मुलुक

१५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

पर्वत, २६ फागुन । झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ । पर्वत  जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका–३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट खानेपानी... पुरा पढ्नुहोस

स्थानीय तहमा अस्पताल:मंगला र धवलागिरिमा ढिलासुस्ती,अन्नपूर्णमा निर्माणधिन,रघुगंगामा अन्योल

कमल खत्री बेनी, २६ फागुन । संघीय सरकारले हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना म्याग्दीको रघुगंगा गाउँपालिकामा अन्योल बनेको छ । अस्पताल बनाउने ठाउँको विवाद र त्यस सम्बन्धमा गाउँपालिकाले फेरवदल गरेको निर्णयले रघुगंगामा अस्पताल योजना अनिश्चित भएको छ । [caption id="attachment_58442" align="alignnone" width="960"] बेगमा अस्पतालको लागि... पुरा पढ्नुहोस

बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने

बागलुङ २५ फागुन । निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । तीन वर्षअघि देखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले रोकिएको काम अहिले पूरा भएको हो । चैत मसान्तभित्र काम... पुरा पढ्नुहोस

अन्नपूर्णमा दलित मुक्ति मोर्चा गठन

म्याग्दी, २४ फागुन । अन्नपुर्ण गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा गठन गरिएको छ । मंगलबार पोखरेबगरमा भएको प्रथम भेलाले मोर्चाको अध्यक्षमा बिरबहादुर पौडेल( बिक) नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति गठन भएको छ । मोर्चाको भेलालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्र नेता एवम् नेपाल दलित मुक्ति मोर्चा गण्डकी... पुरा पढ्नुहोस

दुर्गमबाट जन्मिएको महिला नेतृत्व

कमल खत्री बेनी, २४ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–४ को चन्द्रज्योति मावि, खिवाङको प्रअको जागिर छाडेर गाउँपालिकाको नेतृत्वमा आउनुभएको हो, थमसरा पुन । जन्मगाउँकै विद्यालयमा १० बर्ष लामो शिक्षण पेशा र ५ बर्ष लामो प्रअको जिम्मेवारीको भारी विसाएर गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएकी पुनले स्थानीय तहको नेतृत्वमा आफ्नो पाँच बर्षे कार्यकाल... पुरा पढ्नुहोस

माओवादीको केन्द्रीय सदस्यमा पौडेल मनोनित

  म्याग्दी, २३ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा म्याग्दीका गोविन्द्र पौडेल मनोनित हुनुभएको छ । सोमबारको केन्द्रीय समिति बैठकले पौडेललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । पाटीको जिल्ला इञ्चार्जको जिम्मेवारीमा रहनुभएका पौडेल संविधान सभाका सदस्य  समेत हुन् । पौडेल तत्कालिन बामगठबन्धन एवम् एमाले र माओवादी मिलेर बनेको नेकपाको... पुरा पढ्नुहोस

आगोलागी पिडितलाई कपडा तथा फेन्सी व्यवसायीको सहयोग

बेनी, २२ फागुन । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले मंगला गाउँपालिका–१ थाइवाङका आगोलागी पिडितलाई शनिबार सहयोग गरेको छ । यही फागुन ५ गते भएको आगोलागीबाट घरबास गुमाएका बनिकला दमाईलाई रु. २५ हजार मूल्य बराबरको बिस्तारा सेट सहितको लत्ताकपडा र नगद रु. एक हजार उपलब्ध गराइएको समितिले जनाएको छ ।... पुरा पढ्नुहोस

घनश्याम परियारको नेतृत्वमा रघुगंगामा दलित मुक्ति मोर्चा गठन

म्याग्दी, २१ फागुन । रघुगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा गठन गरिएको छ । शनिबार रघुगंगा गाउँपालिकाको वडानम्वर ३ मालिकामा मोर्चाको प्रथम भेलाले घनश्याम परियारको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । मोर्चाको उपाध्यक्षमा विरबहादुर बसेल, उर्मिला परियार, राजु परियार, सचिवमा रिया विक, कोषाध्यक्षमा... पुरा पढ्नुहोस

दिवंगत छोरीको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

साजन परियार जलजला २० फागुन । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा रहेको फर्से धाईरिङ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । स्थानीय समाजसेवी योगनाथ रिजाल (हरि ) र राधिका रिजालका दम्पतीले आफ्नो दिवंगत छोरिको सम्झनामा एक अक्षकोष स्थापना गर्नुभएको हो । कक्षा १ मा अध्यानरत रितिस्मा रिजालको ५ बर्ष को उमेरमा... पुरा पढ्नुहोस

पर्यटक आउने आशमा घरबास

बागलुङ, २० फागुन । भर्खर घरबास (होमस्टे) के खुलेका थिए, कोभिड–१९ निम्तिहाल्यो । पर्यटकलाई मन फुकाएर सत्कार गर्न नपाउँदै घरबास बन्द हुने स्थितिमा पुगे । कतिले सेवा नै रोके । कुनैले फाट्टफुट्ट मात्र पाहुना राखे । महामारी सुरु भएयताका दुई वर्ष घरबास व्यवसायका लागि अप्रिय रहे । ग्रामीण पर्यटनलाई टेवा... पुरा पढ्नुहोस