कन्ट्रयाक्ट ट्रेसिङमा परेका बेनी नगरपालिकाका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • ७ कार्तिक २०७७, शुक्रबार
  • 1523 पटक पढिएको

 म्याग्दी ७ कात्तिक । काेराेना संक्रमितकाे  कन्ट्रयाक्ट ट्रेसिङमा परेका बेनी नगरपालिकाका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा विहानै सार्वजनिक गरेका विज्ञप्तीमा पिसिआर परीक्षणमा बेनी नगरपालिका वडा नं १ का ४४ बर्षिय  पुरूष, वडा नं ७ की ३९ बर्षिया महिला र १० नं वडाका ३० बर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले प्रेस विज्ञप्ती जारी गरिएको विज्ञप्तीमा तीनैजना संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए ।

कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको अवस्थामा बेनी अस्पतालका बिरामीमा कोरोना पुष्टी भएका दुई बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी र संक्रमतिको ट्रेसिङमा परेका मंगला गाउँपालिकाका सम्पर्कमा रहेकालाई कोरोना पुष्टी भएको थियो ।