नेपाल केन्पोकाई संघ म्याग्दीको अध्यक्षमा दलमान पुन

  • २५ पुष २०७६, शुक्रबार
  • 2050 पटक पढिएको

म्याग्दी, २५ पुस । नेपाल केन्पोकाई संघ म्याग्दी शाखाको अध्यक्षमा दलमान पुन मगर चयन चयन भएका छन् । विहिबार बेनीमा सम्पन्न जिल्ला भेलाबाट पुनसहित उपाध्यक्षमा भिमप्रसाद रोका ,सचिवमा नेत्रप्रसाद गुरुङ्ग, कोषाध्यक्षमा भिमसरा केसी तथा सदस्यहरुमा तारामान रोका, विवेक हमाल, केशरमान पुन, ललिन पुन, खेमबहादुर जुग्जाली, भिमसेन अधिकारी, बिरेन्द्र पुन, विनय जुग्जाली र जविन रोका रहेका छन् ।


कार्यक्रममा नेपाल केन्पोकाई संघका केन्द्रीय सचिव रबिन्द्र बज्रचार्यले संघको निति तथा कार्यक्रम अनुसार जिल्ला खेलकुदको विकासमा अगाडी बढ्न आग्रह गरेका थिए । कार्यक्रममा नयाँ कार्यसमितिका अध्यक्ष पुन मगरले संघको निति नियम तथा कार्यक्रम अनुसार जिल्लाको खेलकुदको विकासमा लाग्ने बताए ।

कार्यक्रममा साउथ एसियन चिप कोच नाराज खड्का (हरि) ,केन्द्रिय सदस्य एवम् नेपाल केन्पोकाई संघ म्याग्दीका प्रशिक्षक अनुप गौचन लगायतको उपस्थिती रहेको थियो । साउथ एसियन चिप कोच खड्का अनुसार केन्पोकाई विदा अन्तर्गत पाँच खेल तरबार, जुधो ,ज्याम्नाष्टि, किक बक्सिङ, कराते तथा आत्मरक्षा जस्ता खेलहरु रहेका हुन्छन् ।