ताजा अपडेट
अमर माविमा कम्प्युटर कक्षा स्थापना ( फाेटाेफिचर)
- 7 बर्ष, 8 महिना अगाडि
- १२ जेष्ठ २०७५, शनिबार
पाखापानी १२ जेठ । रघुगंगा गाउँपालिका ६ पाखापानीमा रहेको अमर माविमा कम्प्युटर कक्ष स्थापना भएको छ । ग्रामिण क्षेत्रका विद्यार्थीलाई सूचना प्रबिधिको प्रयोग गरेर आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएको हो । गाउँपालिकाको पाँच लाख र जिल्ला शिक्षा कार्यालयको छ लाख ५० हजार रुपैया अनुदान सहयोगमा... पुरा पढ्नुहोस
चट्याङ लागेर घारमा एक जनाको मृत्यु
- 7 बर्ष, 8 महिना अगाडि
- १२ जेष्ठ २०७५, शनिबार
म्याग्दी १२ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा शुक्रबार साँझ परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । साँझ पाँच बजेतिर गोठमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएको घारको नेयालपानेका ५५ वर्षिय प्रेमबहादुर बरुवालको उपचारको क्रममा मृत्यु भएको शिख घार प्रहरी चौकीका प्रमुख दिपक क्षेत्रीले बताउनुभयो ।... पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा बालगृहलाई सहयोग
- 7 बर्ष, 8 महिना अगाडि
- १२ जेष्ठ २०७५, शनिबार
म्याग्दी, १२ जेठ । म्याग्दीको बेनी नगरपालीका–७ मंगलघाटका एक दम्पतिले आफ्नो छोरीको जन्मदिनको अवसर पारेर नेपाल बाल संगठन म्याग्दीलाई खाद्यान्न सहयोग गरेका छन् । आफ्नो छोरी उन्नति फगामीको जन्मदिनको अवसर पारेर बालगृहमा गौमाया फगामी र रमेश फगामीले १० हजार बराबरको चामल, दाल, तेल, चाउचाउ, चिनी लगाएतका सहयोग गरेका हुन ।... पुरा पढ्नुहोस
विद्यालयलाई कम्प्युटर सहयोग
- 7 बर्ष, 8 महिना अगाडि
- १२ जेष्ठ २०७५, शनिबार
म्याग्दी, १२ जेठ । मंगला गाउँपालिका २ रणवाङमा रहेको ज्ञानोदय आधारभुत विद्यालयलाई एक परिवारले कम्प्युटर सहयोग गरेका छन् । स्थानीय जितेन्द्र पुन र नन्दकुमारी पुनले ४५ हजार रुपैया मूल्य बराबरको एक थान कम्प्युटर सहयोग गर्नुभएको हो । बिहीबार आयोजित वार्षिक परिक्षाको पुरस्कार र छात्रवृत्ती वितरण कार्यक्रममा पुनद्धयले विद्यालयलाई कम्प्युटर हस्तान्तरण... पुरा पढ्नुहोस
चिकित्सकको चरम लापरबाही,पलास्टर निकाल्ने क्रममा संगै राखिएका रड त्यसै छाडीयाे
- 7 बर्ष, 8 महिना अगाडि
- १२ जेष्ठ २०७५, शनिबार
म्याग्दी १२ जेठ । फिस्टेल हस्पीटल पोखराका चिकित्सकले हात भाँचीएका म्याग्दीका एक बालकको उपचारमा चरम लापरबाही गरेको पाइएको छ । मालिका गाउँपालिका ६ दरवाङका ४ वर्षिय राहुल आचार्यको हातमा गरिएको पलास्टर र राखीएको स्टीलको रड निकाल्ने क्रममा चिकित्सकले लापरबाही गरेका हुन् । पलास्टर निकाल्ने क्रममा संगै राखिएका तिन मध्य एउटा... पुरा पढ्नुहोस
बेनीमा सञ्चालित पसलहरुमा अनुगमन, अखाद्य बस्तु जफत गरी नष्ट
- 7 बर्ष, 8 महिना अगाडि
- ११ जेष्ठ २०७५, शुक्रबार
प्रताप बानियाँ म्याग्दी, जेठ ११ । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित विभिन्न प्रकृतिका पसलहरुको बिहीबार अनुगमन भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौं, जिल्ला प्रशासन कार्यालय म्याग्दी, बेनी नगरपालिका, प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य र म्याग्दी उद्योग वाणिज्य संघद्वारा बेनीबजारस्थित सञ्चालनमा रहेका पसलहरुको अनुगमन गरिएको हो । सरोकारवाला निकायसहितको... पुरा पढ्नुहोस
ब्रेनट्युमर रोगबाट पीडित कार्कीलाई रखाल समाज कोरियाद्धारा रु १ लाख ८० हजार सहयोग
- 7 बर्ष, 8 महिना अगाडि
- ११ जेष्ठ २०७५, शुक्रबार
म्याग्दी, ११ जेठ । ब्रेनट्युमर रोगबाट पीडित म्याग्दीको रघुगंगा गाउँपालिका – २ भगवतीका यामबहादुर कार्कीको उपचारको लागि कोरियामा रहेका राखुबासीले सहयोग गरेका छन् । रखाल समाज दक्षिण कोरियाले त्यहाँ रहेका राखुबासीहरुबाट संकलन गरेको रु १ लाख ८० हजार रकम पिडित कार्कीको आफन्तलाई उपलब्ध गराएका हुन् । काठमाण्डौ स्थित न्युरो अस्पतालमा... पुरा पढ्नुहोस
गूर्जामा कुपोषणको एकीकृत व्यवस्थापन तालिम, ओटिसी सेन्टरबाट सेवा सुरु
- 7 बर्ष, 8 महिना अगाडि
- ११ जेष्ठ २०७५, शुक्रबार
प्रताप बानियाँ म्याग्दी, जेठ ११ । पश्चिम म्याग्दीको विकट तथा दुर्गम धौलागिरि गाउँपालिका–१, गूर्जामा कडा तथा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । गूर्जा स्वास्थ्यचौकीको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि तालिम सञ्चालन गरिएको हो । कडा, शीघ्र... पुरा पढ्नुहोस
फोहोर व्यवस्थापन तथा पुनः प्रयोगसम्बन्धी तालिम सुरु
- 7 बर्ष, 8 महिना अगाडि
- ११ जेष्ठ २०७५, शुक्रबार
प्रताप बानियाँ म्याग्दी, जेठ ११ । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शुक्रबारदेखि गाउँपालिकास्तरीय फोहोर व्यवस्थापन तथा पुनः प्रयोगसम्बन्धी तालिम सुरु भएको छ । ‘हामी सबैको एक्यबद्धता, पूर्ण सरसफाइमा प्रतिबद्धता’ भन्ने नारासहित मंगला गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण म्याग्दीको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।... पुरा पढ्नुहोस
योजना तर्जुमा तथा बजेट निर्माणसम्बन्धी तालिम
- 7 बर्ष, 8 महिना अगाडि
- ११ जेष्ठ २०७५, शुक्रबार
प्रताप बानियाँ म्याग्दी, जेठ ११ – स्थानीय तहका पदाधिकारी र कर्मचारीहरुको लागि योजना तर्जुमा तथा बजेट निर्माणसम्बन्धी प्रशिक्षण तालिम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा मंगला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण दिइएको हो । बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको तालिममा २० जनाले सहभागिता जनाएका थिए... पुरा पढ्नुहोस