म्याग्दी समाचार

मानसिक रोगका विरामीलाई नि:शूल्क औषधी र ख बर्गको परिचयपत्रको माग

  म्याग्दी २४ जेठ । म्याग्दीका मानसिक रोगका विरामीहरुलाई निःशूल्क औषधी र ‘ख’बर्गको परिचयपत्रको माग गरिएको छ । मानसिक रोगका विरामीका अभिभावक र संरक्षकहरुले विरामीले नियमित रुपमा औषधी सेवन गर्नुपर्ने भएकाले उनीहरलाई निःशूल्क औषधीको उपलब्धता गराउन माग गरेका हुन् । मानसिक रोगका विरामीका संरक्षकहरुको आयआर्जनमा सघाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको... पुरा पढ्नुहोस

बेनी नगरकार्यपालिकाको प्रवक्तामा रमेशकुमार श्रेष्ठ चयन

म्याग्दी २४ जेठ । बेनी नगरकार्यपालिकाको प्रवक्तामा रमेशकुमार श्रेष्ठ चयन हुनुभएको छ । सोमबार बसेका नगर कार्यपालिकाको पहिलो बैठकबाट बेनपा–७ का वडा अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई प्रवक्ता चयन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो । ‘कार्यपालिकाको निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुन्छ’ ढकालले भन्नुभयो । कार्यपालिकाको बैठकले... पुरा पढ्नुहोस

धार्मिक वन हस्तान्तरण

म्याग्दी २३ जेठ । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पीपलबोटमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको छ । सार्वजनिक जग्गाको संरक्षण र वन विकासमार्फत पर्यटन विकास गर्ने उद्देश्यले पीपलबोटको कैलाशफाँटमा धार्मिक वन स्थापना गरिएको हो । १.०६५ हेक्टर क्षेत्रफलमा फैलिएको वन आइतबार समुदायलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय, म्याग्दीले जनाएको छ ।... पुरा पढ्नुहोस

ढोरपाटनमा नाउर घटे, झारल बढे

बागलुङ, २३ जेठ  : पछिल्लो गणनामा ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्या घटेको र झारल बढेको पाइएको छ । आरक्ष कार्यालयका अनुसार गणनाका बेला एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए । विसं २०७२ को गणनासँग तुलना गर्दा नाउरको सङ्ख्या कम र झारलको बढी हो । त्यसबेला आरक्षमा दुई... पुरा पढ्नुहोस

‘कालीगण्डकी’माथि सय कविता

जेठ २३ बागलुङ। मध्य नेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकी संरक्षणका पक्षमा थालिएको कविता शृङ्खला ‘नदी सप्तक’ एक सयौँ भागसम्म आइपुगेको छ । तेह्रथुमका कवि सरोज ओलीको ‘म कालीगण्डकी नागबेली बग्छु’ कवितासँगै ‘नदी सप्तक’ले सतक शृङ्खला पार गरेको हो । ‘कालीगण्डकी बचाऔँ अभियान’ले पर्यावरणको मुद्दामा सर्जकहरुको एक्यबद्धता खोज्न गत वर्षदेखि कविता शृंङ्खला... पुरा पढ्नुहोस

जिसस म्याग्दीको निर्वाचन असार ५ गते

म्याग्दी, २३ जेठ । स्थानीय तह निर्वाचन अन्तरगत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन असार ५ गते हुने भएको छ । जिल्लासभाको निर्णय अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी असार ५ गते निर्वाचन गर्ने गरी समय तालिका निर्धारण गरेको हो । जिससको प्रमुख उपप्रमुख सहित नौ सदस्यीय समितिका लागि निर्वाचन गराउन... पुरा पढ्नुहोस

दानास्थित मोति बराहमा १०८ धारा निर्माण

म्याग्दी, २२ जेठ । म्याग्दीको अन्नपुर्ण गाउँपालीका– ३ दानाको मतिचौर स्थित रहेको धार्मिक पर्यटकिय स्थल मोति बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २ हजार २ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा निर्माण गरिएको १०८ धाराको वडा अध्यक्ष रमेश पुर्जाले गरेका हुन् । आर्थिक... पुरा पढ्नुहोस

म्याग्दीमा बढ्यो दूधको मूल्य

बेनी, २१ जेठ । म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मुल्य बढाइएको छ । दुई वर्षयता दूधको मूल्य समायोजन नहुदाँ कृषक मर्कामा परेको गुनासोसँगै आइरहेको बेला दूधको मूल्य बढेपछि पशुपालन कृषकहरु खुसी भएका छन् । मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर रू ११० र व्यापारीले अधिकतम रू १३२... पुरा पढ्नुहोस

१८ औं अन्तर मा.वि. लोकनृत्य प्रतियोगितामा न्यु वेष्ट प्वाईन्ट प्रथम

म्याग्दी, २१ जेठ । म्याग्दी जेसिजको आयोजनामा भएको १८ औं अन्तर मा. वि. रनिङ्गशील्ड लोकनृत्य प्रतियोगितामा न्यू वेष्ट प्वाईन्ट आवासिय मावि प्रथम भएको छ । जेसिजको २४ औं स्थापना दिवसको अवसरमा आयोजित ‘जेसीज सप्ताह’ कार्यक्रम अन्तरगत शनिबार नेपाल भाषा मङ्काखलको सभाहलमा भएको लोकनृत्य प्रतियोगितामा ११ विद्यालयको सहभागिता भएको थियो ।... पुरा पढ्नुहोस

जेसिजको आयोजनामा ‘सार्वजनिक भाषणकला’ तालिम

म्याग्दी, १९ जेठ । म्याग्दी जेसिजको आयोजनामा भएको प्रभावकारी सार्वजनिक भाषणकला तालिम सम्पन्न भएको छ । म्याग्दी जेसिजद्वारा आयोजित ‘जेसिज सप्ताह’ कार्यक्रम अन्तरगत‘प्रभावकारी सार्वजनिक भाषण कला तालिम’ मा महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो । विहिबार जेसिज सभाहलमा भएको तालिममा प्रशिक्षकद्धय बागलुङ जेसिज पुर्व अध्यक्ष सुदिपराज भण्डारी र म्याग्दी जेसिज पुर्व... पुरा पढ्नुहोस