मुलुक

गण्डकी प्रदेशको भाग्यरेखा कोरला नाकामा पूर्वाधार निर्माणमा सुस्तता

कमल खत्री /प्रकाश सिलवाल म्याग्दी, २ चैत । छिमेकी चीनसँगको कोरला नाकाबाट व्यापार बढाउने लक्ष्यका साथ नेपाल सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । चिनियाँ पक्षले ८० प्रतिशत काम सके पनि नेपाली पक्षको पूर्वाधार तयारीले गति नलिएका कारण मार्ग मुस्ताङको कोरला नाका सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ ।... पुरा पढ्नुहोस

म्याग्दीका एसइइ परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था

सन्तोष गौतम बेनी १ चैत । चैत १० गतेदेखि सुरु हुन लागेको एसइइ परिक्षाको म्याग्दी स्थित परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि प्रदेशका २१७ वटा परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाएको छ । मन्त्रालयकी निर्देशक तुलसा... पुरा पढ्नुहोस

काँग्रेस शीर्ष नेताहरुको म्याग्दी भम्रणको उपलब्धी !

म्याग्दी, २९ फागुन । पार्टीभित्रको आन्तरिक कलह बढीरहेका बेला नेपाली काँग्रेसको शीर्ष नेतृत्व म्याग्दीमा एउटै मञ्चमा उभिएर पार्टीलाई बलियो बनाउन एकताको उद्घोष गरेका छन् । पार्टीभित्रको भातृय संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनको विवाद अहिले पार्टीमा उत्कर्षमा छ । शिर्ष नेताहरु एक–अर्कालाई दोसारोपण गरिरहेको बेला नेपाली काँग्रेस म्याग्दीले भने पार्टीका शिर्ष... पुरा पढ्नुहोस

विदेशको आकर्षक जागिर त्यागेर मल्कबाङका देवान छन्त्याल भेडापालनमा (फोटो कथा)

कमल खत्री बेनी, २९ फागुन । हातमा शिप कम्प्युटर डिजाईनको छ । विदेशमा आकर्षक कमाई हुने जागिर । प्रवासबाटै लामो समय सञ्चारकर्ममा समेत आफुलाई समाहित गर्दै आउनुभएका एक युवाले व्यवसायिक भेडापालन सुरु गर्नुभएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङ्ग घर भएका  (हिम बहादुर)   देवान छन्त्यालले दुई दशक लामो बैदेशिक रोजगारिबाट... पुरा पढ्नुहोस

चाउलेपानीबाट गुराँस, हिमाल र बेनी बजारलाई नियाल्दा (फोटो कथा)

कमल खत्री म्याग्दी, २७ फागुन ।  कालिगण्डकी र म्याग्दी नदीको तिरमा रहेको सुन्दरनगरी बेनी बजार र धौलागिरि हिमाललाई गुराँसे जंगलबाट नियाल्न पाउँदा जो कसैको मन फुरुङ्ग हुने गर्छ । बेनी नगरपालिका–१ रत्नैचौरको शिरमा रहेको चाउलेपानीको डिलबाट यस्तै स्वणीम अनुभव संगाल्न सकिन्छ । चाउलेपानीको डिलमा लालिगुराँस फुलेर जंगल राताम्मे बनेको छ... पुरा पढ्नुहोस

मुस्ताङका हिमपात पिडित कृषकलाई राहतको माग

बेनी २६ फागुन । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले हिमपात पिडित कृषकहरुलाई राहत र क्षतिपूर्ती उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसद तुलाचनले एक महिनादेखिको हिमपातका कारण मुस्ताङको जनजिवन कष्टकर बनेको, यातायात, सञ्चार, विद्युत सेवा अवरुद्ध भएको, विकास योजना प्रभावित भएको र करोडौको पशुधनको... पुरा पढ्नुहोस

सरकारका गलत काम विरुद्ध आन्दोलनः सभापती देउवा ( फाेटाेफिचर )

म्याग्दी, २५ फागुन । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले सरकार जनताका अधिकार र प्रजातन्त्र मास्न उद्धत रहेको आरोप लगाउनुभएको छ । वर्तमान सरकारले आफ्नो एक बर्ष समय पूर्ण रुपमा खेर फालेको बताउदै उहाँले जनताको अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने सरकारले चालबाजी रचेको बताउनुभयो । https://www.youtube.com/watch?v=FUJJEwVkBLE&t=565s नेपाली काँग्रेस म्याग्दीको पार्टी कार्यालय ‘बिपी... पुरा पढ्नुहोस

हिउँले विकासका काम ठप्प

  जोमसोम २३ फागुन । प्रतिकुल मौसम र निरन्तरको हिमपातका कारण हिमाली जिल्ला मुस्ताङमा सञ्चालित विकास आयोजनाहरु ठप्प भएका छन् । सडक, पुल, भवन, सिचाई, खानेपानी लगायतका पूर्वाधार आयोजनाको काम ठप्प बनेको हो । मजदुर र उपकरण परिचालन हुन सकेका छैनन् । स्थानीय तह, प्रदेश र संघीय सरकार मातहतका कार्यालयका... पुरा पढ्नुहोस

टिकापुर घटनामा दोषि ठहर गर्दै साँसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्म कैद

धनगढी, २२ फागुन । साढे तीन वर्षअघि नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाको मुद्दामा दोषि ठहर गर्दै रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलाली जिल्ला अदालतले टीकापुरको घटनासँग सम्बन्धित मुद्दामा प्रतिवादी हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी,... पुरा पढ्नुहोस

बहिरङ्ग उपचार केन्द्रको प्रगतिबारे दरबाङमा दुई दिने समिक्षा गोष्ठी

साधन राम्जाली मगर । दरबाङ्ग  २१ फागुन  ।  म्याग्दीेको मालिकाको दरबाङमा बहिरङ्ग उपचार केन्द्रको प्रगतीबारे दुई दिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र सुआहारा मिलन म्याग्दीको प्राविधिक सहयोगमा मंगलबार गाउँपालिका केन्द्र दरबाङ्गमा धवलागिरी,मालिका र मंगला गाउँपालिकामा संचालित बहिरङ्ग उपचार केन्द्रको प्रगतीको दुई दिने समिक्षा... पुरा पढ्नुहोस