मुस्ताङका थकालीलाई सृजनशील पत्रकारिता पुरस्कार

  • १ माघ २०७७, बिहीबार
  • 262 पटक पढिएको

बागलुङ १ माघ । सिर्जनशील पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औं वार्षिक साधारणसभाका अवसरमा घोषणा गरेको उक्त पुरस्कार आज एक समारोहका बीच प्रदान गरिएको छ । आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कारबाट नगद रु. १० हजार सहीत थकालीलाई सम्मान गरिएको हो । उक्त सम्मान तथा निर्वतमान संघीय सांसद मनकुमारी केसी र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसीले एक समारोहबा बीच प्रदान गनुृभयो ।

थकाली नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्ष समेत हुनुहुन्छ । उहाँ अन्नपूर्ण पोष्ट , एपीवान टेलिभिजन र समाधान दैनिकमा कार्यरत हुनुहुन्छ । धौलागिरीका क्रियाशिल र सिर्जनशील पत्रकारलाई प्रदान गरिने सिर्जनशील पत्रकारिता पुरस्कार भने यसअघि सन्तोष थापा (पर्वत) दिल शिरीष (बागलुङ), सन्तोष गौतम (म्याग्दी) राम थापा, संगम घर्ति (बागलुङ)लाई प्रदान गरिएको थियो ।

समाजमा बिद्यमान भड्किलो विवाहका बिरुद्ध पत्रकारद्धय सिर्जना पन्त र सन्तोष क्षत्रीले प्रगतिशिल विवाह गरेर समाजमा सकरात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्चमा लाग्ने रकम ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्ष्य कोष स्थापना गरेका थिए । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिदै आइएको छ । अहिले उक्त कोषको रकम रु. एक लाख पु¥याइएको छ ।