सिंगामा माओवादी केन्द्रको सम्पर्क कार्यालय स्थापना( तस्वीर सहित)

  • १ फाल्गुन २०७८, आईतवार
  • 956 पटक पढिएको

म्याग्दी १ फागुन । नेकपा (माओवादी केन्द्र ) बेनी नगरपालिका–४ सिंगामा पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । २७ औँ जनयुद्ध दिवसको अवसरमा अवसरमा वडा समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।

 

 

 

शनिवार आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) म्याग्दीका इन्चार्ज गोविन्द पौडेलले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो ।
स्थानीय सहकारीले निर्माण गरेको सटर भाडामा लिएर सम्पर्क कार्यालय स्थापना गरिएको माओवादी केन्द्रका वडा कमिटीका अध्यक्ष केन खत्री ( सन्दिप) ले जानकारी दिनुभयो । नियमति रुपमा सम्पर्क कार्यालय खुला गर्ने र स्थानीय स्तरमा नेता तथा कार्यकर्ताहरुबिच स्थानीय सवालहरुमा भेटघाट तथा छलफल गरिने जनाइएको छ ।

वडाभित्रका पार्टीका सदस्यहरुको अभिलेखीकरण गर्ने, बैठक तथा भेला गर्ने, पार्टीका शुभचिन्तकहरुबाट सुझाब, सल्लाह लिनका लागि सम्पर्क कार्यालयलाई उपयोग गरिने जनाइएको छ । सरकारले आगामी वैशाख ३० गते घोषणा गरेको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै वडा समितिले पार्टीको सम्पर्क कार्यालय स्थापना गरेको हो । माओवादीको बेनी नगरपालिकामा सम्पर्क कार्यालय स्थापना गर्ने वडा नम्बर ४ सिंगा पहिलो बनेको छ ।