काँग्रेस म्याग्दीकी नेतृ गौचन समानुपातिक तर्फबाट गण्डकी प्रदेश सभा सदस्य चयन

  • २५ मंसिर २०७९, आईतवार
  • 385 पटक पढिएको

म्याग्दी, २५ मंसिर । म्याग्दीबाट गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसकी नेतृ विमला गौचन प्रदेश सभा सदस्य चयन हुुनुभएको छ । जनजातीतर्फको महिला कोटाबाट कांग्रेसले समानुपातिक सांसदका रुपमा शनिबार निर्वाचन आयोगलाई गौचनको नाम सिफारिस गरेको हो ।
नेपाली काँग्रेसको गण्डकी प्रदेस समिति सदस्य र नेपाल महिला संघ म्याग्दीकी सभापति समेत रहनुभएकी गौचन सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । स्वर्गीय राम गौचनकी धर्मपत्नी विमला राजनीति, सामाजिक सेवाका साथै पर्यटन व्यवसायी हुनुुहन्छ । बेनीमा रहेको होटल यतिको प्रोपाइटर समेत हुनुहुन्छ । गण्डकी प्रदेशसभामा ३६ जना निर्वाचित र २४ जना समानुपातिकबाट मनोनित भएका छन् ।

समानुपातिकतर्फ पार्टीले पाएको मतको आधारमा गण्डकी प्रदेशसभामा नेकपा एमालेबाट १० जना, काँग्रेसका ९ जना, माओवादी केन्द्रका ३ जना र राप्रपाका २ जना प्रदेशसभा सदस्यमा चयन भएका हुन । म्याग्दीबाट नेकपा एमाले,नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी लगयात अन्य दलहरुबाट प्रदेशसभाको समानुपातिक तर्फ कोही पनि चयन भएका छैनन् । प्रदेशसभाका प्रत्येक्षतर्फका दुई वटै सिटमा नेकपा माओवादी केन्द्रका रेशम बहादुर जुग्जाली र हरिबहादुर भण्डारी निर्वाचित हुनुभएको छ ।