म्याग्दी समाचार

मालिकामा योजना तर्जुमा सुरु

तुलप्रसाद पुन ओखरबोट २८ जेठ । मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन हुने योजना तथा कार्यक्रम छनौट प्रक्रिया सुरु गरेको छ । विभिन्न बस्ती, टोल हुदै वडा स्तरमा योजना संकलन गरेर प्राथमिकिकरण गर्न सुरु गरेको हो । यसैक्रममा मंगलबार मालिका ४ ओखरबोटको वडा कार्यालयमा वडा स्तरमा पहिलो योजना... पुरा पढ्नुहोस

निलगिरि क्यासकेडको पहुँचमार्ग निर्माण

  नारच्याङ २८ जेठ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा एक सय मेगावाट क्षमताका निलगिरिखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ ।निलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको निलगिरि र ६२ मेगावाट क्षमताको निलगिरि क्यासकेड बनाउन पूर्वाधार निर्माण सुरु गरेको हो । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले निलगिरि क्यासकेडको पहुँचमार्ग बनाइसकेको र निलगिरिको... पुरा पढ्नुहोस

सैनिक बोर्डको कार्यालय उद्घाटन

  बेनी २८ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा स्थापना भएको जिल्ला सैनिक वोर्डको कार्यालयको सोमबार उद्घाटन गरिएको छ ।भारतीय भुपु गोर्खा सैनिकहरुको सुबिधाका लागि स्थापना भएको सैनिक बोर्डको कार्यालयको भारतीय राजदुतावासका रक्षा सहचारी कर्णेल अवनिश चाम्बीयलले उद्घाटन गर्नुभएको हो । भवन उद्घाटनपछि कर्णेल चाम्बीयलले गोर्खाहरुले भारतीय सैनिकमा उच्च योगदान गरेको... पुरा पढ्नुहोस

पोषण सुधारका लागि कुखुरा वितरण

  म्याग्दी, २८ जेठ । आर्यआर्जन तथा परिवारको सदस्यहरुको पोषणमा सुधार ल्याउनका लागि म्याग्दीको धवलागिरी गाउँपालिकाले कुखुरा वितरण गरेको छ । सुनौलो हजार दिनका आमाहरुसंग गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तरगत लुलाङ, खिवाङ र मल्कवाङका २२१ जना दुई वर्ष मुनीका बच्चाका आमाहरुलाई कुखुराको चल्ला वितरण गरेको हो । गाउँपालिकाको आर्थिक सहयोग र... पुरा पढ्नुहोस

कुइनेखानीमा सामुदायिक स्वास्थ्य ईकाई (फोटोफिचर)

धिरन खत्री म्याग्दी, २८ जेठ । भौगोलिक विकटता र सडकको पहुचँ नपुगेको बस्तीस्तरमा आधारभूत सरकारी सेवाहरु पु¥याउने उद्देश्यले रघुगंगा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापनालाई तिव्रता दिएको छ । त्यस्तै सोमबार गाउँपालिकाको दुर्गमबस्ती भनेर चिनिने वडानम्वर ८ को कुईनेखानीमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरिएको छ । कुईनेखानीमा बसोबास गर्ने ६० घरदुरीलाई... पुरा पढ्नुहोस

रघुगंगामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

सन्तोष गौतम दग्नाम २६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारिक सामूदायिक आयोजना सुरु गरेको छ । पूर्वाधार विकाससँगै बेरोजगार युवा युवतिलाई रोजगार प्रदान गर्ने उद्देश्यले संघीय सरकारको कार्यक्रम अनुसार रघुगंगा गाउँपालिकाको ४ नम्बर वडा दग्नाममा आयोजनाको सुभारम्भ गरिएको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षका लागि योजना तर्जुमा

  म्याग्दी २६ जेठ । जिल्लाको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन हुने योजना तथा कार्यक्रमको वडा स्तरमा तर्जुमा गरेको छ । आठ वटै वडामा टोल, बस्ती हुदै वडा स्तरमा जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवालाहरुसंगको परामर्शको आधारमा गाउँपालिकामा माग गरिने योजना तथा कार्यक्रम तय गरिएको हो । गत बैशाख... पुरा पढ्नुहोस

दुई युवा ब्यवसायिक ट्राउट माछापालनमा

धिरन खत्री म्याग्दी, २६ जेठ । स्थानीय स्रोत र साधन प्रयोग गरेर म्याग्दीका युवाहरु हावापानी सुहाउँदो कृषि तथा पशुपालनमा आकर्षित भएका छन् । त्यस्तै अन्नपुर्ण गाउपालिका – २ स्थित भुरुङ तातोपानीका दुई युवा सुजन राम्जाली र इन्द्र थाापाले बेसी गाउँमा ब्यवसायिक माछापालन सुरु गरेका छन् । पढ्दै पोखरामा डिलरको जागिर... पुरा पढ्नुहोस

देशको पहिचान दिने मगरजातीको कलासस्कृति जोगाउनुपर्छ : नेता शर्मा

म्याग्दी, २६ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शुक्रराज शर्माले देशको पहिचान झल्कने मगर जातिको कला ,संस्कृती तथा भेषभुषासंरक्षण तथा प्रवद्र्धनमा जोडदिनुपर्ने बताए । राष्ट्रिय मगर संघ म्याग्दीको प्रथम अधिवेशनलाई सम्बोधन गर्नुहुँदै नेता शर्माले देशको विभिन्न कालखण्डमा मगरहरुले महत्वपुर्ण योगदान रहेकोे बताउदै योगदानलाई नभुल्ने कलासस्कृति जोगाउन सबै मगर समुदाय जागरुक... पुरा पढ्नुहोस

राखुका मुटु रोगीलाई आर्थिक सहयोग

म्याग्दी, २६ जेठ । रघुगंगा गाउँपालिका –३ राखु कलेजाबाङ्गस्थित मुटु रोगी धन बहादुर सार्कीलाई करिब डेढ लाख सहयोग प्राप्त भएको छ । अमेरीकामा रहेका रोजी भण्डारी नेत्तृत्वको समुहले संकलन गरेको ४२ हजार लगायतको रकम रोजीको भाई इश्वर भण्डारीले मुटु रोगी सार्कीलाई हस्तान्तरण गरेका हुन् । त्यस्तै बैदेशिक रोजगारमा अमेरिकामा गएका... पुरा पढ्नुहोस