म्याग्दी जेसीजको अध्यक्षमा विश्वकर्मा निर्वाचित

  • १२ पुष २०८२, शनिबार
  • 41 पटक पढिएको

म्याग्दी, १२ पुस । म्याग्दी जेसीजको अध्यक्षमा दिनेश विश्वकर्मा निर्वाचित हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न २७ औँ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो ।
समितिको निवर्तमान अध्यक्षमा विनोद घर्ति, बरिष्ट कार्यकारिणी उपाध्यक्षमा डेकमाया केसी, कानुनी सल्लाहकारमा सज्जन श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षमा देवेन्द्र बहादुर घिमिरे र नविन पौडेल चयन हुनुभएको निर्वाचन आयुक्त दिनेश बानियाँले जानकारी दिनुभयो ।
शाखाको महासचिबमा गोकुल सुनार ,कोषाध्यक्षमा प्रतिश श्रेष्ठ, शाखा सम्पादकमा तेजिन्द्र बहादुर खत्री, सह सचिबमा कपिल बानिया ,सह कोषाध्यक्षमा अभिनेश श्रेष्ठ उपाध्यक्षहरुमा दिनेश खत्री, शुष्मा खत्री, अरुण रेग्मि र मन्जुर कटुवाल तथा प्रकरण निर्देशकमा सुनिता श्रेष्ठ चयन हुनुभएको छ ।
युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले म्याग्दीमा पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार, विद्यालय तहमा फुटवल खेलको विकास, धार्मिक र ऐतिहासिक स्थलहरुको चिनारी र सरसफाई संगै विभिन्न सामाजिक गतिविधिहरु गदै आएको छ । म्याग्दी जेसीज सन २०२५ का शाखा अध्यक्ष विनोद घर्तिको अध्यक्षतामा भएको शाखा अधिवेशनको म्याग्दी जेसीजका संस्थापक अध्यक्ष एवं बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । अधिवेशनमा म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवं नेपाल जेसीजका निवर्तमान राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, म्याग्दी जेसीज र नेपाल जेसीजका पूर्व  राष्टिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ लगायतको विशिष्ट आतित्यथा रहेको थियो ।