म्याग्दी समाचार

संविधान दिवसको अवसरमा धवलागिरीमा हाजिरीजवाफ र चित्रकला प्रतियोगिता

मुना, ३ असोज । आठौ संविधान दिवसको अवसरमा म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा सोमबार मुनामा हाजिरीजवाफ र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । ११ वटा विद्यालय सहभागी मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा हेम नमुना आवासीय मावि शिवाङ प्रथम, जनकल्याण मावि गुर्जा दृतीय, चन्द्रज्योती मावि खिवाङ तृतीय र ताकम मावि सान्तवना भएका छन्... पुरा पढ्नुहोस

संविधान दिवसमा म्याग्दीका पाँच जनालाई जनसेवाश्री पदक

म्याग्दी ३ असोज । संविधान दिवस–२०७९ को अवसरमा म्याग्दीका विभिन्न क्षेत्रका पाँच जनाले पदक पाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । उक्त घोषणा बमोजिम... पुरा पढ्नुहोस

मौलिक संस्कृतिको पाठ सिकाउँदै विद्यालय

गलेश्वर ३ असाेज । म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थीलाई पाठ्यपुस्तकका अतिरिक्त नैतिक आचरण, मौलिक संस्कृति र परम्परागत संस्कारका कुरा सिकाउन थालिएको छ । यहाँका मगर, छन्त्याल, थकाली र नेवार समुदायले आआफ्नो पुख्र्यौली भाषाको संरक्षणमा चासो देखाउन थालेका छन् । विद्यार्थीलाई किताबी ज्ञानका अतिरिक्त नैतिकता, संस्कार र संस्कृतिमा परिपक्व बनाउने... पुरा पढ्नुहोस

पर्यटन विकासका लागि ‘धौनीढोका’ गुरुयोजना तयार गरिने

बलेवा, ३ असोज । धौलागिरि क्षेत्रको पर्यटन विकासका लागि धौलागिरि, नीलगिरि, ढोरपाटन र कालीगण्डकीलाई जोडेर एउटै चक्रपथको निमार्ण गर्नेगरी गुरुयोजना तयार गरिने भएको छ । धौलागिरि क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘धौनीढोका’ गुरुयोजनाका लागि स्थानीय सरकार र पर्यटन व्यवसायीबीच छलफल सुरु भएको हो । धौलागिरि वातावरणमैत्री पर्यटकीय चक्रपथ विकासको... पुरा पढ्नुहोस

मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै

मुस्ताङ ३ असाेज । मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ । हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकामा सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी

म्याग्दी ३ असाेज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी बनेको छ । सुत्केरीकाे घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरेपछि तोकिएको समयमा नियमित गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुने, बच्चा र आमाको पोषण सुधारमा सहयोग पुगेको गाउँपालिकाले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा... पुरा पढ्नुहोस

गुर्जावासीलाई पुर्जा बनाउन समस्या

  म्याग्दी, २ असोज। धौलागिरि गाउँपालिका–१, गुर्जावासीलाई लालपुर्जा बनाउन निकै समस्या छ। भौगोलिक रूपमा विकट गुर्जाका स्थानीय सदरमुकाम बेनी आएर लालपुर्जा बनाउन सक्दैनन्। बेनी आएर लालपुर्जा बनाएर फर्किंदा कम्तीमा २० देखि २५ हजार रुपियाँसम्म खर्च हुन्छ। अंशबन्डा, नामसारी र कित्ताकाटलगायत गुर्जावासीका वर्षौंदेखिका समस्या यथावत् छन्। गरिब र विपन्न परिवारले सदरमुकामसम्म... पुरा पढ्नुहोस

म्याग्दीमा ८ वटा मतदानस्थल थपियो,८६ हजार १२० मतदाता कायम

म्याग्दी, २ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा ८ वटा नयाँ मतदान स्थल थपिएको छ । जिल्लास्थित राजनीतिक दलहरुको सर्वदलिय बैठकको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालयले गरेको सिफारिस बमोजिम निर्वाचन आयोगले मतदानस्थल थप गरेको हो । भौगोलिक अवस्था, बाटोको दूरी लगायतका आधारमा ८... पुरा पढ्नुहोस

बाढी पहिरोले बेनी–जोमसोम सडक सास्ती र जोखिम बढ्यो

म्याग्दी २ असोज । चार दिनदेखि परेको अबिरल बर्षासंगै आएको बाढी र पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती हुन थालेको छ । सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम... पुरा पढ्नुहोस

हिमालको फेदीमा रहेकोे भुजुङ्गे बराह ताल प्रचार प्रसारको अभाबले ओझेलमा (फोटो फिचर)

बेनी २ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थित पुथा र चुरेन हिमालको फेदीमा रहेको मनमोहक भुजुङ्गे बराह ताल ओझेलमा परेको छ । समुद्री सतहदेखि करिब चार हाजर चार सय मिटर उचाईमा अवस्थित ताल पर्यटकीय सम्भावनाले महत्वपूर्ण रहेपनि प्रचार प्रसारको अभाबले ओझेलमा परेको हो । दिउँद र बर्षायाम संधै सदाबहार... पुरा पढ्नुहोस