म्याग्दी समाचार

निबन्ध प्रतियोगितामा लिटल गार्डेन एकेडमीका शर्मा प्रथम

म्याग्दी ५ असोज । म्याग्दी सामुदायिक पुस्तकालयले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको छ । १५ औं पुस्तकालय दिवसको अवसरमा ‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ विषयमा आयोजित प्रतियोगितामा लिटल गार्डेनकी स्मृति शर्मा प्रथम, बेनी सामुदायिक माविका हिमाल आचार्य द्धितिय र जामुनाखर्क माविका उत्सव... पुरा पढ्नुहोस

युवा व्यवसायी कार्कीको प्रयास : रेष्टुरेण्टका परिकारमा अर्गानिक उत्पादनलाई ब्राण्डिङ गर्दै

म्याग्दी ५ असाेज । रेष्टुरेण्टको मेनुमा मकैभट्ट, कोदो, गहुँ र फापरको रोटी, मोही लगायतका परिकार देख्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर म्याग्दी सदरमुकाम बेनीमा सञ्चालनमा आएको एक रेष्टुरेण्टले आफ्ना परिकारमा स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्दै ग्राहकहरुलाई यस्तै उत्पादनको स्वाद चखाउन थालेको छ । रघुगंगा गाउँपालिका–३ रानीपौवाका युवा जीवन कार्कीले बेनी... पुरा पढ्नुहोस

‘रिसेका’ पदमार्गको सम्भाव्यता अध्ययन (तस्बिर सहित)

बेनी, ५ असोज : म्याग्दी र मुस्ताङलाई जोड्ने नयाँ पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । धौलागिरि आइसफल पदमार्ग अन्तरगत रहेका सेञ्चुरी पदमार्ग, रिखार पदमार्ग र कालीबराह पदमार्गलाई जोड्ने गरि ‘रिसेका’ (रिखार, सेञ्चुरी, कालीबराह) पदमार्गको सम्भाव्यत्ता अध्ययन गरिएको हो । कालीगण्डकी र भेरी नदी जोड्ने गरि परिकल्पना गरिएको ग्रेट धौलागिरि पदमार्गका... पुरा पढ्नुहोस

मुस्ताङमा स्याउको उत्पादन बढ्यो, स्याउ टिप्न बगैँचामा व्यापारीको चहलपहल

म्याग्दी ४ असोज । हिमालपारिको जिल्ला मुस्ताङमा स्याउ टिप्न सुरु गरिएको छ । बगैंचामा स्याउ पाक्न थालेपछि बजारीकरणको लागि कृषकहरुले स्याउ टिप्न थालेका हुन् । मुस्ताङका ५ वटै स्थानीय तहका स्याउ बगैंचामा यतिबेला स्याउ व्यापारीहरुको चहलपहल बढेको छ । बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्तिलाई रोक्दै यस बर्ष स्याउ टिप्ने... पुरा पढ्नुहोस

बेनीमा सहकारी बैंकको स्तरीकरण कार्यक्रममा सहभागी सहकारीहरुबीच समिक्षा गोष्ठी

म्याग्दी ४ असोज । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको सहकारीहरुको स्तरीकरण कार्यक्रम अन्तरगत आवद्ध सहकारी संस्थाहरुका बीच केयर समिक्षा कार्यक्रम मंगलबार बेनीमा सम्पन्न भएको छ । केयरमा आवद्ध बेनी बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा म्याग्दी, बागलुङ र पर्वतका १२ वटा... पुरा पढ्नुहोस

अजिङ्गर भिरबाट पहिरो खसेपछि आवत जावत प्रभावित (भिडियो)

https://www.youtube.com/watch?v=ObF9Xvkhr8s&t=18s   बेनी, ४ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम हुँदै दर्मिजा जाने सडकखण्ड अन्तरगत अजिङ्गरको भिरबाट पहिरो खसेपछि बाटो अवरुद्ध बनेको छ । आज विहान सडकमाथिबाट पहिरो खसेपछि सडक नजीकै रहेको बिजुलीको तारमा समेत पहिरोको कारण आगोको झिल्का बलेको थियो । पहिरोले सडक पूर्ण रुपमा अबरुद्ध भएको छ ।... पुरा पढ्नुहोस

उत्पादन बढाउन कृषकलाई भत्ता

बागलुङ, ४ असोज : ताराखोला गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ । कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती गर्न कृषक प्रोहोत्सान कार्यक्रम ल्याएको ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईले जानकारी दिनुभयो... पुरा पढ्नुहोस

वडा अध्यक्षले दिए ल्यापटप,वडा सदस्यले दिन थालिन गाउँलेलाई निःशुल्क तालिम

बेनी, ३ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामले स्थानीयबासीलाई प्रविधिमैत्री शिप तथा क्षमताको विकास गराउन निःशुल्क कम्प्युटर तालिम दिन सुरु गरेको छ । वडाले भदौरे सभा मार्फत पारित गरेको कार्यक्रम अनुसार, स्थानीयबासीलाई निःशूल्क रुपमा आधारभुत कम्प्युटर तालिम दिन सुरु गरिएको हो । सोमबारदेखि सुरु भएको आधारभुत तीन महिने कम्प्युटर तालिममा... पुरा पढ्नुहोस

संविधान दिवसको अवसरमा पाँच दलीय गठबन्धनको दिप प्रज्वलन

बेनी, ३ असोज । संबिधान दिवस २०७९ को अवसरमा सोमबार बेनीमा सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुले दिप प्रज्वलन गरेका छन् । बेनीको सहिद स्तम्भ चोकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्यि जनमोर्चाका नेता कार्यकर्ताहरुले दिप प्रज्वलन गरेका हुन् । सो कार्यक्रममा नेपाली... पुरा पढ्नुहोस

जलजलामा उत्कृष्ट विद्यालय, विद्यार्थी पुरस्कृत र वक्तृत्वकला प्रतियोगिता

लामाखेत, ३ असोज । आठौ संविधान दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले सोमबार लामाखेतमा उत्कृष्ट विद्यालय, विद्यार्थीलाई पुरस्कृत र वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको छ । ‘सम्बृद्ध राष्ट्र निर्माणमा शिक्षक, अभिभावक र विदार्थीको भूमिका’ विषयक आधारभूत र माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । ११ जना सहभागि मावि तहको प्रतियोगितामा... पुरा पढ्नुहोस