जन्मदिनको अवसरमा मृगौला पीडित र सामाजिक क्षेत्रमा सहयोग

  • १३ बैशाख २०८२, शनिबार
  • 527 पटक पढिएको

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैँ सक्रिय भूमिकामा रहनुभएका म्याग्दीका एक युवा ब्यवसायीले विभिन्न क्षेत्रमा सहयोग गरी जन्मदिन मनाउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले अभिभावविहिन बालबालिका, मृगौला पीडित र नेपाल पत्रकार महासंघको आपतकालिन कोषमा सहयोग गरेका छन् ।
बेनी नगरपालिका–७ संगमचोकका श्रेष्ठले नेपाल बाल संगठन बेनी शाखामा कार्यरत बाल गृहका बालबालिकालाई १० हजार, बेनी नगरपालिका–७,की मृगौला पीडित जमिला बेगम र नेपाल पत्रकार महासंघको आपतकालिन कोषमा १० हजार सहयोग गरेका हुन् । हरेक बर्ष जन्मदिनको अवसरमा फजुर खर्च नगरी सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्ने श्रेष्ठले बताए । ‘‘जन्मदिनमा हरेक बर्ष विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको छु, यो कार्यलाई आगामी दिनमा पनि निरन्तर दिन्छु ।’’ श्रेष्ठले भने । मृगौला रोगबाट ग्रसित जमिला बेगमले उक्त सहयोगबाट उपचारमा सहज हुने र विगतमा पनि उहाँबाट सहयोग प्राप्त भएको बताइन् ।