शिखमा व्यवसायीक चौरीपालन

  • ९ चैत्र २०७६, आईतवार
  • 2293 पटक पढिएको

म्याग्दी, ९ चैत । जिल्लाको अन्नपूर्ण गाउँपालिका– ५ शिखका प्रेम पुर्जाले व्यवशायिक रुपमा चौरी पालन गरेका छन् । ३० भन्दा बढी चौरी गाई निरन्तर पाल्दै आएका पुर्जाले मुस्ताङको लेतेबाट ७३ वटा गाई किनेर ब्यवसायिक रुपमा बृद्धि गरेका छन् ।


४४ लाख लगानीमा सो चौरी थपेका हुन् । चौरीपालनबाट जीविकापार्जन गर्दै आएका पुर्जाले ब्यवसायिक रुपमा चौरीलाई विस्तार गर्ने उद्देश्यले लगानी थपेको बताए । १२० देखि १३० जति चौंरीगाई पु¥याउने लक्ष रहेको बताए । यो व्यवशाय रुपमा फस्टाएमा चौरीको छुर्पी, खुन, घिउ, मासु, उन विक्रि गरेर आम्दानी गर्न सकिन्छ ।
चौरी पर्यटकियस्थल पुनहिल घोडेपानीमा आउने पर्यटकको लागि आकर्षण बन्ने गरेको छ। भने ब्यवसायीक रुपमा शिखको खोप्रा लेकमा चौरीपालनलाई गाउँपालिकाले प्राथमिकता दिएको छ।