लोकनृत्यमा केवि एकेडेमी प्रथम

  • २६ पुष २०७६, शनिबार
  • 1433 पटक पढिएको

म्याग्दी, २६ पुस । नेपाल विद्यार्थी संघ जनप्रिय मावि दरबाङ मुल इकाइको आयोजनामा शुक्रबार दरबाङमा भएको मालिका गाउँपालिका विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा केवि एकेडेमी दरबाङ प्रथम भएको छ ।
५ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा भगवती आधारभूत विद्यालय दिच्याम दोस्रो, निस्कोट मावि निस्कोट तेस्रो भएका छन् । क्रमश प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयले नगद १० हजार, ५ हजार, ३ हजार प्रमाण पत्र र मेडल प्राप्त गरेका छन् ।


ईकाइका सभापती दिपेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै नेपाली विद्यार्थी संघको पूर्व सभापती तथा नेपाली काँग्रेस म्याग्दीका जिल्ला सह–सचिव भरत बहादुर रकालले देशको हरेक परिर्वतनमा नेपाल विद्यार्थी संघको ठूलो भुमिका रहेको बताउदै २०३५ सालमा देशमा नै परिर्वतन ल्याउनको लागी नेबिसंघले खेलेको भूमिकाको चर्चा गरेका थिए ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले विद्यार्थीहरुले गरेका यस्ता रचनात्मका कार्यहरुले विद्यार्थी र विद्यालयहरुको सम्बन्ध मजबुद हुदै जाने बताए ।  नेबि संघ म्याग्दीका सभापती निर्मल खत्रीले अहिलेको वर्तमान सरकारले ल्याएको शिक्षा नितिमा निजि विद्यालयहरुलाई प्रोत्साह गरेको बताउदै नेबि संघले निजि विद्यालय र सरकारी विद्यालयको पढाई स्तर एउटै हुनुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा नेबिसंघ म्याग्दीकी सचिव सुजता खत्री, उपसभापति झलक जिसी, नेपाली काँग्रेस प्रदेश चुनाव क्षेत्र ख का सभापी कमल छन्त्याल, नेपाल शिक्षक संघ म्याग्दीका उपाध्यक्ष नगेन्द्र केसीले मन्तव्य राखेका थिए । जनप्रिय मुल इकाइ उपसभापती खगेन्द्र पुनको स्वागत जिल्ला सचिव विशाल खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।