म्याग्दीकाली संञ्चार सहकारी संस्थाको अध्यक्षमा विजय श्रेष्ठ

  • २७ पुष २०७६, आईतवार
  • 1830 पटक पढिएको

म्याग्दी, २७ पुस ।सदरमुकाम बेनीमा सञ्चालनमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्था लि.को अध्यक्षमा विजय कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिबार बेनीमा भएको १२ औँ साधारण सभा तथा पाँचौँ अधिवेशनबाट श्रेष्ठ अध्यक्षतामा नया कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा रामजी प्रसाद सुवदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा राजु बानियाँ, सह–सचिवमा सुरज केसी, सह–कोषाध्यक्षमा हेमन्त थापा रहेका छन् । सदस्यहरुमा माधवप्रसाद रेग्मी, दुर्गाराम सुवेदी, दिपक हमाल, बालबहादुर महत, महेन्द्र खत्री, नबराज सुवेदी, लिलारामा गौतम, नारायण सुवेदी र नवराज सुवेदी रहेका छन् । त्यस्तैअनुसार लेखा समितीको संयोजकमा अमृतकुमार श्रेष्ठ र सदस्यहरुमा विष्णु गौतम र अम्बिक श्रेष्ठ छन् ।


साधारण सभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले गाउँ गाउँका जनतालाई प्रभावकारी रुपमा रेडियोले सूचना प्रभाह गरेको बताए । उनले भौगोलिक रुपमा बिगट रहेको बस्तीहरुमा इन्टरनेट, केवुल र रेडियो मार्फत सूचना सत्य तथ्य सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले संघसंस्था, सरकार, या घर परिवार र समाज नै किन नहोस् सबैमा कमिकमजोरी छ । कमिकमजोरीलाई सुधार गर्दै अगाडी बढ्नका लागि बाहिर ल्याइदिने, झकझकाउने काम मिडिया र सञ्चार माध्यमको महत्वपुर्ण भुमिका रहेको बताए ।


कार्यक्रममा नेकपाका सचिवालय सदस्य राजकुमार थापा, नेपाली काँग्रेसका उपसभापती माधव रेग्मी, जिल्ला हुलाक कार्यालय म्याग्दीकी प्रमुख साधना श्रेष्ठ, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्य, बेनी नगरपालिका वडा न ७ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । साधारण सभाको अवसरमा पूर्व कर्मचारी सुरज केसी, धुब्रसागर शर्मा र सन्तोष गौतमलाई सम्मान गरिएको थियो ।
कार्यक्रमा सचिव रामजी सुवेदीको प्रगती र कोषाध्यक्ष सुविन श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत रहेको थियो । हाल म्याग्दीकाली संञ्चार सहकारीबाट म्याग्दीकाली एफएम, म्याग्दीकाली इन्टरनेट, म्याग्दीकाली केवल सञ्चालन गरेको छ ।

५ सय ३४ जना शेयर सदस्य संख्या रहेको सो संस्थाको ३ करोड चार लाख ९९ हजार ५ सय रुपैयाँ शेयर पुँजी रहेको छ ।