बागलुङबाट ८ जना जुवाडे पक्राउ

  • १३ चैत्र २०७८, आईतवार
  • 671 पटक पढिएको

बागलुङ नगरपालिका–३ मुलपानीबाट प्रहरीले ८ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । स्थानीय  प्रकाश रेग्मीको घरमा जुवा खेलिरहेको अवस्थामा सो नगरपालिकाको वडा नम्बर–३ बस्ने दिवसराज पन्त सहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ  ।

प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले जुवा खालबाट २ लाख १ हजार बरामद गरेको छ । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।