कांग्रेस म्याग्दीको चुनावी समिक्षा

  • २६ मंसिर २०७९, सोमबार
  • 403 पटक पढिएको

म्याग्दी,२६ मंसिर । नेपाली कांग्रेस म्याग्दीको आठौं पुर्ण बैठक एवम् चुनावी समिक्षा सम्पन्न भएको छ। सोमबार बेनीमा जिल्ला, प्रदेश, पालिका र वडाका पदाधिकारीहरु बिच चुनावी समिक्षामा बोल्ने बक्ताले म्याग्दीमा गठबन्धन सफल भएको बताएका हुन् । म्याग्दीमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेद्वाहरु प्रतिनिधिसभा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’, प्रदेशसभा (१) र (२) मा क्रमश माओवादी केन्द्रका नेता हरि भण्डारी र जिल्ला संयोजक रेशम जुग्जाली नर्वाचित भएका थिए । बैठकमा सहभागी नेताहरुले विजयी उम्मेद्वारहरुलाई बधाई, मतदाता र गठबन्धनका नेता कार्यकर्ताहरुलाई धन्यवाद दिदै संगठन निर्माण, रचनात्मक र सिर्जनशिल काम गरेर पार्टी र नेतृत्वलाई जनतासमक्ष स्थापित गराउनुपर्ने बताएका थिए ।


निर्वाचित सांसदहरुलाई तल्लो तहका नागरिकको आवश्यकता, समस्या सम्बोधन गर्ने जनमैत्री कानुन र विकास निर्माणमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नेताहरुले सुझाएका थिए । म्याग्दीमा गठबन्धनमा इमान्दारिता र प्रभावकारी भएको नेताहरुको निस्कर्ष थियो । नेताहरुले गठबन्धन सफल भएपनि २०७४ को तुलनामा कांग्रेसको जनमत घटेको बताउँदै गम्भिर समिक्षा गरेर संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिए । आगामी चुनावमा संगठनलाई थप बलियो बनाउनुपर्ने बताए ।


नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सांसद गर्बुजाले मतदाता, कार्यकर्ता तथा नेताहरुलाई धन्यवाद व्यक्त गर्दै पाँच बर्षे कार्यकालमा जिल्लाको विकास ,जिल्लाबासीको आवश्यकता र जनमैत्री कानुन निर्माणका लागि आफुले संसदमा आवाज उठाउने र पहल गर्ने उद्घोष गरे । ‘गठबन्धन, पार्टी र मतदाताको अपेक्षा र विश्वासलाई पुरा गर्न प्रदेश र केन्द्रमा हस्तक्षेपकारी भुमिका निभाउने प्रतिबद्ध छु’,–उनले भने ‘जिल्लामा अलपत्र विकासका आयोजनाहरु प्राथमिकता राखेर समाधानका लागि प्राविधिक कठिनाईको बारेमा अध्ययन र सबैसंग छलफल गर्दैछु ।’

,संविधान सभा सदस्य तथा कांग्रेस म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँ, कांग्रेस गण्डकी प्रदेश सदस्यअनोद श्रेष्ठ, ,पुर्व सह–सभापति नेत्रबहादुर महत, उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारी लगातयले म्याग्दीमा गठन्धन सफल भएको बताएका हुन् ।