नेपाल मानवतावादी पार्टी म्याग्दीको नेतृत्व चयन

  • १५ बैशाख २०८२, सोमबार
  • 81 पटक पढिएको

नेपाल मानवतावादी पार्टीको म्याग्दीमा नेतृत्व चयन भएको छ । सोमबार बेनीमा भएको जिल्ला भेलालले सुकबहादुर सुनारको अध्यक्षतामा २० सदस्यीय कमिटी गठन गरेको छ । पार्टीको जिल्ला उपाध्यक्षमा नुमायाँ पुन, थिरबहादुर छन्त्याल, सचिब बिजय विक, सहसचिब बुद्धि बिक, कोषाध्यक्ष भावना पुर्जा रहनुभएको छ ।

कमिटीको सदस्यहरुमा सुनमायाँ रत्न, दानदेवी शेपुर्जा, सेते किसान, अरुण सिर्पाली, बिना रसाईली, सुर्यबहादुर सुनार, मानसिंह विश्वकर्मा, अणु खान, फुलमाया किसान, विनोद किसान, शक्ति छिनाल, कृष्ण पटेल, विरेन्द्र सुनार र रेशम विक रहनुभएको छ ।

भेलालाई केन्द्रिय अध्यक्ष मेखबहादुर कार्मी, उपाध्यक्ष भक्तबहादुर विक, देवेन्द्र विक लगायतले मानवताबादी पार्टी गठनको उदेश्य र औचित्यको बारेमा प्रकाश पार्नुभएको थियो । वि.स. २०७३ सालमा निर्वाचन आयोगमा दर्ता भएको नेपाल दलित पार्टीको नाम वि.स. २०८० सालमा परिवर्तन गरि नेपाल मानवताबादी पार्टी बनाइएको हो । पार्टीले गण्डकी प्रदेशमा म्याग्दी संगै बागलुङ र कास्कीमा समेत संगठन विस्तार गरेको जनाएको छ ।