म्याग्दी समाचार
म्याग्दी बहुमुखी क्याम्पसको २२ औ क्याम्पससभा: गणतन्त्रको विकल्प होइन, सुधार गर्ने सुझाव दिनुस्– मन्त्री जुग्जाली
- 10 महिना, 21 दिन अगाडि
- १८ पुष २०८०, बुधबार
बेनी, १८ पुष ः गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले संघीय गणतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताउनु भएको छ । “जनतामा भ्रम फिजाएर निराश र महत्वकाक्षी बनाउनुहुदैन् । राणा, पञ्चायत र राजाको शासनमा नागरिकको अवस्था कस्तो थियो भनेर नयाँ पुस्ताले अध्ययन गर्नुपर्छ,”... पुरा पढ्नुहोस
मुनामा दन्त शिविर सम्पन्न
- 10 महिना, 21 दिन अगाडि
- १८ पुष २०८०, बुधबार
मुना, १८ पुष । म्याग्दीको धवलागिरी गाउँपालिका–२ मुनामा रहेको धवलागिरी माविका विद्यार्थीहरुको दन्त उपचार र रगत समुह पहिचान गरिएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको आयोजनामा मंगलबार मुनामा कार्यक्रम भएको थियो । २५ जना बालबालिकाको दाँत उखेलिएको र १६० जनाको रगत समूह पहिचान गरिएको क्लवका अध्यक्ष प्रेम कडेल (सदन)ले... पुरा पढ्नुहोस
भूतपूर्व सैनिक सहकारीको नेतृत्व क्षमता विकास तालिम सम्पन्न
- 10 महिना, 21 दिन अगाडि
- १८ पुष २०८०, बुधबार
म्याग्दी १८ पुस । बेनीमा केन्द्रिय कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बेनीमा दुई दिने नेतृत्व क्षमता विकास तालिम सम्पन्न भएको छ । नेफ्स्कुनको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा सहकारीका सञ्चालक समिति, लेखा समिति र विभिन्नउपसमितिका पदाधिकारी तथा सदस्य एवम् व्यवस्थापकहरुको सहभागीता रहेको थियो । तालिममा नेफ्स्कुनका... पुरा पढ्नुहोस
मंगलामा चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि मंगला माविलाई, लगातार तीन पटक बिजेता बन्दै शिल्ड पच
- 10 महिना, 22 दिन अगाडि
- १७ पुष २०८०, मंगलवार
म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा लगातार ३ पटक कप जितेर मंगला मावि बावियाचौरले शिल्ड पच गरेको छ । मंगला–५ पिपलबोटको खेलकुद मैदानमा सम्पन्न भएको प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र २ कास्य सहित २१ पदक जित्दै मंगला माविले उपाधि हात पारेको हो ।... पुरा पढ्नुहोस
रघुगंगामा १६ औँ गाउँसभा : करिब रु ५करोड थप बजेट विनियोजन
- 10 महिना, 22 दिन अगाडि
- १७ पुष २०८०, मंगलवार
बेनी, १७ पुस : म्याग्दीको रघुगंगा गाउँपालिकाले करिब रु ५ करोड बजेट बाँडफाँट गरेको छ । मंगलवार सम्पन्न १६ औँ गाउँसभाले गाउँपालिकाको मौग्दात रहेको रु ४ करोड ९५ लाख ५१ हजार ८२६ रकम विभिन्न ८२ वटा योजनामा विनियोजन गरेको हो । गत असारको गाउँसभामा बाँडफाँड नभएको बजेटलाई गाउँसभा मार्फत विकास... पुरा पढ्नुहोस
नेकपा (माओवादी केन्द्र)को अन्नपूर्ण गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण
- 10 महिना, 22 दिन अगाडि
- १७ पुष २०८०, मंगलवार
पोखरेबगर, १६ पुष । नेकपा (माओवादी केन्द्र)ले सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी विशेष रुपान्तरण अभियान’ अन्र्तगत गाउँपालिकाको केन्द्र पोखरेबगरमा अगुवा नेता कार्यकर्ताहरुलाई राजनैतिक र वैचारिक प्रशिक्षण दिइएको हो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य चन्द्रबहादुर बुढाले माओवादी जनयुद्ध, जनआन्दोलनको उपलब्धीका... पुरा पढ्नुहोस
सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु
- 10 महिना, 22 दिन अगाडि
- १७ पुष २०८०, मंगलवार
सिंगा, १६ पुष । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा ४५ दिनसम्म सञ्चालन हुने तालिममा ६० जनाको सहभागिता रहेको छ । तालिम र केन्द्रको ११ औ वार्षिक साधारणसभाको सोमबार बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो । तालिमको सौन्दर्यकला... पुरा पढ्नुहोस
नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण
- 10 महिना, 22 दिन अगाडि
- १७ पुष २०८०, मंगलवार
म्याग्दी, पुस १७ गते । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को... पुरा पढ्नुहोस
कांग्रेस म्याग्दीले मनायो ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस
- 10 महिना, 23 दिन अगाडि
- १६ पुष २०८०, सोमबार
नेपाली कांग्रेस म्याग्दीले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । बेनी नगर समितिको आयोजनामा पार्टी कार्यालयमा सोमबार विविध कार्यक्रम गरी एकता दिवस मनाइएको हो । कार्यक्रममा बोल्ने बक्ताले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विचार र सिद्धान्त अनुसार नै पार्टी संचालन गर्नुपर्नेमा जोड दिएका थिए । राणा... पुरा पढ्नुहोस
मंगलामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटो फिचर)
- 10 महिना, 24 दिन अगाडि
- १५ पुष २०८०, आईतवार
म्याग्दी, १५ पुस । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको वडा नम्बर ५ स्थित पिपलबोटको खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । तीन दिन सम्म संचालन हुने... पुरा पढ्नुहोस