नवविकल्प पत्रिका १२ औं बर्षमा प्रवेश

  • ७ भाद्र २०७६, शनिबार
  • 2883 पटक पढिएको

बेनी, ७ भदाैँ । म्याग्दीको निरन्तर प्रकाशित नवविकल्प साप्ताहिक पत्रिका १२ औं बर्षमा प्रवेश गरेको छ । २०६५ साल भदौ ७ गते देखि प्रकाशन आरम्भ गरेको खबर पत्रिका शनिबार देखी १२ औं बर्षमा प्रवेश गरेको हो । जिल्लाको आर्थिक विकास र समृद्धि ,सुशासन ,परोपकारी क्षेत्र लगायतका विषयमा केन्द्रित भएर प्रकाशित हुँदै आएको पत्रिकाले शनिबार वार्षिक उत्सव मनाएको छ ।


कार्यक्रममा प्रधान सम्पादक देविप्रसाद शर्माले पत्रिकाले स्थापना कालदेखी नै निष्पक्ष , सत्य, तथ्य र सन्तुलित समाचार प्रकाशन गर्दै आएको बताए । उनले पत्रिकाले संधै शुुुसासन ,विकृति विसंगति र आर्थिक विकासको पक्षमा कलम चलाउँदै आइरहेको बताए । परोपकारी संस्था ओमकुमारी शान्ति कोेषका अध्यक्ष राजेश शाक्यले आर्थिक विकास र समाज रुपान्तरणमा पत्रिकाको ठुलो योगदान रहेको बताए । उनले वर्तमान अवस्थामा छापा संचार माध्यमलाई व्यवस्थित बनाउन व्यक्तिगत भन्दा पनि संगठनात्मक रुपमा चलाउनुपर्नेमा जोड दिए ।

पत्रिकाका सम्पादक तथा प्रकाशक ठाकुर प्रसाद आचार्यले पत्रिका प्रकाशनमा सहयोग गर्ने संस्थापक सदस्य ,पत्रकार ,पाठक ,लेखक ,विज्ञापनदाता तथा शुभचिन्तकलाई धन्यवाद व्यक्त गरेका थिए । सुचना प्रविधीको विकास संगै अनलाइन मिडियाले बजार लिएको वर्तमान अवस्थामा छापा मिडियालाई आफ्नो शाख जोगाउन चुनौतीपुर्ण रहेको उनले बताए ।
यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का ,नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य एवं पत्रिकाका संस्थापक सन्तोष गौतम , नेपाल पत्रकार महासंघका सचिव गोरखनाथ सुवेदी पत्रकार कमल खत्री , संस्थापक दिपेन्द्र श्रेष्ठ, संस्थापक एवं पत्रकार हरिकृष्ण गौतम, तथा नेपाल प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले पत्रिकालाई निरन्तरताको शुभकामना दिएका थिए ।