म्याग्दी समाचार

तीन कार्यालयको कार्यक्रम सार्वजनिक : कृषि, पशु र प्रधानमन्त्री आधुनिकीकरणको नौ करोड बजेट

म्याग्दी ९ भदौ । म्याग्दीका तीन कार्यालयले चालु आर्थिक बर्ष २०७६/७७ मा सञ्चालन गर्ने कार्यक्रम र स्विकृत बजेट सार्वजनिक गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले सोमबार बेनीमा संयुक्त कार्यक्रमको आयोजना गरी स्विकृत बजेट तथा कार्यक्रम सार्वजनिक गरेका... पुरा पढ्नुहोस

रवि र युवराज धरौटीमा, अस्मीता साधारण तारेखमा रिहा

चितवन, ९ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासंगका पत्रकार रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । यस्तै युवराज कँडेल... पुरा पढ्नुहोस

मलम्पारको महेन्द्र आधारभुत विद्यालयमा विद्युतिय पुस्तकालय स्थापना गरिँदै

म्याग्दी ९ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका –५ मलम्पारमा रहेको महेन्द्र आधारभुत विद्यालयमा विद्युतिय पुस्तकालय स्थापना गरिने भएको छ । दुर्गम बस्ती मलम्पारमा रहेका बालबालिकाहरुलाई आधुनिक शिक्षाको पहुँच बृद्धि गर्न विद्युतिय पुस्तकालय स्थापना गर्ने तयारी स्वरुप विद्यालयमा कम्प्युटर, सौर्य उर्जाको जडान र इन्भटरको व्यवस्थापन गरिएको हो । धवलागिरी गाउँपालिकाको कार्यालयले... पुरा पढ्नुहोस

कदमद्धारा मृगौला रोगीलाई सहयोग

बेनी, ८ भदौ । कदम म्याग्दीले बेनी नगरपालिका–५ पुलाचौरकी मृगौला पिडित निशा सुवेदीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । कदमका अध्यक्ष निलकण्ठ रेग्मीको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले स्वास्थ्य राहत कोषबाट सुवेदीको उपचारका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । प्रसुति सेवाका क्रममा जटिल अवस्था उत्पन्न... पुरा पढ्नुहोस

रामदाम कल्याण केन्द्रद्धारा मृगौलापिडितलाई सहयोग

बेनी, ९ भदौ । रामदाम कल्याण केन्द्र म्याग्दीले बागलुङका मृगौला पिडित रेशमबहादुर विश्वकर्माको उपचारका लागि आइतबार आर्थिक सहयोग गरेको छ । बिर अस्पताल काठमाडौमा मृगौला प्रत्यारोपणको तयारी गरेका विश्वकर्मालाई केन्द्रले बेनीमा घरदैलो गरेर संकलन गरेको ३७ हजार ९५५ रुपैयाँ उपलब्ध गराइएको कोषाध्यक्ष नरबहादुर रामदामले बताउनुभयो । केन्द्रका शाखा अध्यक्ष डेकबहादुर... पुरा पढ्नुहोस

नगरपालिकालाई शिक्षक महासंघको ध्यानाकर्षण

बेनी, ८ भदौ । नेपाल शिक्षक महासंघ बेनी नगर समितिले आइतबार बेनी नगरपालिकालाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । नगर भित्रका शैक्षिक समस्या समाधान, गुणस्तर सुधार र शिक्षकका पेशागत हितसँग सम्बन्धित मागहरु सहित महासंघका नगर अध्यक्ष दिपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल र सामाजिक विकास... पुरा पढ्नुहोस

म्याग्दीका बरुवालले एनआरएनको सचिबमा उम्मेदवारी दिने तयारी

म्याग्दी ८ भदौ । बेल्जियममा रहेर व्यवसाय गर्दै आएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका शिवकुमार बरुवालले गैरआवासीय नेपाली संघ (एनआरएन) को सचिब पदमा उम्मेदवारी दिने भएका छन् । एनआरएनका युरोप संयोजक रहेका वरुवालले आगामी निर्वाचनमा सचिव पदका लागि उम्मेदवारी दिने भएका छन् । एनआरएनको अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन... पुरा पढ्नुहोस

म्याग्दी अनलाइनका संयोजक छन्त्याललाई मलम्पारमा सम्मान ( तस्बिर सहित)

म्याग्दी ८ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मलम्पारमा रहेको नमुना आमा समुहले म्याग्दी अनलाईनका संयोजक देवान (हिमबहादुर) छन्त्याललाई भव्य सम्मान गरेका छन् । गाउँका हरेक सामाजिक कार्यहरुमा सहकार्य गर्दै आएको र सञ्चार क्षेत्र मार्फत मलम्पार क्षेत्रको प्रचार प्रसार र समस्या उजागरमा योगदान पु¥याएको भन्दै आमा समुहले पुख्यौली कला संस्कृति प्रदर्शन... पुरा पढ्नुहोस

लिटल गाडेन एकेडेमीमा “तारामण्डल” प्रर्दशन

म्याग्दी, ८ भदौँ । सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमीमा तारामण्डल प्रर्दशन गरिएको छ । कक्षा ४ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई विज्ञान तथा खगोल शास्त्रको रोचक तथा प्रयोगात्मक सिकाईलाई प्रभावकारी बनाउन तारामण्डल प्रर्दशन गरिएको हो । विद्यालयको आयोजना तथा इस्पेश साईन्स एण्ड पलानटेरियमका राजेश नेपाली र मनिष केसीले... पुरा पढ्नुहोस

लिटील गार्डेनको रथयात्रा

बेनी नगरपालीका–८ मा रहेको लिटिल गार्डेन एकेडेमीको आयोजनामा बेनीमा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा रथयात्रा गरिएको छ । विद्यालयको पूर्व प्राथमिक तहको आयोजनामा बालबालिकाहरुलाई राधा र कृष्णको भेषमा सजाएर रथयात्रा मार्फत बजार परिक्रमा गराइएको थियो । बालबालीकाहरुलाई चाडपर्व, धर्म र संस्कृतीको महत्वको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको प्रिन्सीपल खुमबहादुर केसीले... पुरा पढ्नुहोस