मुलुक

बागलुङ २ को प्रदेश (ख) मा बामगठबन्धनका शाही बिजयी

बागलुङ क्षेत्र नम्बर २ प्रदेश (ख) को उपनिर्वाचनमा बाम गठबन्धनको साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही विजयी भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार शाहीले नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई २ हजार ९७ मत पछि पार्दै विजयी भएका हुन  । शाहीले ११ हजार २ सय ३५... पुरा पढ्नुहोस

भारी मतले कास्की-२ मा नेकपाकी विद्या भट्टराई विजयी

पोखरा । कास्की-२ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई  ८ हजार बढी मतान्तरसहित पराजित गर्दै उनले विजयी हासिल गरेकी  हुन् । शनिबार राति १०:३० बजेदेखि सुरु भएकाे मतगणना राजनैतिक दलहरुबीच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि १:४० मा मात्रै सुरु भएको थियो... पुरा पढ्नुहोस

१८ औँ जेसीज कप फुटवलको फाईनलमा वेष्ट प्वाइन्ट र बृद्ध एकेडेमी बिच भएको प्रतिस्पर्धा ( भिडियो र तस्बिर सहित)

बेनी १४ मंसिर । बेनीमा शनिवार सम्पन्न नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाइन्ट आवसीय माविले हात पारेको छ । बुद्ध एकेडेमीलाई १ का विरुद्ध ८ गोल गर्दै फराकिलो गोल अन्तररले वेष्ट प्वाइन्ट बिजयी हुन सफल भएको हो । https://www.youtube.com/watch?v=_XpPeLRaKtA&t=2s जेसीजकप फुटवलमा वेष्ट प्वाइन्टले... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा समाजसेवी मल्लद्धारा दृष्टिविहिन विद्यार्थीहरुलाई लत्ताकपडा र स्टेशनरी सहयोग

म्याग्दी, १३ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका समाजसेवी देवेन्द्रबहादुर मल्लले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग गर्नुभएको छ । वडा नम्बर ३ मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत १० जना बालबालिकाहरुलाई मल्लले लत्ताकपडा,स्टेशनरी र नगद समेत सहयोग गर्नुभएको हो । विद्यालयमा शुक्रवार आयोजित कार्यक्रममा ७९... पुरा पढ्नुहोस

अर्घाखाँची बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या अठार पुग्यो

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा १७ जनाको घटनास्थलमा र... पुरा पढ्नुहोस

अपडेट : अर्घाखाँचीमा बस दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौँ । अर्घाखाँचीमा बुधबार अपरान्ह भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।  सबैकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । सन्धिखर्कबाट बुटबलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्वरको बस  सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कालाखोलामा दुर्घटनामा परेको सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिए । दुर्घटनामा १५ जना... पुरा पढ्नुहोस

बिच बाटोमै सवारी बिग्रीएपछि डिल्ली हिँडेका सर्वसाधारणलाई सकस

म्याग्दी १० मंसिर । पोखरादेखि भारतको नयाँ दिल्लीको लागि छुटेको बस बिच बाटोमै बिग्रीएपछि यात्रुहरुलाई सास्ती भएको छ । सोमबार विहान पोखरादेखि भारतको नयाँ दिल्लीको लागि छुटेको मोडन यरा टुर्स एण्ड ट्राभल्सको ना ६ ख १२८७ नम्बरको बस पटक पटक बिग्रीन थालेपछि यात्रुहरु बिच बाटोमै सकस व्यहोर्न बाध्य भएका हुन्... पुरा पढ्नुहोस

दोस्रो गलकोट घुम्टे महोत्सवमा दर्शकको घुँईचो

थम्मन थापा बागलुङ  १० मंसिर । मंसिर ४ गते देखि गलकोटमा जारी दोस्रो गलकोट घुम्टे महोत्सवमा यति बेला दर्शकको ओईरो नै लागेको छ । गलकोट क्षेत्रलाई पर्यटकीय गन्तव्य निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटक भित्राउन महोत्सव आयोजना गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए । महोत्सवमा... पुरा पढ्नुहोस

प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस, अपरेशनको तयारी

काठमाडौं १०  मंसिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ।  पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको हाे । [caption id="attachment_15822" align="alignleft" width="287"] फाइल तस्बिर[/caption] उपचारमा संलग्न चिकित्सक अरुण सायमीका अनुसार प्रधानमन्त्रीलाई एपेन्डीसाइिटसको आशंकामा शल्यक्रियाको तयारी... पुरा पढ्नुहोस

दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा वि.जी. निर्वाचित

पोखरा ९  मंसिर ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ केन्द्रिय महाधिवेशनबाट अध्यक्षमा रमेश बि.जी. निर्वाचित भएका छन् । विजीले ५ सय ८४ मत पाउदा  उनका निकटतम प्रतिद्न्दि विष्णु  खत्रीले ५ सय ४५ मत पाए ।     कुल १ हजार १ सय ३५ मत खसेको निर्वाचनमा विजिले खत्रीलाई ३९ मतले... पुरा पढ्नुहोस