मुलुक

मंगलवार काेराेनाबाट ५५ जनाको मृत्यु, ७६६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डाै २१ वैशाख । नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै मंगलवार मात्रै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी... पुरा पढ्नुहोस

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

काठमाण्डौ २१ वैशाख । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । आज बैठक सक्दा बेलुकाको पाँच बजिसकेका कारण बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने माओवादी... पुरा पढ्नुहोस

काठमाडौंमा बेड नपाएपछि संक्रमितलाई बागलुङ ल्याएर उपचार

बागलुङ २१ वैशाख । काठमाडौंकी ३१ वर्षीया महिलालाई चार दिनअघि कोभिड–१९ को संक्रमण पुष्टि भयो । उनका श्रीमानको पनि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ नै आयो । स्वास्थ्यमा समस्या नआएकाले उनीहरु होम आइसोलेसनमै बसे । तर सोमबार एक्कासी महिलालाई सास फेर्न असहज भयो । श्वासप्रश्वासमा समस्या भएपछि उनीहरुले काठमाडौंका केही अस्पतालमा... पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट बागलुङमा कार्यपालिका सदस्यको मृत्यु

बागलुङ २१ बैशाख । कोरोना भाइरस (कोभिड १९)बाट बागलुङको ताराखोला गाउँपालिकाका एक महिलाको मृत्यु भएको छ। ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी ३० वर्षिया तेजुमाया भण्डारी परियारको उपचारका क्रममा मृत्यु भएको हो। भण्डारीलाई १८ गते कोरोना संक्रमण पुष्टि भएको र सोमबार राति धौलागिरी अस्पतालमा उपचारकै क्रममा ज्यान गएको स्वास्थ्य कार्यालय बागलुङका... पुरा पढ्नुहोस

कोरोनाबाट सोमबार अहिलेसम्मकै सर्वाधिक संक्रमण,एकैदिन ३७ जनाको मृत्यु

काठमाडौं २० वैशाख । सोमबार नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । सोमबार देशभर ७,४४८ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १७ हजार १७६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । २,०२१ जना निको भएका... पुरा पढ्नुहोस

गण्डकीमा र सुदूरपश्चिमका प्रदेश प्रमुख हेरफेर

काठमाडौं २० वैशाख,। गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरु हेरफेर भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुबै प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त हुभएको छ । गण्डकीमा अमिक शेरचन... पुरा पढ्नुहोस

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठ)

काठमाडौं २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीलाई सम्बोधन गर्नुभएको छ । सोमबार गर्नुभएको सम्बोधनमा प्रधानमन्त्री ओलीले मुलुकमा कोरोनाको संक्रमण तीब्र गतिमा फैलिएको भन्दै सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि गरेको पहल र प्रसारबारे जानकारी गराउनुभएको हो । उहाँले सरकारले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस्... पुरा पढ्नुहोस

प्रवासि नेपालि मञ्च कतारको नयाँ नेतृत्व चयन,महासचिवमा म्याग्दीका गिरी चयन

कतार २० वैशाख । कतारमा विभिन्न पेशा, व्यवसाय र रोजगारमा रहेका प्रगतिशिल, जनवादी तथा बामपन्थि नेपालीहरुको साझा र शसक्त संगठनको रुपमा छवि बनाएको प्रवासि नेपालि मञ्च कतारको नयाँ नेतृत्व चयन गरिएको छ । अनलाइन जुम भेलामार्फत गरिएको भेला मार्फत चितवन जिल्लामा स्थायि घर भै लामो समयदेखि कतारमा ब्यबसाय गर्दै आउनुभएका... पुरा पढ्नुहोस

वैशाख २७ मा प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं १९ वैशाख । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने जानकारि गराएका छन् । बैठकले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ । एक मन्त्रीका अनुसार वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्ने र विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको... पुरा पढ्नुहोस

कोरोनाका कारण २३ जिल्लामा निषेधाज्ञा

बैशाख १८, काठमाण्डौ । कोरोना संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि शुक्रबारबाट २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर, झापा, सुनसरी, पर्सामा निषेज्ञाधा लागू भएको छ । यस्तै चितवन, काभ्रे, मकवानपुर, कास्कीमा, बाग्लुङ, बाँके, रुपन्देही, पाल्पा, दाङमा निषेधाज्ञा छ । बर्दियामा, सुर्खेत, सल्यान,... पुरा पढ्नुहोस