भीरमुनिमा बन्यो स्तरिय खेलमैदान (तस्बिर/ भिडियो)

  • ४ असार २०७७, बिहीबार
  • 3205 पटक पढिएको

म्याग्दी ४ असार । म्याग्दीको बेनी नगरपालिका–५ भीरमुनिमा खेलमैदान निर्माण भएको छ । खेलमैदान निर्माण भएसंगै स्थानीय युवा र बालबालिकाहरुलाई खेल अभ्यासको लागि सहजता मिलेको छ ।

प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाको निर्वाचन क्षेत्रविकास कार्याक्रम अन्र्तगतको रु १० लाख बजेटबाट ४५ मिटर लम्बाई र २४ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरिएको उपभोक्ता समितिका अध्यष नविन खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, खेलमैदान निर्माण संगै स्टेज सहितको भवन र मैदानलाई घेराबार समेत निर्माण गरिएको छ । यस अघि स्थानीय पौलस्त्य माविमा रहेको खेलमैदानमा खेल अभ्यास गर्नुपर्दा विद्यालयलाई पत्येक्ष असर पु¥याउँदै आएकोमा खेलमैदान निर्माण भएपछि भने विद्यालयको खेलमैदानलाई प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । खेलमैदानमा थप प्याराफिट लगायतका पूर्वाधार निर्माण गरि स्तरीय खेलमैदानको रुपमा विकास गर्ने योजना रहेको क्लबले जनाएको छ ।