म्याग्दी समाचार

लायन्स क्लव अन्तराष्ट्रियद्धारा ८० घरधुरी बाढीपहिरो पीडितलाई राहत सहयोग

म्याग्दी २४ भदौ । मानवीय सेवाको क्षेत्रमा सक्रिय लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि १ नेपालले म्याग्दीका ८० घरधुरी बाढीपहिरो पीडितलाई रु ४ लाख बराबरको राहत साम्रागी सहयोग गरेको छ । क्लबले बेनी नगरपालिकाका २९ परिवार, मालिका र धवलागिरी गाउँपालिकामा २६, अन्नपूर्णमा १५, मंगलामा ६ र छिमेकी जिल्ला पर्वत बेनीका ४... पुरा पढ्नुहोस

भुकम्पले प्रभावित ५५ वटा विद्यालयको भवन पुर्ननिर्माण

म्याग्दी, २४ भदौ । भुकम्पले प्रभावित म्याग्दीका ५५ वटा विद्यालयको भवन पुननिर्माण भएको छ । भूकम्पले जिर्ण बनेका र भत्किएका विद्यालयको भवन पुर्ननिर्माण गरिएको हो । जिल्लामा रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यालय (शिक्षा) ईकाइ मार्फत चार कोठे २४ वटा, ३ कोठे ९ वटा र २ कोठे २२ वटा... पुरा पढ्नुहोस

म्याग्दी जेसिजद्धारा कोभिड १९ नियन्त्रणमा क्रियाशिल संस्थालाई फेस सिल्ड सहयोग

म्याग्दी २४ भदौ । कोरोना भाईरस( कोभिड–१९) नियन्त्रण र न्यूनिकरणमा कृयाशिल संस्थाहरुलाई म्याग्दी जेसिजद्धारा सुरक्षाका सामाग्री हस्तान्तरण गरिएको छ । जेसिजले स्थानीय रुपमा तयार पारेका फेस सिल्ड सामाग्री बेनी अस्पताल, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग गरिएको हो । स्थानीय बजारमा आबश्यक सामाग्रीहरु जुटाएर निर्माण गरिएका फेस सिल्डहरु... पुरा पढ्नुहोस

ढोरपाटनका बाढी पीडितलाई मल्मबासीको रु १ लाख ३५ हजार सहयोग 

थम्मन थापा बागलुङ भदौ २४ । बागलुङ जिल्ला यतिबेला शोकमा छ । भदौ १७ गते राति जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ स्थित भुजिखोलामा आएको बाढीले त्यहाँ अकल्पनीय क्षति पुरायो । बाढीमा परेर कैयौं मानिसको दुःखद निधन भयो । धेरै मानिस बेपत्ता भए धेरैले आफन्त घरबास र... पुरा पढ्नुहोस

फरार अपराधी नियन्त्रणमा म्याग्दी प्रहरीको सफलता

  म्याग्दी, २३ भदौ । विभिन्न अपराधीक घटनामा अदालतबाट दोषी ठहर भई फरार रहेका ब्यक्तिहरुलाई नियन्त्रणमा ल्याउन म्याग्दी प्रहरीलाई सफल मिलेको छ । जिल्ला प्रहरी कार्यालयले संचालन गरेको फरार अभियुक्त प्रकाउ अभियान अन्तरगत पछिल्लोे दुई महिनामा फरार रहेका २५ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको हो । जसमध्ये मालिका गाउँपालिका– ४ ओखरबोटमा... पुरा पढ्नुहोस

नेकपा म्याग्दीद्धारा सुरेश वाग्ले र भिमसेन पोख्रेलको स्मृति दिवस मनायो

म्याग्दी २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले तत्कालिन संघर्षरत माओवादीले सञ्चालन गरेको जनयुद्धमा राज्यपक्षबाट मारिएका सुरेश वाग्ले (वासु) र भिमसेन पोख्रेल (बैरागी)को २१ औँ स्मृति दिवस सोमबार मनाएको छ । पार्टी कार्यालय हाँडेभीरमा आयोजित कार्यक्रमा तस्विरमा माल्यार्पण गरिएको थियो । नेकपा म्याग्दीका सचिब हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा... पुरा पढ्नुहोस

मराङका पहिरो पीडितलाई दुई लाख बढी सहयोग

म्याग्दी २३ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका पहिरो पीडितलाई दुई लाख बढी आर्थिक सहयोग भएको छ । बेलायतको बेलफाष्टमा रहनुभएका स्थानीय रेशम सुवेदीको नेतृत्वमा त्यहाँ रहेका नेपालीहरुबाट संकलन भएको रु २ लाख ६ हजार रकम पहिरो पीडितलाई सहयोग गरिएको हो । पहिरो पीडितको राहत र पुननिर्माणमा सहयोग गर्न सुवेदीको... पुरा पढ्नुहोस

युवालाई कृषि र पशुपालनमा प्रोत्साहन गर्ने कार्यक्रम प्राथमिकतामा

म्याग्दी २२ भदौ । कोरोनाले रोजगारि गुमाएका युवाहरुलाई कृषि र पशुपालनमा आकर्षित गरि स्वरोजगार बनाउन म्याग्दीको रघुगंगा गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । कृषिजन्य र पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्नका लागि युवाहरुलाई आकर्षित गर्न परम्परागत कृषि प्रणालिलाई आधुनिकीकरण गर्ने, जोखिम घटाउनका लागि सहयोग गर्ने कार्यक्रमलाई... पुरा पढ्नुहोस

अन्नपूर्णमा कालीगण्डकीबाट अवैध बालुवा उत्खनन् र भण्डारण गर्नेलाई रु ५० हजार जरिवाना

म्याग्दी २१ भ्दौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र वडा नम्बर १ महभिर भिरकाटे क्षेत्रमा अबैध रुपमा कालीगण्डकी नदीबाट बालुवा उत्खनन र भण्डारण गर्नेलाई नगद रु ५० हजार जरिवाना गरिएको छ । आईतवार बसेको गाउँकार्यपालिकाको बैठकले अबैध बालुवा संकलन र भण्डारणको कार्यमा संलग्न रहेका स्थानीय युवा सागर बरुवाल र शर्मा युनाईटेड... पुरा पढ्नुहोस

चालकलाई स्वास्थ्य सामाग्री वितरण

  म्याग्दी, २१ भदौ । ट्याक्सी ब्यवसायी म्याग्दीले सवारी चालकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । कोरना भाईरसको सँक्रमण र जोखिमलाई मध्यनजर गर्दैै ट्याक्सी चालकलाई स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।बेनी यातायात प्रालिले कालीपुल बसपार्कमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र प्रहरी नायव उपरिक्षक किरणजंग कुवरको उपस्थितमा चालकलाई मास्क, ग्लोब,... पुरा पढ्नुहोस