरिएको हो । ३३ जना दलित, अन्य छात्रालाई... पुरा पढ्नुहोस

मालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

  बेनी ३० जेठ । म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बिहीबार बिममा पदमार्गको निर्माण सुरु गरि रोजगार कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको हो । अध्यक्ष रोकाले वडाले सिफारिस गरेका योजनाहरुलाई बजेट बिनियोजन गरेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । बिमको दामडुङ देखि किसानी... पुरा पढ्नुहोस

गर्भपति र सुत्केरी महिला तथा ५ महिनादेखि ५ बर्षसम्मका बच्चाहरुको पोषण सुधारमा पहल

धिरन खत्री म्याग्दी, ३० जेठ । म्याग्दीमा गर्भपति, सुत्केरी महिला र बालबच्चाहरुको पोषण अवस्थामा सुधार गर्न बहुक्षेत्रीय पोषण कार्यक्तम गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले ७ हजार १२५ बालबालिका तथा महिलाहरुको तथ्याकं संकलन गरे कुपोषित बालबालिकाहरु र गर्भवती, सुत्ेकरी महिलाहरुको अवस्था सार्वजनिकरण गरेको हो । बहुक्षेत्रीय पोषण कार्यक्तमबाट अन्तर्गत स्थानीयतहसंग... पुरा पढ्नुहोस

धौलागिरी आधार शिविर जाने पदमार्ग निर्माण (फाेटाे फिचर)

कमल खत्री बेनी, ३० जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौ (८,१६७ मिटर) अग्लो धौलागिरी हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । भिर र जंगलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५० लाख बजेटबाट नाउराभिरदेखि... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा जनप्रतिनिधिको बिवादः बहुमतको निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश

बेनी ३० जेठ । उच्च अदालत पोखराको बागलुङ इजलासले बेनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापनका लागि भएको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठले कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा समेत १८ जनालाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशको माग गर्दै इजलासमा मंगलबार रिट दायर गर्नुभएको... पुरा पढ्नुहोस

नसर्ने रोगबाट बच्न जिवनशैलीमा सजगता अपनाउनुपर्ने

बेनी २९ जेठ । नेपालमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको नसर्ने रोगबाट बच्नका लागि जिवनशैलीमा सजगता अपनाउनुपर्नेमा एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा बुधबारदेखि बेनीमा सुरु भएको स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग सम्बन्धी तालिमको उद्घाटनमा सहभागिहरुले मधुमेह, मुटु, मृगौला, क्यान्सर, दम, मानसिक रोगको समस्या बढेकोमा चिन्ता... पुरा पढ्नुहोस