म्याग्दी समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो, एकैदिन थपिए ११ बिरामी

म्याग्दी ९ वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ४२ पुगेको छ । मंगलवार उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको हो । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान... पुरा पढ्नुहोस

नेपालमा कोभिड १९ : कृषि क्षेत्रमा यसको प्रभाव र अबको बाटो

टीकाबहादुर कार्की  (कृषि बिज्ञ, नेपाल कृषि अनुसन्धान परिषद, नार्क ।) बिश्व खाध्य संगठनका अनुसार बिश्वमा प्रमुख समस्याको रुपमा देखिएको कोरोना (कोभिड१९)का कारण संसारका ८२ करोड भन्दा बढी जनताहरु चरम भोकमरिको चपेटामा परेका छन भने यो क्रम नाटकीय रुपमा बढ्नेछ। त्यसो त संसारभर कैयन कृषि मजदुरहरु बेरोजगार भैरहेका छन् यो अवस्थालाई... पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट म्याग्देली चेलीकाे नेदरल्याण्डमा निधन

नेदरल्याण्ड, ७ बैशाख । यूरोपेली मुलुक नेदरल्याण्डमा बसोवास गर्दै आएकी एक नेपाली महिलाको कोरोना भाइरस संक्रमणको कारण ज्यान गएको छ । ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । म्याग्दीकाे मालिका गाउँपालिका ६ रातढुंगा घर भई  श्रीमान र २ बच्चासहित १५ बर्षदेखि नेदरल्याण्डमा बस्दै आएकी भट्टचन चिकित्सकको... पुरा पढ्नुहोस

बुबाको किरिया भेटाउन मुस्ताङदेखि बाँकेतर्फ लागेका मजदुरको मन छुने कहानी (भिडियो सहित)

कमल खत्री म्याग्दी ७ वैशाख । बाँकेको कोहलपुर नगरपालिका– १२ निबुवाका ३६ बर्षिय रत्नबहादुर बुढा मजदुरीको शिलसिलामा मुस्ताङतर्फ लाग्दा घरमा बुबा विरामी थिए । दमका विरामी बुवाको उपचार खर्च जुटाउन साढे १ महिना अघि मुस्ताङतर्फ हानिएका बुढाले आफ्नो बुवाको अन्तिम पटक अनुहार समेत देख्न पाएनन् । https://www.youtube.com/watch?v=agr7UyRQmek&t=18s वैशाख ३ गते... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा कोरोना रोकथाम कोषमा एक करोड विनियोजन, दश शैयाको आइसोलेशन वार्ड बनाउने

म्याग्दी ७ बैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहतका लागि रु एक करोड बजेट बिनियोजन गरेको छ । कोरोना नियन्त्रणको लागि लकडाउन घोषणा संगै रु पचास लाख बजेट बिनियोजन गरेको नगरपालिकाले आईतवार थप रु ५० लाख बजेट विनियोजन गरेको हो । आईतवार नगरप्रमुख... पुरा पढ्नुहोस

लकडाउनमा रत्नेचौरको अबस्था ‘आवत जावतमा कडाइ, जनजिवन सामान्य’ (भिडियो रिपोर्ट सहित)

म्याग्दी ६ वैशाख । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र न्युनिकरणको लागि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनको समय करिब एक महिना पुग्दै छ । लकडाउनको कारण विकास निर्माण योजनाहरु प्रभावित बनेका छन भने जनजिवन समेत स्वभाविक रुपमा प्रभावित बनीरहेको छ । https://www.youtube.com/watch?v=45rGa1W6SJ0&feature=youtu.be   यस सन्दर्भमा २... पुरा पढ्नुहोस

जिसी क्रसरद्धारा सुरक्षाकर्मी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग

म्याग्दी ६ वैैशाख । बेनीका युवा व्यवसायी नारायण जिसीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन अग्रपक्तिमा रहेर खटिएका सुरक्षा निकाय,स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । जिसी क्रसर उद्योगका संचालक समेत रहेका युवा व्यवसायी जिसीले शनिबार नेपाली सेना ,शसस्त्र प्रहरी र म्याग्दी मिडिया सोसाइटीलाई मास्क, स्यानीटाइजर र हातधुने साबुन... पुरा पढ्नुहोस

बेनीमा बेवारिसे र अल्पत्र बनेकाहरुलाई निःशुल्क खानाको ब्यबस्था (तस्बिर र भिडियो सहित)

म्याग्दी ५ वैशाख ।  म्याग्दी सदरमुकाम बेनीमा सडकमै अल्पत्र अबस्थामा भेटिएकाहरुलाई यहाँका एक परिवारले निःशुल्क खानाको ब्यबस्था गरेका छन् । विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आबद्ध रहनुभएका नेकपाका युवा नेता बालकृष्ण सुवेदीको परिवारले बेनीका सडकमा रात विताउँदै आएकाहरु लकडाउनबाट थप समस्यामा परेपछि निःशुल्क खाना खुवाउन थाल्नुभएको हो ।   https://www.youtube.com/watch?v=4LW4c9BnGYc&feature=youtu.be... पुरा पढ्नुहोस

नेकपा म्याग्दीद्धारा कोरोनाबाट प्रभावितलाई सघाउन रु २ लाख ५७ हजार बढी सहयोग

म्याग्दी ५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण तथा प्रभावितहरुलाई सघाउन रु २ लाख ५७ हजार ८ सय ३३ सहयोग गरेको छ । जिल्लामा पार्टीका नेता तथा कार्यकर्ताहरुबाट स्वतस्फुर्त रुपमा संकलन भएको सो सहयोग रकमलाई जिल्ला विपद् ब्यबस्थापन कोषको... पुरा पढ्नुहोस

लकडाउनबाट समस्यामा परेकालाई अन्नपूर्ण गाउँपालिकामा राहत वितरण सुरु

म्याग्दी ४ वैशाख ।  विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण समस्यामा परेकाहरुलाई अन्नपूर्ण गाउँपालिकामा राहत वितरण गरिएको छ । लकडाउनका कारण प्रभावित भएको विपन्न र श्रमिक परिवारलाई खाद्यान्न राहत वितरण गर्न सुरु गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेका ८ वटा वडा... पुरा पढ्नुहोस