नेकपाकाे कार्यकारी अध्यक्ष प्रचण्ड, ओली पुरा कार्यकाल प्रधानमन्त्री हुने

  • ४ मंसिर २०७६, बुधबार
  • 1883 पटक पढिएको

काठमाण्डौ ४ कात्तिक । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले वर्तमान सरकारको पुरा कार्यकालसम्म नै केपी शर्मा ओली प्रधानमन्त्री रहने निर्णय गरेको छ । सचिबालय बैठकले पार्टीको कार्यकारी अधिकार अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई दिने र प्रधानमन्त्रीमा ओलीले नै पुरा कार्यकाल नेतृत्व गर्ने निर्णय गरेको हो ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा ओली र प्रचण्ड अध्यक्षमा छन् । तर कार्यविभाजन नहुँदा आन्तरिक द्धन्द्ध बढ्ने क्रम जारी थियो ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक ३ घण्टासम्म चलेको थियो । बैठकले मन्त्रिपरिषद हेरफेर गर्ने विषयमा छलफल गरेर हट्ने र नयाँ आउने मन्त्रीहरूको नाममा सहमति जुटाउने अनुमान गरिएको भएपनि अध्यक्षद्धयको कार्यविभाजन गरि बैठक सम्पन्न भएको हो । बैठकले मन्त्रीपरिषद हेरफेरको बिषयमा निर्णय लिन अध्यक्षद्धय ओली र प्रचण्डलाई नै जिम्मा दिँदै दुई अध्यक्षको कार्यविभाजन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद हेरफेरसम्बन्धी बैठकले आधाकारीक निर्णय गरेको छैन् । मन्त्रिपरिषद हेरफेरका विषयमा सोमवार बसेको सचिवालय बैठकमा छलफल भएको थियो । त्यतिबेला प्रधानमन्त्री ओलीले आफू छिटै मन्त्रिपरिषद हेरफेर गर्ने सोचमा रहेको अनौपचारिक प्रस्ताव पेश गरेका थिए । सरकार पुर्नगठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसंगको छलफलको आधारमा केही मन्त्री हटाउने र केही थप गर्ने बुझिएको छ ।