म्याग्दी समाचार

जन्मदिनको अवसरमा सामाजिक क्षेत्रमा सहयोग

म्याग्दी १३ वैशाख । बेनीका एक व्यवसायिले आफ्नो जन्मदिनमा रु २२ हजार बढी सामाजिक क्षेत्रमा सहयोग गर्नुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहनुभएका सुविन श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा म्याग्दी बालगृह र बालमन्दिर आधारभुत विद्यालय कालिपुलका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । उहाँले बालगृहका ११ जना... पुरा पढ्नुहोस

दिवंगत बुबा आमाको स्मृतिमा रु ५ लाखको ‘खडानन्द केशरकुमारी स्मृति प्रतिष्ठान’

म्याग्दी, १३ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट निवासी इन्जीनियर चन्द्र कुमार सुवेदीको परिवारले आफ्नो दिवंगत बुबा आमाको स्मृतिमा रु ५ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । स्वर्गीय बुबा खडानन्द र आमाहरु केशरकुमारी शर्मा सुवेदीको स्मृतिमा सुवेदी परिवारले ‘खडानन्द केशरकुमारी शर्मा सुवेदी स्मृति प्रतिष्ठान’ दर्ता गरि रु ५ लाख राशिको... पुरा पढ्नुहोस

आफन्तको स्मृतिमा गोरेटो बाटो निर्माण

म्याग्दी, १२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका– १ बाँदुकमा एक व्यक्तिले आफ्नो दिवंगत छोराको स्मृतिमा गोरेटो बाटो निर्माण गर्नुभएको छ । कृष्ण आधारभुत विद्यालयका तत्कालिन प्रअ समेत रहेका स्वर्गीय धन बहादुर पुर्जाको स्मृतिमा उहाँका बुबा लाल बहादुर पुर्जाले रु ५० हजार लगानीमा गोरेटो बाटो निर्माण गर्नुभएको हो । हाल युकेमा... पुरा पढ्नुहोस

अख्यितारको भुमिका जनअपेक्षा अनुकुल भएन : सरोकारवाला

म्याग्दी, १२ वैशाख । म्याग्दीका सरोकारवालाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम जनताको अपेक्षा बमोजिम हुन नसकेको गुनासो गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले विहिवार बेनीमा आयोजना गरेको भष्ट्राचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले अख्तियारले सानालाई तर्साउने र ठुला अनियमितता र भष्ट्राचारका घटनामा जनताको अपेक्षा... पुरा पढ्नुहोस

नेपाली कागजको सामग्री निर्माण तालिम

बेनी १२ बैशाख । मालिका गाउँपालिका ३ अदिभारामा बुधबार नेपाली कागजको सामग्री निर्माण सम्बन्धी तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय म्याग्दीको प्राबिधिक र उपकरण सहयोगमा अदिभारा नेपाली हातेकागज उद्योगका व्यवस्थापनमा १५ दिनसम्म सञ्चालन भएको तालिममा १० जनाको सहभागिता रहेको थियो । तालिममा नेपाली कागजबाट... पुरा पढ्नुहोस

भगवतीमा ‘एक घर एक धारा’ आयोजना सञ्चालन

बेनी, १२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा स्थानीयलाई खानेपानीको सुविधाको लागि ‘एक घर एक धारा’ आयोजना सञ्चालन गरिएको छ । गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा सो आयोजना अघि बढाईएको हो । चालु आर्थिक बर्षको लागि वडा कार्यालयले गौरबको आयोजनाको रुपमा छनौट गरेको ‘एक घर एक धारा’ अभियानमा रघुगंगा... पुरा पढ्नुहोस

ठाडाखानीमा भुकम्पले क्षति पु¥याएको विद्यालय भवन पुनःनिर्माण (फोटो फिचर)

सन्तोष गौतम ठाडाखानी ११ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका ६ ठाडाखानीको मालिका आधारभुत विद्यालयको कक्षा कोठा भवन पुननिर्माण भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा निर्माण भएको दुई कोठे भवन बुधबार चौथो गोरखा भूकम्प स्मृति दिवसको अवसर पारेर एक समारोहका बिच विद्यालयलाई हस्तान्तरण तथा उद्घाटन गरिएको छ । प्राधिकरणको २०... पुरा पढ्नुहोस

अन्नपूर्णमा शिक्षक महासंघको प्रथम गाउँपरिषद् सम्पन्न

सुरेन गुरुङ पोखरेबग १० बैशाख । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलबार शिक्षक महासंघको प्रथम गाउँपरिष्द सम्पन्न भएको छ । सो कार्यक्रममा शिक्षक सेवा आयोगले हालै प्रकाशन गरेको नतिजा अनुसार स्थायी भएका शिक्षकहरुलाई बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिवर्तन,... पुरा पढ्नुहोस

प्रवासीद्धारा विद्यालयलाई पाँच लाख सहयोग

बेनी ११ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा रहेको देउराली आधारभुत विद्यालयलाई प्रवासी एक परिवारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । विद्यालयमा कम्प्युटर कक्षाका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्नका लागि राम्चे घर भई हाल बेलायतमा रहनुभएका स्वर्गीय मोहनबहादुर पुर्जाका श्रीमती र भाईहरुले मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष... पुरा पढ्नुहोस

वडा सचिवद्धारा दिवंगत बुवाको स्मृतिमा विद्यालयलाई सहयोग

बेनी १० बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा रहेको जनकल्याण माविलाई एक व्यक्तिले दिवंगत बुवाको स्मृतिमा आर्थिक सहयोग गर्नुभएको छ । गुर्जाका वडा सचिव सञ्जिव कुमार महतोले दिवंगत बुवा राम अवतार महतोको स्मृतिमा बिस हजार रुपैयाँ सहयोग गर्नुभएको प्रअ रुपेश सुवेदीले जानकारी दिनुभयो । हालै सरुवा भएर आफ्नै गृहजिल्ला... पुरा पढ्नुहोस