म्याग्दी समाचार

बालमन्दिर आधारभुत विद्यालयमै करेसावारी, करेसाबारीको तरकारी दिवा खाजामा (तस्बिर सहित)

म्याग्दी २२ पुस । म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले विद्यालय परिसरमा करेसाबारी बनाएर आफैँ तरकारी उत्पादन गरी दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर फुर्सदको समयमा शिक्षकहरु घरायसी सिप सिकाउने कार्यमा विद्यार्थी समेतले तरकारी लगाउने गरिएको छ । करेसाबारीमा उत्पादन भएको तरकारी विद्यालयको... पुरा पढ्नुहोस

संगिनी वचत तथा ऋण सहकारीको नयाँ नेतृत्व चयन

बेनी, २१ पुस । म्याग्दीको बेनी स्थित संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न ११ औं साधारण सभाले पुन नयाँे कार्यकालका लागी श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा गौरी थापा मगर, सचिव देवी जिसी, कोषाध्यक्ष सर्मिला श्रेष्ठ रहनुभएको... पुरा पढ्नुहोस

म्याग्दी मुद्रण उद्योग संघको नयाँ नेतृत्व चयन

बेनी, २१ पुष । म्याग्दी मुद्रण उद्योग संघको अध्यक्षमा सन्दिप खत्री चयन हुनुभएको छ । संघको शनिबार बेनी नगरपालिका–६ चुत्रेनीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट खत्रीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । खत्री संघको तदर्थ समितिको पनि अध्यक्ष हुनुहुन्थ्यो । संघको उपाध्यक्षमा रुद्रप्रसाद सुवेदी, सचिवमा सन्तोष ढुङगाना, सहसचिवमा भुवन रोका... पुरा पढ्नुहोस

नवौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी बेनी नगरपालिकालाई (तस्बिर सहित)

बेनी, २१ पुस :  म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्लाका ६ वटा स्थानीय तहबाट छनौट भएर आएका खेलाडीहरुले सहभागीता जनाएको प्रतियोगितामा १५ स्वर्ण, १२ रजत र ४ कास्य पदक सहित बेनी नगरपालिकाले उपाधी हात पारेको हो... पुरा पढ्नुहोस

बिममा एकै घरका दुई जनाको हत्या, हत्या गरेको आरोपमा एक जना पक्राउ

बेनी, २१ पुस । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो एकै घरका दुई जनाको हत्या भएको छ । धारिलो ढुंगा (छपनी) प्रहार हुँदा गम्भिर घाइते भएकी मालिका–७ बिमकी ७० वर्षीया मनिषा र ७ बर्षिया प्रियंका गर्बुजाको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । ‘मनिषाको लुरवाङ स्थित... पुरा पढ्नुहोस

म्याग्दीका माओवादी नेताहरुको प्रधानमन्त्री र उर्जामन्त्रीसँग भेटघाट

बेनी, २० पुष । नेकपा (माओवादी केन्द्र) म्याग्दीको टोलीले शुक्रबार काठमाडौमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतसँग भेटघाट गर्नुभएको छ । माओवादी केन्द्र म्याग्दीका संयोजक समेत रहनुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जाली, संविधानसभा सदस्य तथा माओवादीका केन्द्रिय सदस्य... पुरा पढ्नुहोस

नेकपा एमाले म्याग्दीको दशौँ अधिबेशन माघ १२ र १३ गते बेनीमा हुने

नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशौँ जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते बेनीमा हुने भएको छ । जिल्ला कमिटिको नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनको तयारी सुरु भएको छ । पार्टी कार्यालय हाडेभिरमा आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले आसन्न अधिबेशनको बारेमा जानकारी गराउनुभयो... पुरा पढ्नुहोस

क्यान्सर पीडित पाईजालाई ओमकुमारी शान्ति कोषको सहयोग

म्याग्दी, २० पुस । बेनी नगरपालिका वडा न. १० पात्लेखेतकी क्यान्सर पिडित मनिषा पाईजा लाई ओमकुमारी शान्ति कोषले आर्थिक सहयोग गरेको छ । क्यान्सर पिडित पाईजाको मामा समिर रोका मगर लाई संस्थाका कोषाध्यक्ष सन्दिप खत्रीले पन्ध्र हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको संस्थाका कार्यालय प्रमुख डक बहादुर रोका मगरले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

कँरातेमा अन्तराष्ट्रिय पदक बिजेता खेलाडीलाई सम्मान

बेनी, २० पुस : म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजा घर भई हाल बेनीमा बसोबास गर्दै आउनुभएका कराँतेका खेलाडी मार्सल गर्वुजालाई सम्मान गरिएको छ । सातौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा कराँतेतर्फ ५५ केजी तौल समूहमा स्वर्णपदक बिजेता १८ बर्षिय गर्वुजालाई जिल्ला खेलकुद विकास समितिले नगद सहित सम्मान गरेको हो ।  शुक्रवारदेखि बेनीमा... पुरा पढ्नुहोस

पिपलबोटमा खेलमैदान निर्माण

म्याग्दी, २० पुस । म्याग्दीको मङ्गला गाउँपालिका–५ पिपलबोट स्थित कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको हो । मंगला९५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले जनप्रतिनिधि, स्थानीयवासी, खेलाडी र विद्यार्थीले श्रमदान... पुरा पढ्नुहोस