कन्ट्याक ट्रेसिङमा परेकाहरुमध्ये म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

  • ६ कार्तिक २०७७, बिहीबार
  • 849 पटक पढिएको

म्याग्दी ६ कात्तिक । म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी र मंगला गाउँपालिकामा कार्यरत तीन जना कर्मचारीमा विहिवार कोरोना संक्रमण पुष्टि भएको हो । पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा बेनी अस्पतालमा कार्यरत बर्ष २१ र २७ का दुई महिला र मंगला गाउँपालिकामा कार्यरत बर्ष २४, २८ र ३५ का तीन जना पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


संक्रमित ५ जनानै कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा पर्नुभएको थियो । अस्पतालमा उपचारको लागि आएका संक्रमित विरामी र मंगला गाउँपालिकामा कार्यरत एक संक्रमित कर्मचारीको कन्ट्याक ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गरिएको थियो । अझै ५० जनाको पिसीआर रिपोर्ट आउन बाँकी रहेको छ । संक्रमीत सबैको स्वास्थ्य अबस्था सामान्य रहेको र उहाँहरुलाई तत् स्थानको आइसोलेन र होम हाइसोलेसनमा राख्ने तयारी गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार, म्याग्दीमा हालसम्म म्याग्दीमै स्वाव संकलन गरि पठाएकामध्येबाट ७४ जना र जिल्लाबाट बाहिर गएर स्वाब परिक्षण गरि संक्रमण पुष्टि भएका १० जना गरि कुल ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।