ताजा अपडेट
दग्नाम दर्मिजा समाज यूकेको दशौं वार्षिकोत्सव, दग्नामको चिनारी गित बिमोचन
- 7 बर्ष, 5 महिना अगाडि
- ३ भाद्र २०७५, आईतवार
म्याग्दी, ३ भदौ । दग्नाम दर्मिजा समाज यूकेले आफ्नो दशौं वार्षिकोत्सव शनिबार लन्डनस्थित नर्थहोल्ट सोसियल क्लबमा कार्यक्रमका बीच मनाएको छ । दशौं वार्षिकोत्सवको खुशीयालीमा समाजका पदाधिकारीहरुले केक काटेर खुशीयाली मनाए । वार्षिकोत्सव तथा समर भेलामा विभिन्न नाचगान समेत प्रस्तुत गरेर माहोल संगीतमय बनेको थियो । म्याग्दीको रघुगंगा गाउंपालिकालाई प्रतिनिधित्व गर्ने... पुरा पढ्नुहोस
बेनीमा बन डिभिजन कार्यालय स्थापना
- 7 बर्ष, 5 महिना अगाडि
- ३ भाद्र २०७५, आईतवार
बेनी ३ भदौ । म्याग्दीको बेनीमा आईतबार डिभिजन वन कार्यालय स्थापना भएको छ । यसअघिको जिल्ला वन कार्यालय राज्यको नयाँ संरचना अनुसार गण्डकी प्रदेश अन्तरगत डिभिजन वन कार्यालयमा रुपान्तरण भएको हो । डिभिजनको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले वन सम्पदालाई समुदायको जिवनस्तर सुधारमा परिचालन गर्नुपर्ने बिचार... पुरा पढ्नुहोस
म्याग्दीको यार्सागुम्बा संकलन र व्यवस्थापनः एक समाजशास्त्रीय अध्ययन
- 7 बर्ष, 5 महिना अगाडि
- ३ भाद्र २०७५, आईतवार
यार्सागुम्बाको परिचय म्याग्दी / यार्सागुम्बा अर्थात यार्सा कीरा समूहको लेपिडेप्टेरा वर्गमा पर्ने विभिन्न जातका राती उड्ने पुतलीको लार्भामा उम्रिने एक किसिमको परजीवी च्याउ हो । यसको बैज्ञानिक नाम Cardyceps sinensis हो । यो नेपालको उच्च हिमाली भेगमा पाईने अत्यन्त दुर्लब र बहुमुल्य जडिबुटी हो । तिब्बती भाषा यार्चाकुम्भू अपभ्रंस भएर... पुरा पढ्नुहोस
रघुगङ्गा गाउँपालिका अध्यक्ष भण्डारीको तलब बालबालिकाको शिक्षामा
- 7 बर्ष, 5 महिना अगाडि
- ३ भाद्र २०७५, आईतवार
म्याग्दी, ३ भदौ । म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने उद्देश्यले कोष स्थापना गर्नुभएको हो । गाउँ कार्यपालिकाको बैठकबाट परिवारका... पुरा पढ्नुहोस
रघुगंगा माविका प्रअ ठकुरीद्धारा जन्मदिनको अवसरमा सामाजिक क्षेत्रमा सहयोग
- 7 बर्ष, 5 महिना अगाडि
- ३ भाद्र २०७५, आईतवार
म्याग्दी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगंगा माध्यमिक विद्यालयका प्रधानध्यापक रमेशसिंह ठकुरीले आफ्नो जन्मदीन सहयोग हस्तान्तरण गरि मनाउनुभएको छ । प्रअ ठकुरीले जन्मदीनको अवसरमा विद्यालयमा अध्ययनरत ७ जना अभिभावक गुमाएका बालबालिकाहरु लाई एक/एक थान विद्यालय पोशाक उपहार स्वरुप प्रदान गर्नुभएको छ । त्यसैगरि उहाँले विद्यालयमा रहेको पुस्तकालयको... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडकको जोमसोम–भुरुङ खण्ड सूचारु
- 7 बर्ष, 5 महिना अगाडि
- २ भाद्र २०७५, शनिबार
म्याग्दी २ भदौ । पहिरो र कटानका कारण अवरुद्ध बनेको म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको मुस्ताङ खण्ड शनिबार साँझ देखि सञ्चालनमा आएको छ । बेनी जोमसोम कोरला सडक आयोजना, आयोजनामा परिचालन भएको निर्माण ब्यवसायी, मुस्ताङका अगुवा, प्रशासन र सुरक्षा निकायको पहलमा घाँसा र बादरजुङ भिरमा... पुरा पढ्नुहोस
म्याग्देली गायक ढकालको ‘डिम्पल गालैमा’ (भिडियो सहित)
- 7 बर्ष, 5 महिना अगाडि
- २ भाद्र २०७५, शनिबार
म्याग्दी, २ भदौ । म्याग्देली गायक नकुल ढकालको लोक दोहोरी गित ‘डिम्पल गालैमा’ भिडियो सहित बजारमा आएको छ । गायक ढकाल र गायीका प्रिती आलेको स्वरमा तयार गरिएको सो गितको म्युजिक भिडियोले छोटो समयमै चर्चा बटुलेको छ । https://www.youtube.com/watch?v=sbWgvlKGnTA&feature=share बिन्ध्यावासिनी म्युजिक प्रा.लि मार्फत बजारमा आएको सो म्युजिक भिडियोमा प्रकाश सपुत... पुरा पढ्नुहोस
शिक्षण पेशााबाट अवकाश लिएका नन्द केसीलाई मुक्तिधामबाट विदाई
- 7 बर्ष, 5 महिना अगाडि
- २ भाद्र २०७५, शनिबार
म्याग्दी, २ भदौँ । ३६ बर्ष निरन्तर शिक्षण पेशामा रहेर अवकाश लिएका नन्दबहादुर केसीलाई मुक्तिधाम माविबाट विदाई गरिएको छ । रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा रहेको मुक्तिधाम माविका ब्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको उपस्थितमा २०३९ सालबाट शिक्षक पेशाामा रहेका केसीलाई शुक्रबार विद्यालयले फूलमालाले सम्मान गर्दै विदाई गरेको हो ।... पुरा पढ्नुहोस
बाढीले बाँधमा क्षती पु¥याउँदा म्याग्दी र मुस्ताङका २ जलविद्युत् आयोजना बन्द
- 7 बर्ष, 5 महिना अगाडि
- २ भाद्र २०७५, शनिबार
म्याग्दी, २ भदौ । बाढीले बाँधमा क्षति पु¥याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पु¥याउँदा मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना बन्द भएको हो ।टुकुचे हिमालको फेदीमा रहेको... पुरा पढ्नुहोस
मुस्ताङःबाढीग्रष्त क्षेत्रमा पुग्यो युवा समिति
- 7 बर्ष, 5 महिना अगाडि
- २ भाद्र २०७५, शनिबार
मुस्ताङ,२ भाद्र । जिल्ला युवा समिति मुस्ताङ यसपटक वाढी पहिरो सहयोगमा जुटेर उदाहरणीय कार्य गरेको छ ।नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठन भएको युवा समितिले जिल्लाका युवाहरुलाई उद्यम बिकास तथा क्षमता अभिबृद्धि लगायत आर्थिक लगानीमा योगदान गर्दे आईरहेकोमा समितिका पदाधिकारीहरुले मानवीय सहयोगका लागि बाढी पहिरो पीडितको उद्दार तथा... पुरा पढ्नुहोस