पर्वतमा थपिए काेराेना संक्रमित, गण्डकी प्रदेशमा संक्रमितकाे सँख्या २९४ पुग्याे

  • ४ असार २०७७, बिहीबार
  • 1085 पटक पढिएको

म्याग्दी ४ असार ।     गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या बढ्दै गएकाे छ । पर्बत जिल्ला, कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४२ का १ जना पुरुष र बर्ष २० का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ |  त्यस्तै मोदी गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ३० का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ |


त्यसैगरी  फलेबास नगरपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ३० र ३७ का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ | वहाँहरु सबैको कोरोना संक्रमण पुष्टी भएको भरतपुर अस्पतालले प्रतिबेदन मार्फत जनाएको छ |


वहाँहरु सबैजना हालै भारतबाट फर्कनु भएको हो | वहाँहरुलाई पर्बत जिल्लाको कुश्मा नगरपालिकामा रहेको कोरोना अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ | यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९४ पुगेको  गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ  ।