म्याग्दी समाचार
बेग र रुममा माओवादीको वडा कमिटी चयन
- 4 महिना, 9 दिन अगाडि
- २६ मंसिर २०८१, बुधबार
बेनी, २५ मङसिर । म्याग्दीको मालिका गाउँपालिका–२ रुम र रघुगङ्गा गाउँपालिका–१ बेगमा नेकपा (माओवादी केन्द्र)को वडा कमिटिको सम्मेलन मङगलबार सम्पन्न भएको छ । रुममा भएको सम्मेलनबाट दिनेश पुन अध्यक्ष र खिम रसाईली सचिव रहनुभएको २१ सदस्यीय वडा कमिटि गठन भएको छ । बेगमा नागेन पुर्जाको अध्यक्षतामा वडा कमिटि गठन भएको... पुरा पढ्नुहोस
स्वास्थ्य चौकीमा पूर्वाधार थपियो, सेवा थपिएन
- 4 महिना, 9 दिन अगाडि
- २६ मंसिर २०८१, बुधबार
म्याग्दी (बेनी) । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण भएपछि पूर्वाधारमा स्वरूप फेरिएको छ । सुविधा सम्पन्न भवनबाट सेवा लिन सर्वसाधारण र स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई सहज भएको छ, तर पूर्वाधारमा स्वरूप फेरिए पनि स्वास्थ्यचौकीबाट प्रवाह हुने सुविधा भने थपिएको छैन । स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट सेवा... पुरा पढ्नुहोस
सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने डिप्लोमा तालिम सञ्चालन
- 4 महिना, 10 दिन अगाडि
- २५ मंसिर २०८१, मंगलवार
सिंगा, १४ फागुन । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने डिप्लोमा तालिम सञ्चालन भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको १२ औँ बार्षिक साधारण सभाको अवसरमा बेनी नगरपालिका– ४ को वडा कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको हो । गत बर्ष शिवालय सामुदायिक सिकाई केन्द्र र वडा कार्यालयको आयोजनामा... पुरा पढ्नुहोस
पाखापानीमा पशु स्वास्थ्य शिविरबाट तीन हजार २५० पशुका लागि औषधी वितरण
- 4 महिना, 11 दिन अगाडि
- २४ मंसिर २०८१, सोमबार
म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा तीन हजार २५० पशुपंक्षिको लागि औषधी वितरण गरिएको छ । रघुगंगा गाउँपालिका र नेपाल रेडक्रस सोसाईटीको जीविकोपार्जन प्रबद्र्धन कार्यक्रमबाट सोमबार आयोजित पशु स्वास्थ्य शिविरमा घरगोठमा रहेका पशुपंक्षिमा देखिएका लक्षण र समस्याका आधारमा निःशुल्क औषधि वितरण गरिएको हो । शिविरमा २ हजार भेडाबाख्रा, १ हजार कखुरा र... पुरा पढ्नुहोस
म्याग्दीको मुनामा दुर्लभ रेडपाण्डा भेटियो
- 4 महिना, 11 दिन अगाडि
- २४ मंसिर २०८१, सोमबार
म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जङ्गलमा सङ्कटापन्न जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ। समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ। मुना मालिका पुगेर फर्कने क्रममा आइतबार धौलागिरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको टोलीले समुुद्री सतहदेखि तीन हजार १०० मिटर... पुरा पढ्नुहोस
बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित
- 4 महिना, 11 दिन अगाडि
- २४ मंसिर २०८१, सोमबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताए । फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उनको भनाइ छ । “अहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको... पुरा पढ्नुहोस
आठौँ म्याग्दी महोत्सव पुस २८ गतेदेखि
- 4 महिना, 12 दिन अगाडि
- २३ मंसिर २०८१, आईतवार
बेनीमा आगामी माघमा आठौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला सञ्चालन हुने भएको छ ।आगामी पुस २८ देखि माघ ८ गतेसम्म आयोजना हुने महोत्सवको ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तीव्र पारिएको मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सङ्घका... पुरा पढ्नुहोस
बेनी– अर्थुङ्गे–बाँसबोट सडक स्तराेन्नती
- 4 महिना, 12 दिन अगाडि
- २३ मंसिर २०८१, आईतवार
म्याग्दी, २३ मङ्सिर । बेनी–पुलाचौर सडकखण्ड अन्तरगत पाँच किलोमिटर सडक रु ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी– अर्थुङ्गे–बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि एक करोड ८० लाख विनियोजन भएको थियो । बाँसबोटमा तीन सय... पुरा पढ्नुहोस
बेनी बचत तथा ऋण सहकारीको २३औं वार्षिक साधारणसभा
- 4 महिना, 12 दिन अगाडि
- २३ मंसिर २०८१, आईतवार
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५८ सालमा स्थापित सहकारीमा हालसम्म कुल २२ सय ३० जना शेयर सदस्यहरु आबद्ध रहेकोमा शेयर पुँजी तीन करोड ७३ लाख ९८ हजार छ सय रुपैयाँ, गतवर्ष बचत तथा निक्षेप ४२ करोड... पुरा पढ्नुहोस
२२ औँ जेसीज कपको उपाधी माउण्ट एभरेष्टलाइ
- 4 महिना, 13 दिन अगाडि
- २२ मंसिर २०८१, शनिबार
२२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि च्याम्पियन बनेको छ । शनिबार सदरमुकाम बेनीको खुल्लामञ्चमा सम्पन्न भएको खेलमा निर्धारित समयमा १–१ बराबरीपछि पेनाल्टी सुटआउटमा बेनी सामुदायिक माविलाई माउण्ट एभरेष्टले ५–४ ले पराजित गदैं उपाधी जितेको हो । प्रतियोगिताका विजेता माउण्ट एभरेष्टले जनप्रिय मावि दरबाङ र उपविजेता... पुरा पढ्नुहोस