म्याग्दी समाचार

दोहोरी च्याम्पियनको फाईनलमा बागलुङका बालचन्द्र र म्याग्दीकी शोभा

म्याग्दी, ३१ असोज । दोहोरी च्याम्पियनको सिजन १ को महासंग्रामको फाईनलमा बागलुङका बालचन्द्र बराल र म्याग्दीकी शोभा कार्कीको टिम पुगेको छ । नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम दोहोरी च्याम्पियनमा ३७ टिमलाई पछि पार्दै बागलुलङका बराल र म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीकी ( म्याग्देली चेली) शोभा कार्कीको टिम फाईनलमा पुगेको... पुरा पढ्नुहोस

मोनाको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी दर्ता

म्याग्दी, ३१ असोज । नयाँ नेतृत्व चयनका लागि म्याग्दी प्रवासी नेपाल संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशन कार्तिक २ र ३ गते बेनीमा हुने भएको छ। मोनाको अध्यक्ष पदमा तीन जनाको उम्मेदावरी दर्ता भएको आयोजकले जानकारी दिएको छ। समितिका वर्तमान वरिष्ठ उपाध्यक्ष मीम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव... पुरा पढ्नुहोस

बेनीकोतमा पूर्वाधार निर्माण

बेनी, ३१ असोज । सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका-८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीणर् भइसकेको थियो । बेनी नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न व्यवस्थापन र... पुरा पढ्नुहोस

पित्तलको छानोमा गलेश्वर मन्दिर

  म्याग्दी ३० असोज । प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा पित्तलको छाना राखिएको छ । बेनी नगरपालिका-९ स्थित गलेश्वर शिवालय मन्दिरमा गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरको छानालाई पित्तलले छाएपछि आकर्षक देखिएको छ । कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।... पुरा पढ्नुहोस

आज विजयादशमी- विहान १०ः०२ बजे टीकाको उत्तम साईत

  काठमाडौं २९ असाेज । नेपालीहरूको महान् चाड बडादसैंको दसौं अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण... पुरा पढ्नुहोस

मौवाफाँट भगवतीदेवी कोतमन्दीरमा यस्तो रह्यो नवमी पुजा ( फोटो फिचर)

म्याग्दी २८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको भगवतीदेवी कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बिशेष पुजा गरिएको छ । नवमीमा सरकारी राँगो मार हान्न (काट्न) रु ७५ हजारको बोलकबोल भएको थियो । बुधवार साँझ कालरात्रीमा भएको बढीबढाउमा मौवाफाँटका सुवास भण्डारीले सर्वाधिक रु ७५ हजार रकम कबोल गरेर सरकारी... पुरा पढ्नुहोस

भगवती कोतमा ‘सरकारी राँगो’ को मार हानेपछिको सम्मान (फोटोफिचर)

म्याग्दी, २८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीले भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी डिलका युवा आर्यन खड्काले सफल पुर्वक मार हानेका हुन् । हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिरमा... पुरा पढ्नुहोस

सरकारी राँगोको मार हान्न भगवतीमा तीन लाखको बोलकबोल

म्याग्दी, २७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगो मार हन्न (काट्न) तीन लाखको बोलकबोल भएको छ । बुधवार साँझ कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो ।  बढीबढाउमा बयरी डिलका आर्यन खड्काले सबैले भन्दा धेरै रु... पुरा पढ्नुहोस

दशैघरमा विधिपूर्वक फूलपाती भित्र्याईयो (तस्बिर सहित)

  https://www.youtube.com/watch?v=MK76gBYUYu0 म्याग्दी २६ असोज । आज फुलपाती, बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ । म्याग्दीको बेनीकोट, ज्यामरुकोट, भगवतीकोट, मौवाफाँट कोट, पिप्लेकोट, घतानकोट, ताकमकोट लगायतका भगवती देवी मन्दिर... पुरा पढ्नुहोस

एकीकृत समाजवादी म्याग्दीको चियापान कार्यक्रम सम्पन्न

म्याग्दी २५ असोज । नेकपा एकीकृत समाजवादी म्याग्दीले शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरेको छ । विजया दशमी, शुभ दीपावली, छठ, नेपाल सम्बत लगायतका चाडपर्वको उपलक्ष्यमा सोमबार बेनीमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्ला स्थित राजनीतिक दल र संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत जनप्रतिनिधि,... पुरा पढ्नुहोस