म्याग्दी समाचार
मंगला गाउँपालिकाको साढे ३९ करोडको बजेट
- 5 बर्ष, 2 महिना अगाडि
- ११ असार २०७७, बिहीबार
प्रताप बानियाँ म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले मङ्गलबार नवौं गाउँसभामार्फत आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि झण्डै साढे ३९ करोडको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले उपाध्यक्ष सिर्जना केसीको तर्फदेखि गाउँसभामा कुल ३९ करोड ३३ लाख २५ हजार पाँचसय ६० रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका हुन् ।... पुरा पढ्नुहोस
रघुगंगाको आठौँ गाउँसभा :‘ स्वास्थ्यलाई प्राथमिकता दिईएको नीति तथा कार्यक्रम र बजेट पारित’
- 5 बर्ष, 2 महिना अगाडि
- १० असार २०७७, बुधबार
म्याग्दी १० असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बुधवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न आठौँ गाउँसभाले कोरोना भाइरसलाई नियन्त्रण गर्ने लगायतका स्वास्थ्यसंग सम्बन्धित क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकाकाे आर्थिक वर्ष २०७७/७८ को बार्षिक नीति तथा कार्यक्रम (पूर्णपाठ)
- 5 बर्ष, 2 महिना अगाडि
- १० असार २०७७, बुधबार
धवलागिरी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय मुना, म्याग्दी गण्डकी प्रदेश, नेपाल आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम १० आषाढ २०७७ गाउँसभाका माननीय सदस्यहरु, सम्पुर्ण विश्व नै कोभिड-१९ (कोरोना भाइरस) महामारीले आक्रान्त परेको चुनौतीपूर्ण र असहज अवस्थामा आज धवलागिरी गाउँपालिकाको आँठौ सभामा आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत... पुरा पढ्नुहोस
बेनी नगरपालिको साढे ५८ करोड रुपैयाको बजेट नगरसभामा प्रस्तुत
- 5 बर्ष, 2 महिना अगाडि
- १० असार २०७७, बुधबार
म्याग्दी, १० असार । बेनी नगरपालिकाले सातौ नगरसभामा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि साढे ५८ करोड रुपैया बजेट सार्वजनिक गरेको हो । सातौ नगरसभामा नगरउपप्रमुख सञ्जु बरुवालले ५८ करोड ५५ लाख ४३ हजार २६४ रुपैया बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाको चालुतर्फ ३६ करोड ६१ लाख र पुँजिगत खर्चतर्फ... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको सातौ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम – (पुर्णपाठ )
- 5 बर्ष, 2 महिना अगाडि
- १० असार २०७७, बुधबार
बेनी नगरपालिकाको सातौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम आर्थिक वर्ष २०७७/७८ आदरणीय नगर सभाका सदस्य ज्यूहरु, सर्वप्रथम बेनी नगरपालिकाको नगर सभाको सातौँ अधिवेशनमा हार्दिक स्वागत गर्दछु ।नेपालको संविधानको भाग(१९, धारा २३० वमोजिम राजश्व र व्ययको अनुमानको व्यवस्था भए अनुरुप आगामी आ।व। ०७७।७८ का लागि बेनी नगरपालिकाको बजेट तथा कार्यक्रम... पुरा पढ्नुहोस
भू– संरक्षण कार्यालयद्धारा किसानलाई घाँसका विरुवा वितरण सुरु
- 5 बर्ष, 2 महिना अगाडि
- १० असार २०७७, बुधबार
धिरन खत्री म्याग्दी, १० असार । म्याग्दीमा ब्यवसायिक रुपमा गाईभैँसी र बाख्रापालन गर्ने किसानहरुको लागि डाले घासँ सहज पुर्ति गराउन भू– तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वत अन्तरगत सम्पर्क कार्यालय म्याग्दीले विरुवा वितरण सुरु गरेको छ । सम्पर्क कार्यालय म्याग्दीले आठ लाख लगानी ‘भू– सरंक्षण नर्सरी संचालन गरेर २२ प्रजातिका १... पुरा पढ्नुहोस
धवलागिरीको आठौँ गाउँसभामा प्रस्तुत नीति, तथा कार्यक्रम पारित, साढे ४२ करोड बजेट (तस्बिर सहित)
- 5 बर्ष, 2 महिना अगाडि
- १० असार २०७७, बुधबार
म्याग्दी १० असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले साढे ४२ करोड बढीको बजेट पारित गरेको छ । मंगलवार गाउँपालिकाको केन्द्र मुनामा बसेको आठौँँ गाउँसभाले आर्थिक बर्ष २०७७÷०७८ को लागि रु ४२ करोड ५१ लाख ८२ हजार ५८० बराबरको बजेट पारित गरेको हो । गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालद्धारा प्रस्तुत बजेटलाई गाउँसभाले पारित... पुरा पढ्नुहोस
प्रभा मावि नारच्याङ्गमा इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा भर्ना खुल्यो
- 5 बर्ष, 2 महिना अगाडि
- ९ असार २०७७, मंगलवार
म्याग्दी, ९ असार । ब्यवहारिक रोजगारमूलक प्राविधिक शिक्षा अन्तरगत म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ नारच्याङ्गमा गतबर्षदेखि सुरु भएको इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि भर्ना खुलेको छ । शैक्षिक सत्र २०७७ अन्तरगत कक्षा ९ मा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि अनलाईन भर्ना खुलेको विद्यालयका प्रअ भगवानबहादुर कार्कीले बताए । अनुभवी... पुरा पढ्नुहोस
मंगलबार २२ जना कोरोना संक्रमित थपिएसंगै पर्वतमा संक्रमितको संख्या ६८ पुग्यो
- 5 बर्ष, 2 महिना अगाडि
- ९ असार २०७७, मंगलवार
पर्वत, ९ असार । पर्वतमा मंगलबार २२ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी छन् भने २१ जना भारतबाट आएर बसेका र अन्य सर्वसाधरण रहेको मेडिकल सुपरिटेण्डेण्ट शिशिर देबकोटाले बताउनुभयो । यो संगै... पुरा पढ्नुहोस
कुखुरापालनमा ब्यस्त पुरी दाजुभाई
- 5 बर्ष, 2 महिना अगाडि
- ८ असार २०७७, सोमबार
म्याग्दी, ८ असार । म्याग्दीको बेनी नगरपालिका–९ काउँलेगौडाका युवा ओमकुमार पुरी र धुव्र पुरीले ब्यवसायिक रुपमा अण्डा उत्पादन गर्ने कुखुरा पाल्दै आएका छन् । ६० लाख लगानीमा पुरी पोल्टी फर्म संचालन गरेका दाजुभाईले अण्डा उत्पादनका गर्ने लिर्यस कुखुरा पालेका छन् । ३ हजार कुखुरा पाल्न सकिने क्षमता फर्ममा दूई वटा... पुरा पढ्नुहोस