म्याग्दी समाचार

तेक्वान्दोको राष्ट्रिय प्रतियोगितामा म्याग्दीकी श्रेष्ठले स्वर्ण पदक जितिन्

  बेनी १० असार । म्याग्दीकी एक खेलाडीले राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक दिलाएकी छिन् ।नेपाल तेक्वान्दो संघ ३ न. प्रदेश समितिले काठमाडौमा आयोजना गरेको प्रतियोगिताको ४६ केजी तौल समूहमा गण्डकी प्रदेशबाट सहभागि भएकी रश्मि श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । यसैगरी गण्डकी प्रदेशबाट सहभागि म्याग्दीकै सुस्मिता दर्जीले ६७... पुरा पढ्नुहोस

कार्यपालिका बैठक नबस्दा बेनपामा लाखौ रुपैया फिर्ता हुने खतरा

म्याग्दी १० असार ।  आन्तरिक विवादमा फसेको म्याग्दीको बेनी नगरपालिकामा संघिय सरकारबाट प्राप्त भएको लाखौँ रुपैयाँ अनुदान रकम फिर्ता हुने अबस्थामा पुगेको छ । गत जेठ ३ गते बसेको कार्यपालिका बैठकमा नगरपालिकाका मेयर र कार्यपालिका सदस्यहरुबिच बढेको विवादले कार्यपालिका बैठक अनिश्चित भएपछि विभिन्न कार्यक्रमको लागि प्राप्त बजेट फिर्ता हुने अबस्थामा... पुरा पढ्नुहोस

बेनीमा “अग्निदह”को बिशेष प्रर्दशनी

  बेनी १० असार । बेनीमा सोमबार सन्देशमुलक चलचित्र “अग्निदह”को बिशेष प्रर्दशनी गरिएको छ ।  बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको सभाहलमा गरिएको चलचित्रको बिशेष प्रर्दशनीको बजारका बासिन्दा र विद्यार्थीहरुले अवलोकन गरेका थिए । प्रर्दशनिको प्रजिअ लीलाधर अधिकारीले उद्घाटन गर्नुभएको थियो । एक घण्टा ४५ मिनेट लामो यो चलचित्र मान्छे... पुरा पढ्नुहोस

लामगरामा प्राङगारिक खेती अभियान

  बेनी १० असार । बेनी नगरपालिका– १ लामगरामा रासायनिक बिषादी र मलको विकल्पमा प्राङगारिक प्रबिधिबाट खेति अभियान सुरु भएको छ ।कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोगमा लामगरा व्यवसायिक कृषि सहकारी संस्थाले प्राङगारिक कृषि प्रर्वद्धन मिसन कार्यक्रम सुरु गरिएको हो । कार्यक्रम अन्तरगत प्राङगारिक मल उत्पादन, भकारो सुधार, गाइबस्तुको मुत्र संकलन... पुरा पढ्नुहोस

बाँदरजुंगभिरमा भेटिएको शंकासपद बस्तु निष्कृय, प्रेसर कुकरमा माटो !

म्याग्दी १० असार । बेनी जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बाँदुरजुंगेभिरमा आज विहान भेटिएको शंकास्पद बस्तुलाई निस्कृय पारिएको छ । जोमसोम स्थित नेपाली सेनाको बज्रदल गण र घाँसा प्रहरी चौकीबाट खटिएको सुरक्षाकर्मीको टोलीले सडकमो छेउमा प्रेसर कुकरमा खतरा लेखेर राखिएको शंकास्पद बस्तुलाई डिस्पोज गरेको हो । विप्लब... पुरा पढ्नुहोस

बेनपाले एजेण्डाबिनै १५ गते नगरसभा बोलायो

  बेनी १० असार । विगत एक महिनादेखि आन्तरिक बिवादमा रुमलिएको बेनी नगरपालिकाले असार १५ गते नगरसभा बोलाएको छ । देशभरका स्थानीय तहहरुले धमाधम नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिरहँदा नगरपालिकाले एजेण्डानै तय नगरि नगरसभा बोलाएको हो । एक तिहाई भन्दा बढी सदस्यहरुले बिशेष अधिवेशन (नगरसभा)को माग गरेको र... पुरा पढ्नुहोस

मंगलाको सातौँ गाउँसभाः ३५ करोडको बजेट सार्वजनिक, कृषि, शिक्षा, पर्यटन र पूर्वाधार प्राथमिकतामा ( फोटो फिचर)

कमल खत्री बाबियाचौर ९ असार । मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३५ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ ।बाबियाचौरमा सोमबार भएको सातौ गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले चालुतर्फ २३ करोड सात लाख ९२ हजार ६ सय र पूजीगततर्फ ११ करोड ९५ लाख ९९ हजार रुपैयाँ गरि कुल... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम पारितः ३४ करोड ७८ लाखको बजेट प्रस्ताव

पोखरेबगर,१० म्याग्दीख । कृषि, पर्यटन,जलस्रोत,शिक्षा र रोजगारलाई प्रथामिकता दिएर अन्नपुर्ण गाउँपालिकाले नीति तथा कार्यक्रम पारित गरेको छ । कृषि, उद्योग, पर्यटन शिक्षा स्वास्थ्य लगायतका बिभिन्न शिर्षकमा ३४ करोड, ७८ लाख ५६ हजार रुपैयाँ गाउँसभामा प्रस्ताव गरेको छ । गाउँसभाको उद्घाटन गदै गाउँपालिका प्रमुख क्या.डमबहादुर गर्वुजा पुनले सर्वसाधारण जनताले प्रत्यक्ष अनुभुित... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको गतिरोधबारे म्याग्दीका सामाजिक संघसंस्थाको धारणा बाहिरीयो ! (विज्ञप्तीको पूर्णपाठ)

म्याग्दी ९ असार । बेनी नगरपालिकाको आन्तरिक कलहले नीति तथा कार्यक्रम र बजेट प्रभावित बनेपछि म्याग्दीका सामाजिक संघ संघ संस्थाले चासो दिएका छन् । गत जेठ ३ गतेको कार्यपालिका बैठकमा मेयर हरिकुमार श्रेष्ठ र अन्य कार्यपालिका सदस्यहरुबिच शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापन गर्ने एजेण्डामा विवाद भएको थियो ।... पुरा पढ्नुहोस

राहुघाटको सुरुङ निर्माण सुरु

  म्याग्दी ८ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्यूत प्राधिकरणले निर्माण गर्न लागेको राहुघाट जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य सुरु भएको छ । ४० मेगावाट जलविधुत आयोजनाको आईतबा नेपाली सेनाको श्रीबक्स गुल्म, प्रहरी, आयोजनाका अधिकारी र ठकेदार कम्पनीका प्रतिनिधिहरुको उपस्थितीमा बिस्फोट गराएर सुरुङ निर्माणको सुरुवात गरिएको हो ।... पुरा पढ्नुहोस