नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासघ म्याग्दीको अध्यक्षमा शर्मा निर्वाचित

  • १२ पुष २०८२, शनिबार
  • 1 पटक पढिएको

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा नारायण शर्मा निर्वाचित हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न महासंघको सत्रौ साधारणसभा तथा आठौं जिल्ला अधिवेशन वाट सर्वसम्मत रुपमा शर्माको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।   समितिको उपाध्यक्षमा शान्ति आचार्य पौडेल ,सचिवमा धुर्वराज सुवेदी ,कोषाध्यक्षमा नारायण पौडेल, सह सचिवमा रामु रिजाल चयन हुनुभएको छ । समितिको सदस्यहरुमा पुस्पा गौतम, गोविन्द आचार्य , टिका सेन, रिता सुवेदी ,गिता आचार्य र दुर्गा कुमारी शर्मा चयन हुनुभएको छ ।