म्याग्दी समाचार
शिक्षाप्रेमी करवीर फवाङ्गीको शताब्दियौं जयन्ति मनाइयो
- 2 महिना, 11 दिन अगाडि
- २४ चैत्र २०८१, सोमबार
दरबाङ, चैत्र २४ गते । जनप्रिय मा. वि. दरबाङका जग्गादाता, समाजसेवी, शिक्षाप्रेमी क्या. स्व. कर वीर फगामीको शताब्दियौं जयन्ति मनाइएको छ। उक्त अवसरमा लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठको २७ औं कृति 'कर्मयोगी करवीर र कर्मवीरहरू' पुस्तक विमोचन गरिएको थियो । पुस्तक विमोचन तथा लोकार्पण कार्यक्रमका प्रमुख अतिथि मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद... पुरा पढ्नुहोस
‘टिकटकमा लाइभ’ बसेर स्थानीय उत्पादनको बजारीकरण
- 2 महिना, 13 दिन अगाडि
- २२ चैत्र २०८१, शनिबार
म्याग्दी, २३ चैत : बेनीको कालीपुल बसपार्कमा रहेको म्याग्दी कोशेली घरकी सञ्चालक डिलकुमारी गुरुङ दैनिकजसो एक घण्टा सामाजिक सञ्जाल ‘टिकटकमा लाइभ’ बस्नुहुन्छ । उहाँले मनोरञ्जन र सूचना अदानप्रदानका लागि नभएर स्थानीय उत्पादनको बजारीकरण गर्न सामाजिक सञ्जाल टिकटकलाई प्रयोग गर्नुभएको हो । “समाजिक सञ्जाललाई मनोरञ्जन र समय बिताउन मात्र नभएर... पुरा पढ्नुहोस
कुइनेखानीको कोसेरा खोलामा पुल निर्माण भएपछि स्थानीयलाई सहज
- 2 महिना, 13 दिन अगाडि
- २२ चैत्र २०८१, शनिबार
म्याग्दीको रघुगंगा गाउँपालिका–८ को दुर्गम बस्ती कुइनेखानी गाउँको कोसेरा खोलामा पुल निर्माण भएको छ । मुल गाउँ जाने बाटोमा पुल नहुँदा खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता ट्रस प्रविधिको स्टिल पुल निर्माण भएपछि हटेको छ । ३२ मिटर लामो पुलबाट रघुगंगाका कुइने गाउँका करिब एक सय घरधुरी लाभान्वित भएका छन् । रू... पुरा पढ्नुहोस
सुशील गर्बुजा हत्यासम्बन्धी मुद्दामा छ जनालाई जन्मकैद
- 2 महिना, 14 दिन अगाडि
- २१ चैत्र २०८१, शुक्रबार
म्याग्दी —जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा छ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले छ जनालाई जन्मकैद (जनही २५ वर्षका दरले) सजायको फैसला सुनाउनुका साथै घटनाका सहयोगी ठहरिएका थप नौ जनाको सजाय निर्धारणका लागि यही चैत २७... पुरा पढ्नुहोस
म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण सुरु
- 2 महिना, 14 दिन अगाडि
- २१ चैत्र २०८१, शुक्रबार
म्याग्दी, चैत २२ । म्याग्दीम शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो । महासङ्घका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहीबारदेखि विद्यालयमा पुस्तक पठाउन... पुरा पढ्नुहोस
प्रदेश अस्पताल बेनीको भवन निर्माण अन्तिम चरणमा
- 2 महिना, 15 दिन अगाडि
- २० चैत्र २०८१, बिहीबार
ठाकुरप्रसाद आचार्य म्याग्दी, चैत २१ गते । म्याग्दीको बेनीमा निर्माणधिन ५० शय्या क्षमताको प्रदेश अस्पताल बेनीको भवन निर्माण अन्तिमचरणमा पुगेको छ । ठेक्का सम्झौता मितिभन्दा साढे पाँच वर्ष ढिला गरी भवन निर्माण सम्पन्न हुन लागेको हो । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण अस्पताल भवन लामो समय सम्म अलपत्र पर्दै आएको... पुरा पढ्नुहोस
मुना–जलजला–ढोरपाटन सडकको ‘ट्र्याक’ खुल्दै
- 2 महिना, 15 दिन अगाडि
- २० चैत्र २०८१, बिहीबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्र्याक खुल्ने चरणमा पुगेको छ । चालु आवमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालयले म्याग्दीको धौलागिरि गाउँपालिका–२ मरेनीदेखि ढोरपाटन जोड्ने सडकको ट्र्याक खुल्न लागेको हो । हालसम्म तीन किलोमिटर ‘ट्र्याक’ खुलेको र थप पाँच किलोमिटर खोलेपछि यो... पुरा पढ्नुहोस
चिमखोलाको भूमेपूजा : अनौठा र मौलिक संस्कृतिको आकर्षण
- 2 महिना, 15 दिन अगाडि
- २० चैत्र २०८१, बिहीबार
म्याग्दीको रघुगंगा गाउँपालिका -७ चिमखोलाको भूमेपूजा मौलिक कला र संस्कृतिको संरक्षण संगै आन्तरिक पर्यटन प्रवद्र्धनको माध्ययम बनेको छ । परम्परागत रुपमा हु्ँदै आएको भूमेपूजामा चिमखोलामा गरिने साँस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको हो । मगर समुदायको बाहुल्य बसोबास रहेको क्षेत्रमा पकृति पूर्जाको रुपमा भूमेपूजा गरिने भएपनि चिमखोलामा भने भूमेपूजाको... पुरा पढ्नुहोस
पत्रकार रजकको हत्यामा संलग्नलाई कारवाहीको मागसहित ध्यानाकर्षणपत्र
- 2 महिना, 16 दिन अगाडि
- १९ चैत्र २०८१, बुधबार
एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै म्याग्दीमा ध्यानाकर्षणपत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले पत्रकार रजकको हत्यामा संलग्नलाई तत्काल कारवाहीको मागसहित बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको हो । यही चैतको १५ गते शुक्रवार देशको सङ्घीय राजधानी काठमाडौंको तीनकुनेमा राजवादीहरुले गरेको... पुरा पढ्नुहोस
सम्झौता भएको ५ वर्षसम्म पनि सुरु भएन पुल निर्माण
- 2 महिना, 16 दिन अगाडि
- १९ चैत्र २०८१, बुधबार
२० चैत, म्याग्दी । मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन । धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण सुरु... पुरा पढ्नुहोस