म्याग्दी समाचार

मिर्गौला पीडित खत्रीलाई कोरियाबाट रु १ लाख १५ हजार सहयोग जुट्यो (विवरण सहित)

बेनी, ७ फागुन । बेनी नगरपालिका–५ डडुवाकी मिर्गौला पीडित हरिकला खत्रीको उपचारको लागि दक्षिण कोरियाबाट रु १ लाख १५ हजार आर्थिक सहयोग जुटेको छ । दुबै मिर्गौलाले काम गर्न नसक्ने भएपछि पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत ५४ बर्षिय खत्रीको सहयोगार्थ कोरियामा रहेका डडुवाका मदन बानियाँको नेतृत्वमा सो सहयोग संकलन गरिएको... पुरा पढ्नुहोस

बागलुङमा दुखत दुर्घटना : तीनको मृत्यु, थप विवरण आउँदै

बागलुङ  ७ फागुन । जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।  ध १ ज ७९१ नम्बरको जीप छिस्तीको रापुङटुनीबोटमा दुर्घटना हुँदा तीनजनाको शव भेटिएको हो। शवको पहिचान भने भइसकेको छैन।  जीपमा करिव २५-३० जना यात्रु रहेको स्थानीयले बताएका छन्। घटनाबारे विस्तृत विवरण आउन बाँकी... पुरा पढ्नुहोस

सकारात्मक उत्प्रेरणा कार्यक्रम सम्पन्न

७ फागनु पर्वत । ६९ औं प्रजातन्त्र दिवसका अवसरमा पर्वत जेसीजको आयोजनामा जिल्ला कारागार बन्दीगृह पर्वतमा रहेका ब्यक्तिहरुको सकारात्मक सोच विकासका लागि पुस्तक वितरण एबम् सकारात्मक सोच उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । व्रम्हाकुमारी विश्वविद्यालय कुश्मा, पर्वतकी ब्रम्हाकुमारी दिदी जानकीले सकारात्मक सोचका बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिकुश्मा... पुरा पढ्नुहोस

म्याग्दी, बागलुङ र पर्वतका कारागारलाई रुपान्तरण गरिने

म्याग्दी, ७ फागुन । साविक धवलागिरि अञ्चलका तीन जिल्लामा रहेको कारागारलाई रूपान्तरण गर्न पहल थालिएको छ । क्षमताभन्दा बढी कैदीबन्दीको समस्या भोगिरहेका कारागारलाई समाधान गर्न म्याग्दी, बागलुङ र पर्वतका जिल्ला कारागार रूपान्तरणका लागि पहल थालिएको हो । बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको अध्यक्षतामा बागलुङ, पर्वत र म्याग्दी अन्तरजिल्ला समन्वय... पुरा पढ्नुहोस

मंगलामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु (फोटो फिचर)

सन्तोष गौतम बाबियाचौर ७ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा मंगलबारदेखि अन्तर मावि छात्रछात्रा स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगला गाउँपालिकाको आयोजना र पालिका स्तरीय खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गर्नुभयो । ६९ औ प्रजातन्त्र... पुरा पढ्नुहोस

स्थानीय तहहरुमा पनि प्रजातन्त्र दिवस मनाइयो

सन्तोष गौतम बेनी ७ फागुन । म्याग्दीका स्थानीय तह र वडा स्तरमा पनि मंगलबार विभिन्न कार्यक्रम गरेर ६९ औ प्रजातन्त्र दिवस मनाइएको छ । धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको आयोजनामा प्रजातन्त्र दिवस मनाइएको हो । धवलागिरी गाउँपालिकाको ७ वटै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालयहरुको आयोजनामा सरफाई कार्यक्रम गरेर... पुरा पढ्नुहोस

रघुगंगामा प्रजातन्त्र दिवस मनाईयो

चन्द्र खड्का मौवाफाँट ७ फागुन । ६९ औँ प्रजातन्त्र दिवसको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिकाले दृष्टिविहिन बालबालिकाहरुलाई स्टेशनरी सहयोग गरेको छ । दिवसको अवसरमा गाउँपालिकाको आयोजनामा ज्ञानोदय मावि, स्थानीय पवित्र आमा समुह र समाजसेवा युवा क्लबले संयुक्त रुपमा प्रभातफेरी गरेका थिए । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका विद्यार्थी र शिक्षक लगायत स्थानीय... पुरा पढ्नुहोस

भारतको नयाँ दिल्लीमा उपचारत शियानालाई थप सहयोग आवश्यक

म्याग्दी, ७ फागुन । भारतको नयाँदिल्लीमा रहेको सर गंगाराम अस्पतालमा उपचार गराईरहेकी बालिका शियाना पुनको थप उपचारका लागि आर्थिक सहयोग आवश्यक परेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी पुनलाई कलेजो प्रत्यारोपण पछि थप उपचारका लागि सहयोग आवश्यक परेको हो । ९ महिनाकी शियानाको कलेजोमा समस्या देखिपछि ओमकुमारी शान्ति कोषको तर्फबाट... पुरा पढ्नुहोस

अर्जुन माविको भवन पुननिर्माण सुरु

बेनी ७ फागुन । बेनी नगरपालिका २ भकुण्डेमा रहेको अर्जुन माविको भवन निर्माण सुरु भएको छ । चार कोठे भवनको सोमबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले शिलँन्यास गरेका हुन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको सत्तरी लाख रुपैयाँ अनुदान सहयोगमा निर्माण हुने भवन भूकम्प प्रतिरोधी क्षमताको हुनेछ । दुई तले भवन... पुरा पढ्नुहोस

पदमार्ग सरसफाई

सन्तोष गौतम बेनी ७ फागुन । म्याग्दीमा सोमबारदेखि ६९ औ प्रजातन्त्र दिवस मनाउन सुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको संयोजकत्वमा गठन भएको मूल समारोह समितिको आयोजनामा दिवस मनाउन सुरु भएको हो । दिवसको पहिलो दिन बेनी नगरपालिकाको संयोजनमा बेनीको हाँडेभिर देखि खबरामा रहेको लभ्लिहिल पदमार्ग सरसफाई... पुरा पढ्नुहोस