जन्मदिनको अवसरमा बालगृहका बालबच्चाहरुलाई खाद्यान्न सहयोग
- ६ भाद्र २०७६, शुक्रबार
- 1960 पटक पढिएको
म्याग्दी, ६ भदौँ । रघुगंगा गाउपालिका –३ राखु अछेताका रेशमबहादुर केसीले जन्मदिनको अवसरमा बेनी बजारस्थित रहेको बालगृहमा खाद्यान्न सहयोग गरेका छन् । शुक्रबार विहान बालमन्दिर अनाथ बालबालिकाहरुलाई सो सहयोग गरेका हुन् ।
केसीले ४ हजार बराबरको खाद्यान्न बालमन्दिरमा बस्ने बालबालिकाहरुलाई हस्तान्तरण गरेका थिए । केसी अनेस्ववियु म्याग्दीका नेता साथै ब्यवसायि पनि हुन् ।